Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुई झापाली श्रमिकलाई झापाली समाज यूएईद्वारा उद्धार
    कनकाई नगरपालिका

    दुई झापाली श्रमिकलाई झापाली समाज यूएईद्वारा उद्धार

    कनकाई खबरBy कनकाई खबर२०८२ कार्तिक ९, आईतवार ०५:१८ गते3 Mins Read

    समिर आलम (इसाक)- झापाली समाज युएई केन्द्रीय सदस्य तथा प्रचार–प्रसार संयोजक

    कनकाई खबर युएई सम्बाददाता \ झापाली समाज युएईले दुई झापाली युवालाई नेपाल फर्कन सहयोग गरेको छ । सुरुङ्गा र गौरादह नगरपालिका बालुबथानका दुई झापालीलाई युएईमा समस्या भएपछि झापाली समाज युएईले आर्थिक सहयोग गरेको हो ।

    गत सेप्टेम्बर ४ मा अबुधाबीको रुइसस्थित कम्पनीको दुई तल्ले बङ्कर बेडबाट खसेर कुम नचल्ने अवस्थामा पुगेका श्रेष्ठ थरका नेपाली श्रमिकलाई नेपाल फर्कनका लागि आवश्यक सबै सहजीकरण समाजले गरेको हो । घाइते श्रमिक २०२५ अक्टोबर २३ (बिहीबार) नेपाल फर्किएका छन्।
    उनीहरुलाई अबुधाबीमै प्रत्यक्ष भेटेर झापाली समाज यूएई अबुधाबी क्षेत्रका अध्यक्ष सुर्यबहादुर खवासले केही खाद्यान्न हस्तान्तरण गरेका थिए । सो अवसरमा संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेल, उपाध्यक्ष हेमराज शिवाकोटी, आजीवन सदस्य भविस्वर नेपाल र मनिराज गुरुङले संयुक्त रूपमा आर्थिक सहयोग प्रदान गरेका थिए ।

    काठमाडौंदेखि झापासम्मको बाटोखर्चको लागि झापाली समाज यूएईका अध्यक्ष लोकेस कोइरालाले नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको समाजले जनाएको छ। झापाली समाज यूएई परिवारले घाइते श्रमिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

    यसैगरी झापाली समाज युएईको अबुधाबी क्षेत्रले गौरादहका बास्कोटा थरका एक जना भिजिट भिसा पीडितलाई हवाई टिकट सहयोग गरेको छ । भिजिट भिसामा युएई पुगी अलपत्र पर्नेहरुलाई युएईको नेपाली समुदायका कुनै समाजले आधिकारिक सहयोग बिरलै गर्ने गर्छन् । आकर्षक रोजगारी पाउने आशामा भिजिट भिसामा युएई पुगेका सबैले रोजगारी पाउन सक्दैनन् । नेपालमा जेनजी मुभमेन्ट भन्दा अगाडि केही सीप भएका र अंगे्रजी राम्रोसँग बोल्नेहरुले भने काम पाउने अवस्था थियो ।

    सन्दर्भः २०२५ अक्टोबर दोस्रो सातातिरको हो । झापा बालुबथानका बास्कोटा थरका युवा केही महिना अगाडि युएई आएको बताइएको छ । दुबईको सेक्युरिटीमा काम त गरेछन् तर न त भिसा लगाउछ न त तलब दिन्छ । त्यो काम छाडेर अलएन पुगेछ्न । त्यहा पनि काम नपाएपछि भिजिट भिसा अवधि सकिनु २ दिन अगाडि नेपाली दूतावासलाई सम्पर्क गरेछन् । दूतावासले पनि भिजिट भिसामा आएर अलपत्र पर्नेहरुलाई सल्लाह दिनबाहेक केही सहयोग गर्ने गरेको हाम्रो जानकारीमा छैन । झापाको पीडित भएको नाताले दूतावासले झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेललाई भेट्नु भनी मोबाइल नम्बर उपलब्ध गराएपछि निज बास्कोटा झापाली समाज युएईको सम्पर्कमा आएका थिए ।
    समाजले आन्तरिक रूपमा चन्दा संकलन गरेर निजलाई सकुशल नेपाल फिर्ता गर्न सहयोग गरेको छ । यो अभियानमा झापाली समाज युएईका अध्यक्ष लोकेस कोइराला, अबुधाबी अध्यक्ष सुर्यबहादुर खवास र एक अज्ञात सहयोगी, आजीवन सदस्य मीना कोइराला र जगत लुइँटेल, सिन्धुलीका सबिन सुन्दास, बिबिटी रेस्टुरेन्टका बिष्णु लामिछाने, चितवनकी राधिका कडेल र अलि नामका एक पाकिस्तानी सहयोगीले आर्थिक सहयोग गरेका थिए । सबै मनकारी सहयोगीलाई झापाली समाज युएईले आभार व्यक्त गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.