Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको पशुपंक्षी तथा मत्स्य विकास शाखाको सेवा सुरुङ्गाबाट
    कनकाई नगरपालिका

    कनकाईको पशुपंक्षी तथा मत्स्य विकास शाखाको सेवा सुरुङ्गाबाट

    कनकाई खबरBy कनकाई खबर२०८२ मंसिर ३, बुधबार १५:३३ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यालय सुरुङ्गामा स्थापना गरेको छ ।

    यस अघि कनकाई वडा नं.३का वडाअध्यक्ष युवराज चम्लागाईँको घरमा कोठाभाडा लिएर संचालन भइरहेको शाखा कार्यालय गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि बैकल्पीक व्यवस्थाको खोजी गरी सुरुङ्गामा भएको खाली भवन प्रयोगमा ल्याइएको हो । सुरुङ्गाको नयाँ सब्जी बजार उत्तर साथै सुरुङ्गा खानेपानीको कार्यालय दक्षिणको खाली ठाउँमा प्रयोग बिहिन अवस्थामा रहेको स्टोर सहित पाँच कोठे भवनबाट पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यालय संचालनमा ल्याइएको शाखा कार्यालयका भेटनरी अधिकृत कुलबहादुर गुरुङले जानकारी दिए ।

    ईलाका प्रहरी कार्यालय सुरुङ्गाका लागि निर्माण गरिएको भवन प्राविधिक समस्याको कारण प्रहरी कार्यालय संचालनमा आउन नसकेपछि तत्कालको समस्या समाधान गर्दै पशुपंक्षी तथा मत्स्य विकास शाखाको सेवा संचालनमा ल्याइएको बताइएको छ । एक संक्षिप्त कार्यक्रमका बीच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शाखाको उद्घाटन गरेका थिए ।

    उद्घाटन विशेष कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, कनकाई वडा नं.२ का वडाअध्यक्ष बलराम राई, कार्यपालिका सदस्य एवं कृषि विकास तथा प्रवद्र्धन उपसमिति संयोजक कृष्णमाया भुजेल, कार्यपालिका सदस्य नवलकिशोर दत्त, वडासदस्य अनिल गोयल, कनकाई कृषि बजार व्यवस्थापन समिति संयोजक डिल्ली उप्रेती लगायत कनकाई नगरपालिकाका विभिन्न तहका कर्मचारीहरुको समेत उपस्थिती रहेको जनाइएको छ। कनकाई नगरपालिकाकी कर्मचारी जमुना कटुवालले संचालन गरेको कार्यक्रममा शाखाका भेटनरी अधिकृत कुलबहादुर गुरुङले औचित्य सहित कार्यक्रममा उपस्थित सबैलाई शाब्दीक स्वागत गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.