Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा
    कनकाई नगरपालिका

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    कनकाई खबरBy कनकाई खबर२०८२ कार्तिक २५, मंगलवार १३:१५ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाई ३ सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयको विशेष शिक्षा तर्फको बहिरा विद्यार्थीहरुलाई लक्षित गर्दै निर्माण गरिएको छात्राबास एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

    नमुना विद्यालयका रुपमा विकास भइरहेको कनकाई माविमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छायाँ नेपालको मुख्य सहयोग साथै कनकाई नगरपालिका र कनकाई माविको समेत गरी त्रिपक्षीय लगानीमा निर्माण कार्य सम्पन्न भएको दोस्रो बहिरा छात्राबासको उद्घाटनसँगै विद्यालयलाई हस्तान्तरण गरिएको हो /

    मुख्य दाता छायाँ नेपालको ८० प्रतिशत अर्थात ७९ लाख १६ हजार ६ सय ७४ रुपैंयाँ ३९ पैशा, कनकाई नगरपालिकाको १५ प्रतिशत अर्थात १४ लाख ८४ हजार३ सय ७६ रुपैंयाँ ४५ पैशा र कनकाई माविको ५ प्रतिशत अर्थात ४ लाख ९४ हजार७ सय ९२ रुपैंया १५ पैसा गरी जम्मा ९८ लाख ९५ हजार ८ सय ४२ रुपैंया ९९ पैशाको लागतमा निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले जानकारी दिए ।

    कनकाई माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँको अध्यक्षतामा सम्पन्न एक विशेष कार्यक्रमका बीच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, छायाँ अस्टे«लियाका प्रमुख सविने क्लोत्ज, छायाँ नेपाल परियोजना प्रमुख राम मर्हजन, परियोजना संयोजक देवमणि पोखरेल लगायतले परिसरमा रहेको नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका हुन् ।

    सुविधा सम्पन्न दुई तले पक्की भवनमा हरेक तला १४ सय ८१.९१ बर्गफिट रहेको छ । छात्राबासमाा डाइनिङ हल, भान्सा कोठा, आआफना शौचालय सहित छात्र छात्राका लागि अलग अलग कोठा, अध्ययन गर्ने कोठा र केयर टेकरको अलग्गै कोठा रहने गरी छात्रावासको निर्माण भएको बताइएको छ ।

    कनकाई नगर क्षेत्र भन्दा बाहिरबाट पनि अध्ययन गर्न आउने सुस्त श्रवण भएका बहिरा .विद्यार्थीहरु आवासीय रुपमा बस्ने बताइएको छ । हाल ६७ जना सुस्त श्रवण भएका विद्यार्थीहरु अध्ययन गर्दै आएकोमा कनकाई माविमा ४ जना विद्यार्थीहरु कनकाई नगरपालिका क्षेत्रका रहेका छन् भने अन्य सबै विद्यार्थीहरु जिल्लाको विभिन्न पालिकाहरु सहित इलाम जिल्लाका विभिन्न पालिका तथा मोरङ, सुनसरी, सप्तरी सम्मका विद्यार्थीहरु अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक डाँगीले जानकारी दिए ।

    विशेष कार्यक्रमका बीच रिवन काटेर नवनिर्मित छात्रावास भवनको उदघाटन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले भने, “वर्तमान अवस्थामा जेनजी आन्दोलनका कारण नगरपालिकाको भौतिक संरचना तोडफोड र आगजनी भएर क्षतविक्षत भएको भएपनि स्थानीय सरकारको सोचबिचार बिग्रेको र डडेको छैन, कनकाई नगरपालिकाको नेतृत्व सवल भएकाले नगरपालिका आफ्नो दायित्वबाट कहिल्यै पनि पछि हट्ने छैन ।” कनकाई माविको छात्राबासलाई थप व्यवस्थित गर्ने कार्यमा कनकाई नगरपालिकाको दायित्वभित्र पर्ने कामलाई जिम्मेवारीका साथ सम्पन्न गर्ने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाएका छन् ।

    यसरी कनकाई मावि परिसरमा अत्यावश्यक रुपमा रहेको सुस्त श्रवण भएका विद्यार्थीहरुको छात्राबास निर्माण भएकोमा कनकाई नगरको तर्फबाट नगरप्रमुख पोखरेलले सहयोगी ंसंस्थाहरुलाई धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रममा विदेशी सहयोगी संस्था छायाँ अष्ट्रेलिया प्रमुख सविने क्लेत्ज, छायाँ नेपाल परियोजना प्रमुख राम महर्जन लगायतले मुलुकका विभिन्न जिल्लाहरुमा विद्यालय भवन निर्माण साथै महत्वपूर्ण आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जानकारी दिए । छायाँ नेपालले कोशी प्रदेशमा छात्राबास निर्माणको कार्य पहिलो पटक भएको जसमा स्थानीय सरकारको समेत प्राप्त साथ र सहयोगले थप हौसला जागेको परियोजना संयोजक देवमणि पोखरेलले बताए ।

    विद्यालयका विद्यार्थीहरुले वैद्धिक मन्त्रोचारण सहित स्वस्ती वाचन गरेरको छात्राबास उद्घाटन विशेष अवसरमा सहयोगी दाताहरु साथै परियोजनालाई कनकाईमा ल्याउन सहयोग गर्ने सबै दाता र सहयोगीहरुलाई विद्यालयले सम्मान समेत गरेको थियो । कनकाई माविका प्रधानाध्यापक डाँगीले परियोजनाको विस्तृत विवरण सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक तीर्थराज खरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.