Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमालेलाई महाधिवेशनको चटारोः झापामा३८ प्रतिनिधिका लागि१४८ को उम्मेदवारी
    कनकाई नगरपालिका

    एमालेलाई महाधिवेशनको चटारोः झापामा३८ प्रतिनिधिका लागि१४८ को उम्मेदवारी

    कनकाई खबरBy कनकाई खबर२०८२ मंसिर ११, बिहीबार १९:१६ गते2 Mins Read

    बिर्तामोड \ नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिका लागि झापामा १४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । झापाबाट ३८ जना प्रतिनिधिका लागि १४८ जनाले उम्मेदवारी दर्ता गरेको पार्टीका कार्यालय सचिव छविलाल विश्वकर्माले जानकारी दिए ।

    झापाबाट ११ औं राष्ट्रिय महाधिवेशनमा खुल्लाबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुने विश्वकर्माले जानकारी दिएका हुन् । उनका अनुसार खुल्लामा १०२ जना, महिला ४२, युवा ३३ र दलितमा ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    झापा क्षेत्र नं. १ को खुल्लामा ३ जनाका लागि ६, महिलामा २ जनाका लागि ३, युवामा १ जनाका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै क्षेत्र नं. २ को खुल्लामा ५ जनाका लागि ३३, महिलामा ३ जनाका लागि ६, युवामा १ जनाका लागि ९ जनाले उम्मेदवारी दिएका हुन् । क्षेत्र नं. ३ को खुल्लामा ३ जनाका लागि १३, महिलामा २ जनाका लागि ५, युवामा १ जनाका लागि ७ जनाले उम्मेदवारी दिए ।

    क्षेत्र नं. ४ को खुल्लामा ४ जनाका लागि १०, महिलामा २ जनाका लागि ४, युवामा १ जनाका लागि २ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. ५ को खुल्लामा ४ जनाका लागि २१, महिलामा ३ जनाका लागि १२, युवामा १ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

    नेकपा एमाले झापाका निर्वाचन विभाग प्रमुख दिपेन्द्र लम्सालले अधिकतम सहमतिबाट प्रतिनिधि टुंगो लगाउने जानकारी दिए । उनले प्रतिनिधिका लागि उम्मेदवारी दिनेहरुलाई गुट र समूह निर्माण नगर्न आग्रह गरेका छन् । मंसिर १२ गते उम्मेदवारी फिर्ताको समय छ, उनले भने – १३ गते सहमति नभए निर्वाचनबाट प्रतिनिधि छनौट गरिने छ । जिल्लामा उत्साहजनक ढंगबाट प्रतिनिधि बन्न उम्मेदवारी दर्ता भएको लम्सालले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.