Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनखाडी कृषि सहकारीले आफ्नो स्थापनाको दशक पूरा गर्दै जेष्ठलाई गर्यो सम्मान
    Uncategorized

    जामुनखाडी कृषि सहकारीले आफ्नो स्थापनाको दशक पूरा गर्दै जेष्ठलाई गर्यो सम्मान

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ मंसिर १५, सोमबार २१:५० गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई २ स्थित जामुनखाडी कृषि सहकारी संस्थाले आफ्नो स्थापना दशक पूरा गर्दै दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
    साधारण सभाको अवसरमा संस्थाका दुईजना जेष्ठ सदस्यलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा रामबहादुर गिरी र जेष्ठ महिला सदस्य मीनादेवी राई रहेको बताइएको छ । सम्मानित जेष्ठ सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी झापा जिल्ला सहकारी संघ, कनकाई नगर संयोजक कुमारमणि पोखरेल र संस्थाका अध्यक्ष कृष्णबहादुर चौहानले संयुक्त रुपमा सम्मान गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरेलले समाज रुपान्तरणका लागि सबैले आआफ्नो ठाउँबाट क्रियाशिल बन्नु पर्ने धारणा राखे । पछिल्लो समय समाज बिग्रह तर्फ अघि बढेकोमा दुख व्यक्त गर्दै प्रमुख अतिथी पोखरेलले समाजलाई व्यवस्थित गर्न सामुहिक प्रयासको खाँचो औंल्याए । समाजलाई सहि बाटोमा हिडाउँन सामाजिक अभियन्ताहरुकै महत्वपूर्ण भूमिका हुने भएकाले त्यस तर्फ सचेत हुनु आजको आवश्यक्ता रहेको पोखरेलले प्रष्ट पारे ।

    संस्थाका अध्यक्ष कृष्णबहादुर चौहानको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष चौहानको अनुमतिले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक अर्जुनकुमार रिजालले संस्थाको शेयर पूँजी १ करोड १४ लाख २५ हजार रहेको जानकारी दिए । दश वर्ष अघि २०७२ को चैतमा ३६ जना संस्थापक शेयर सदस्यहरुबाट सुरुवात गरेको संस्थामा हाल आर्थिक मन्दि साथै जेन्जी आन्दोलनको चुनौतीका बावजुद पनि संस्थाले आफ्नो क्षेत्रमा प्रतिष्ठापूर्ण काम गर्दै आएको बताइएको छ ।

    संस्थाको विभिन्न गतिविधि सहित भावी योजना तथा कार्यक्रमका बारेमा प्रतिवेदन मार्फत सभामा जानकारी गराइएको थियो । कृषिमा नै आत्मनिर्भर हुन सक्ने योग्य किसान साथै स्वयंं रोजगाार हुनेगरी व्यपार व्यवसाय गर्ने तथा वातावरणमैत्री सवारी साधन चलाउँने व्यक्तिलाई सहुलियत कर्जाको व्यवस्था मिलाउन आवश्यक पहल गर्ने संस्थाले जनाएको छ । संस्थाले बाँझो जग्गा जमिन खोजी गरी सामुहिक उत्पादनमा जोड दिने साथै आधुनिक कृषि औजार खरिद गरी सहुलियत दरमा शेयर सदस्यहरुलाई सुविधा दिने संस्थाको भावी योजना रहेको बताइएको छ ।
    सभामा लेखा समितिका संयोजक डिल्लीराज न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै देशभर आर्थिक तरलता संकटका कारण लामो समयसम्म लामो समय सम्म संस्थाले भोगेको समस्यालाई समाधान गर्दै लगानीमा वृद्धि गरी आशा गरेअनुरुप संस्थालाई मुनाफामा लैजान सफल भएको बताएका छन् ।

    आर्थिक वर्ष २०८१ \ ०८२ मा संस्थाले ३ करोड ४० लाख ३५ हजार ७१५ ऋण प्रवाह गरेको जानकारी दिँदै लेखा संयोजक न्यौपानेले ५१ लख ५ सय लगानी गरेको प्रतिवेदन मार्फत सभामा सार्वजनिक गरे । संस्थाको निक्षेप रु.१ करोड ९९ लाख २४ हजार ७७१ रहेको र यस आर्थिक वर्षमा ४२ लाख ९५ हजार ७ सय ९८ ले वृद्धि भएको प्रतिवेदन मार्फत जानकारी गराइएको छ । सोही आर्थिक वर्षको कर्जा रकम रु.३ करोड ४० लाख ३५ हजार ७१५ रहेको छ र ५४ लाख ५ हजार ५६ ले वृद्धि भएको जनाइएको छ ।

    साधारण सभाको बन्द सत्रले अध्यक्ष र लेखा समितिको प्रतिवेदन सर्वसम्मत रुपमा पास गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष एवं संरक्षक निर्मल खनालले औचित्यमाथि प्रकाश पारेको औपचारिक कार्यक्रममा कोषाध्यक्ष चन्द्रकला खनालले स्वागत गरेकी थिइन् । सदस्य बबिता गिरीले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई २ का वडाअध्यक्ष बलराम राई, जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष परशुराम गिरी, एक्सल बैंक बिर्तामोडका कर्जा बिभाग प्रमुख शिवकुमार गिरी, सामाजिक व्यक्तित्व शम्भुप्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीको माध्यमबाट उत्पादनमुखी कार्यमा लाग्नु जरुरी रहेको बताए । संस्थाले सदस्यहरुलाई जडीबुटीजन्य उत्पादनमा लाग्न उत्साह जगाउनु पर्नेमा सहभागीहरुले जोड दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.