झापा \ अन्तरिम सरकारले दरबन्दीभन्दा बढी कर्मचारी करारमा नराख्न निर्देशन दिएपछि विभिन्न पालिकाहरुले त्यसलाई कार्यान्वयन गर्दै करारका कर्मचारीहरुलाई निकाल्न थालेका छन् ।
यसै क्रममा बिर्तामोड नगरपालिकाले १८ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको छ । कात्तिक १ गतेदेखि लागु हुने गरी ती करारका कर्मचारीलाई कामबाट हटाइएको हो । यसरी हटाइएका कर्मचारीहरुमा नगर प्रमुख पवित्रा महतारा प्रसाईका स्वकीय सचिव , कानुनी सल्लाहकार , उजुरी प्रशासक , दुईजना कम्प्युटर अपरेटर , एकजना अमिन , एकजना ना.प्रा. स., दुईजना प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका कर्मचारी र ६ जना सुरक्षागार्डलाई कामबाट हटाएको नगरपालिका कार्यालयले जनाएको छ । उनीहरुलाई कात्तिक १ गतेदेखी नै काममा नआउन भनिएको छ ।
कमेन्टस्