Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमालेले कनकाईमा बनायो ५५ सदस्यीय सुरक्षा दस्ता
    कनकाई नगरपालिका

    एमालेले कनकाईमा बनायो ५५ सदस्यीय सुरक्षा दस्ता

    कनकाई खबरBy कनकाई खबर२०८२ कार्तिक १७, सोमबार २१:५७ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा नेकपा एमालेले ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको छ ।

    गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा देशव्यापी रुपमा भएको तोडफोड र आगजनीप्रति खेद प्रकट गर्दै एमाले कनकाई नगर कमिटीले आगामी दिनमा यस्ता किसिमका अवाञ्छीत गतिविधिका विरुद्ध प्रतिवाद गर्ने भन्दै नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको जनाइएको छ ।
    नेकपा एमाले जिल्ला कमिटी झापाका सदस्यद्वय पार्टीका युवा नेता विनोद राणा संयोजक र अर्का युवा नेता दीपक चापागाईं सहसंयोजक रहनेगरी नगरस्तरीय सुरक्षा दस्ता गठन गरिएको हो ।

    जेनजीका नाममा भएको आन्दोलनमा नेकपा एमालेका धेरैजसो नेता तथा कार्यकर्ताहरु साथै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको घरमा भएको तोडफोड र आगजनीप्रति पार्टीले खेद प्रकट गर्दै दोषीलाई कडा कारबाहीको माग गरिएको नव गठित सुरक्षा दस्ताका संयोजक रानाले जानकारी दिए ।

    समाजमा फैलिएको अराजक गतिविधि एवं विकृति विसंगतिका विरुद्ध एमालेका नेता तथा कार्यकर्ता, शुभचिन्तक तथा आम कनकाईबासीको सुरक्षाका निम्ति नेकपा एमाले सतिशाल झैं स्थिर भएर अघि बढ्ने प्रतिवद्धता जनाउँदै नवगठित सुरक्षा दस्ताका सहसंयोजक चापागाईँले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सतर्क रहन अनुरोध गरे ।

    एमाले जिल्ला कमिटी झापाका सदस्य एवं सुरक्षा दस्ताका संयोजक विनोद राणाको अध्यक्षता एवं जिल्ला कमिटी झापाका उपाध्यक्ष शिव ढुंगेलको प्रमुख आतिथ्य रहेको नगर कमिटीको विशेष कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आन्दोलनका विषयमा भएका गतिविधिको जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सहसंयोजक दीपक चापागाईंले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.