Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “दुःखले निर्माण गरेको घर जल्यो, समयले लेखाजोखा गर्नेछ”: वडाअध्यक्ष चम्लागाईँ
    कनकाई नगरपालिका

    “दुःखले निर्माण गरेको घर जल्यो, समयले लेखाजोखा गर्नेछ”: वडाअध्यक्ष चम्लागाईँ

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ कार्तिक ८, शनिबार १५:०९ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाईँले भ्रष्टाचार विरोधी जेनजी आन्दोलनको नाममा भएको तोडफोड सहितको आगजनीप्रति गहिरो चिन्ता व्यक्त गर्दै दुःख गरेर जोडिएको निजी सम्पत्तिमाथि विध्वंस गर्ने आतंककारीहरुको लेखाजोखा समयले गर्ने चेतावनी दिएका छन्।

    गत भदौ २४ गते देशभरि चलेको भ्रष्टाचारविरोधी जेनजी आन्दोलनको क्रममा वडाअध्यक्ष चम्लागाईँको निजी निवासमा तोडफोड सहित आगजनी भएको थियो । सोही दिनदेखी नै घर बाहिर रहेका चम्लागाईँले पत्रकार सम्मेलन मार्फत करिब डेढ महिनापछि पुनः निवास प्रवेश गर्दै आन्दोलनको नाममा भएको विध्वंसप्रति गहिरो चिन्ता व्यक्त गरे । “दुःख गरेर जोडिएको सम्पत्तिमाथि आतंककारी शैलीमा आक्रमण भयो, यसको लेखाजोखा समयले गर्नेछ,” उनले भने ।

    वडाअध्यक्ष चम्लागाईँले वि.सं. २०५१ \ ५२ तिर खाडी मुलुकमा गएर आफैंले कमाएको पैसाले घरको पहिलो तला निर्माण गरेका थिए । पछिल्ला दुई तला भने विगत १७ वर्षदेखी वैदेशिक रोजगारीमा रहेका आफ्ना दुई छोरा र बुहारीको कमाइबाट बनेको उनले स्पष्ट पारे । “मैले भ्रष्टाचार गरेर कमाएको हो भन्ने प्रमाण कसैले देखाउन सक्छ भने, म जस्तोसुकै कारबाही भोग्न तयार छु,” उनले खुलेर भने । सम्पूर्ण समय समाजसेवामा समर्पित गर्दै आएका वडाअध्यक्ष चम्लागाईँले आगामी दिनमा समेत निस्वार्थ ढङ्गले सामाजिक क्षेत्रमै क्रियाशिल रहने प्रतिवद्धता जनाए ।

    उनको भनाइमा, जेनजी आन्दोलनको उद्देश्य सही भए पनि त्यसमा घुसपैठ भई केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाएको देखिएको छ। आन्दोलनको नाममा लुटपाट, आगजनी र तोडफोड हुनु दुर्भाग्यपूर्ण भएको उनको ठहर छ।

    सामाजिक सेवामा समर्पित चम्लागाईँले आन्दोलनकारीहरूले घरमा रहेका महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएर आगजनी गरेको बताएका छन् ।

    विगतमा वैदेशिक रोजगारीमा संलग्न रहेर अनुभव बटुलेका चम्लागाईँ लामो समयदेखी स्वदेशमै रहेर सामाजिक सेवामा सक्रिय छन्। उनका छोराबुहारीहरूले समेत वैदेशिक रोजगारीमा रहेर सामाजिक सेवामा साथ दिइरहेको चम्लगाईँ बताउँछन् । घरमा रहेका आवश्यक सम्पूर्ण सामग्री—सुनचाँदी, नगद र अन्य घरेलु सम्पत्ति — छोराबुहारीकै सहयोगबाट जुटाइएको चम्लागाईले जानकारी दिए ।

    घटनाबारे थप जानकारी दिँदै वडाध्यक्ष चम्लागाईँले भने, “हामीले विदेशमा पसिना बगाएर समाजको सेवा गर्ने सपना देख्यौं। तर आज आफ्नै घरमा आगजनी हुँदा मन अत्यन्तै दुःखी भएको छ।”

    चम्लागाईँले देशमा सुशासन कायम गर्ने अभियानका साथ संचालन भएको भ्रष्टाचारविरुद्धको आन्दोलनलाई समर्थन जनाउँदै, अराजक ढंगले तोडफोड र आगजनी जस्ता घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

    सामाजिक परिवर्तनको नाममा हिंसा र तोडफोडको बाटो अपनाउनु निन्दनीय कार्य भएको स्थानीयबासी बताउँछन् । लोकतान्त्रिक समाजमा असहमति प्रकट गर्ने अधिकार शान्तिपूर्ण तरिकाले प्रयोग गरिनुपर्ने र समाजको हितमा समर्पित व्यक्तिहरूको सुरक्षामा राज्यले विशेष ध्यान दिनु आवश्यक रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.