Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रजापति सामुदायिक वनको ३९औं साधारण सभा सम्पन्न, गरिबी न्युनीकरण र रोजगारी सिर्जनामा जोड
    कनकाई नगरपालिका

    प्रजापति सामुदायिक वनको ३९औं साधारण सभा सम्पन्न, गरिबी न्युनीकरण र रोजगारी सिर्जनामा जोड

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ कार्तिक १, शनिबार ०६:४७ गते3 Mins Read

    कनकाई खबर \ वन संरक्षण, सम्वद्र्धन तथा सदुपयोगसँगै गरिबी न्युनीकरणलाई पहिलो प्राथमिकतामा राख्दै अघि बढिरहेको कनकाई–१ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहले ३९औं वार्षिक साधारण सभा एक विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ।

    स्थानीय उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको सभामा समूहका अध्यक्ष मात्रिकाप्रसाद पोखरेलले आर्थिक वर्षको आय–व्यय विवरणसहित प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनमार्फत गरिबी न्युनीकरण र सामाजिक विकासमा समूहले विशेष ध्यान दिएको जानकारी गराए।

    उनका अनुसार, “राज्यले सामुदायिक वनलाई समूहमा हस्तान्तरण गर्नुको मुख्य उद्देश्य नै गरिबी न्युनीकरण हो। त्यसअनुसार स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राख्दै प्रजापति सामुदायिक वनले हाल स्थानीय ७ जना उपभोक्तालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ।”
    स्थानीय उपभोक्ता महिलाहरुको आयआर्जनमा टेवा पुर्याउँने उद्येश्यका साथ वन समूहकै पहलमा महिलाहरुलाई संगठित गरी हरियाली महिला बचत समुह गठन गरेर विगत वर्षदेखी नै संचालनमा रहेको कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि वन समूहले बजेटमा व्यवस्थापन गरेको बताइएको छ । त्यस्तै विपन्न वर्ग उपभोक्तालाई विद्युत तथा इलेक्ट्रीक तालिमको व्यवस्था, स्थानीय विद्यालय पशुपति प्राविमा शैक्षिक विकास कार्यक्रममा सहयोग, युवा लक्षित कार्यक्रम, उपभोक्ता दशगात्रा सहयोग कार्यक्रम, दुर्घटना विमा लगायत उपभोक्ता लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै आएको वन समूहका अध्यक्ष पोखरेलले सभामा जानकारी गराए ।


    डिभिजन वन कार्यालय झापाको मुल्याङकनका आधारमा अघिल्लो वर्ष जिल्लाका ५९ सामुदायिक वन मध्ये दोस्रो स्थान प्राप्त गर्न सफल प्रजापति सामुदायिक वनले आगामी वर्षका लागि वन व्यवस्थापन योजना, सामाजिक उत्तरदायित्व कार्यक्रम, वातावरणीय सचेतनामूलक गतिविधिहरू तथा विपन्न वर्गका लागि लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको बताइएको छ ।

    कार्यक्रमको समापनमा अध्यक्ष पोखरेलले सामुदायिक वनको सफलतामा सबै उपभोक्ताको सक्रिय सहभागिता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा अझ समावेशी र दिगो विकासतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    वन समूहका अध्यक्ष पोखरेलको अध्यक्षता एवं डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठको प्रमुख आतिथ्य रहेको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले वन संरक्षण एवं विकासमा मात्र नभइ समग्र सामाजिक क्षेत्रमा प्रजापति सामुदायिक वनको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । सामुदायिक वन मार्फत उपभोक्ताको जीवनस्तर उकास्न सकिने तर्फ जोड दिँदै श्रेष्ठले उपभोक्ता बीच एकता र सहकार्य अपरीहार्य रहेको बताए ।

    वन समूहकी उपाध्यक्ष प्रमिला डाँगीले स्वागत गरेको सभामा कनकाई वडा नं.१ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, सामुदायिक वन महासंघ झापा सचिव खिम आङबो ,जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष परशुराम गिरी, प्रजापति सामुदायिक वनका पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार दुर्गाप्रसाद निरौला लगायतले शुभकामना मन्तव्य राख्दै वन संरक्षणसँगै समुदायको समग्र विकासमा प्रजापति सामुदायिक वनको भूमिका प्रशंसनीय रहेको प्रतिक्रिया दिएका थिए ।कार्यक्रममा लेखा संयोजक लक्ष्मीप्रसाद अधिकारीले संस्थाको आगामी अनुमानीत लक्ष्य सहितको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

    वन समूहका सचिव दलबहादुर बिकले संचालन गरेको औपचारिक कार्यक्रममा सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख महेन्द्र पौडेल, खगेन्द्र निरौला, स्थानीय वडाका जनप्रतिनिधिहरु वडासदस्य हरिकुमार राई, दलबहादुर थापा, निर्मला खड्का, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुवास ढुङ्गाना लगायत समूहका सल्लाहकार एवं विभिन्न जिम्मेवारीमा रहेका उपभोक्ताहरुको समेत उल्लेख्य सहभागीता रहेको कार्यालय सचिव नरेश बास्कोटाले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.