Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एकका लागि एक अभियानको अगुवाईमा ६०० परिवारलाई जुट्यो राहत
    कनकाई नगरपालिका

    एकका लागि एक अभियानको अगुवाईमा ६०० परिवारलाई जुट्यो राहत

    कनकाई खबरBy कनकाई खबर२०८२ आश्विन २०, सोमबार २०:०९ गते5 Mins Read

    झापा \ झापामा डुबानबाट अति प्रभावित तथा विस्थापित परिवारलाई तत्कालका लागि आवश्यक राहत जुटाउने तथा वितरण कार्यलाई प्रभावकारी बनाउने विषयमा सोमबार बिर्तामोडमा सरोकारवालाहरु बीचको समन्वय बैठक सम्पन्न भएको छ ।

    जिल्ला प्रशासन कार्यालय झापाको आयोजना तथा एकका लागि एक अभियानको संयोजनमा भएको बैठकमा सहभागी सरोकारवालाहरुबाट प्रभावित मध्ये छ सयभन्दा बढी परिवारका लागि राहत प्याकेट जुटेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा भएको बैठकमा जिल्लामा कम्तिमा दुई हजारभन्दा बढी परिवारलाई राहत वितरणको आवश्यकता रहेको जनाइएको छ ।

    बैठकले राहत वितरण गर्न इच्छुक संघ–संस्था तथा व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ । राहत वितरणलाई एकद्वार प्रणालीबाट अघि बढाउन र व्यवस्थित गर्न त्यस्तो गरिएको जनाइएको छ ।

    प्रशासनसँग समन्वय गरी सम्बन्धित स्थानीय तहका प्रतिनिधिलाई राहत हस्तान्तरण गरिने तथा वितरण कार्यमा दाताहरुको उपस्थिति गराइने जनाइएको छ । तत्कालका लागि राहत उपलब्ध गराउन चाहने व्यक्ति, संस्थालाई कम्तीमा दश परिवारको लागि प्याकेट अर्थात् ३० हजार रुपैयाँ बराबरको राहत उपलब्ध गराउन अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । राहत जुटाउने अभियानमा नगद सहयोग प्राप्त भएमा एकका लागि एक अभियानले बुझिलिइ राहत प्याकेट खरिद गरी उपलब्ध गराउने समेत बैठकले निर्णय गरेको छ ।

    पूर्ण प्रभावित परिवारलाई खाद्यान्न र अन्य सामग्री गरी प्रति परिवार तीन हजार रुपैयाँभन्दा बढीको राहत सामग्री प्याकेट उपलब्ध गराउने निर्णय भएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । राहत प्याकेटमा खाद्यान्न तर्फ प्रति परिवार चामल २५ केजी, दाल र नुन दुई–दुई केजी, तेल एक लिटर, आलु पाँच केजी रहेको छ भने आवास व्यवस्थापनका लागि प्रति परिवार दुई थान ब्ल्यांकेट र दुई थान ओछ्याउने म्याट्रेस रहेको छ ।

    जिल्लाको वास्तविक तथ्यांक संकलन गरी प्रभावित परिवारलाई जतिसक्दो छिटो राहत वितरण गर्ने गरी काम भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
    प्रजिअ अधिकारीका अनुसार असोज १९ गतेको बाढी र डुवानमा परेर झापामा पाँच हजार पाँच सय घरधुरीका २५ हजार जनाभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको थियो । ती मध्ये २० गते पानीको सतह घटेसँगै केही घरतर्फ फर्किएका छन् भने केहीलाई विद्यालय लगायतका सार्वजनिक स्थलहरुमा राखिएको छ । सार्वजनिक स्थलमा राखिएका प्रभावितहरुलाई स्थानीय तह र संघ–संस्थाको समन्वयमा सामुहिक खाना खुवाउने कार्य पनि भइरहेको जनाइएको छ ।

    प्रजिअ अधिकारीले बाढी र डुबानबाट झापामा मानवीय क्षति भने नभएको भन्दै खुशी व्यक्त गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्थानीय तह तथा स्वयम्सेवीहरुले प्रभावितहरुलाई उद्धार गरेका थिए । १९ गते विभिन्न स्थानमा फसेका मानिसलाई नेपाली सेनाको हेलिकप्टरद्वारा पनि उद्धार गरिएको थियो ।

    यसरी जुट्यो राहत प्याकेट

    एकका लागि एक अभियानले दुई सय परिवारका लागि राहत प्याकेट उपलब्ध गराउने गरी तयारी अगाडि बढाएको छ । हाल प्याकेट बनाउने कार्य भइरहेको अभियानका संयोजक गिरीले जानकारी दिए । एकका लागि एक अभियानमा अन्तर्राष्ट्रिय झापाली समाज, जिल्ला सहकारी संघ, सहारा नेपाल लगायत झापामा क्रियाशील संघ–संस्थाहरुको साझेदारी तथा सहकार्य रहेको छ ।

    त्यस्तै अन्तर्राष्ट्रिय झापाली समाजले अभियान मार्फत नै थप एक सय परिवारलाई राहत प्याकेट प्रदान गर्ने घोषणा बैठकमा समाजका वरिष्ठ उपाध्यक्ष महेन्द्र चम्लागाँई र महासचिव नविन पोखरेलले गरे । त्यस्तै अभियानकर्मी तथा लायन्सका नेता लीला चिमरियाले झापाका लाइन्स क्लवका तर्फबाट राहतका लागि एक लाख ५१ हजार उपलब्ध गराउने घोषणा गरे । मारवाडी सेवा समिति बिर्तामोडका कार्यवाहक अध्यक्ष बिजयकुमार गोयल र गौरीशंकर गुप्ताले ५१ परिवारलाई, बाह्रदशी निवासी लोकनाथ चम्लागाँई (महेन्द्र चम्लागाँईका पिता)ले २० परिवारलाई राहत प्याकेट प्रदान गर्ने घोषणा गरेका छन् ।

    त्यस्तै अभियानकर्मी तथा अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नविन गट्टानीले धामको तर्फबाट  २० परिवार, रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीले २० परिवार, व्यवसायी विपीन बजगाँईले १० परिवारलाई राहत प्याकेट उपलब्ध गराउने घोषणा गरेका छन् । व्यवसायी तथा सामाजिक अभियन्ता रोनक वंशलले दुई सय थान ब्ल्यांकेट, रोटरी क्लव अफ मिडटाउन बिर्तामोड र रोट्रयाक क्लव अफ मिडटाउन बिर्तामोडले पाँच सय प्याकेट हाइजिन किट, आरएसके सेन्टर अभियानले १० सामुहिकसहित ३५ वटा सेन्टर बनाउने घोषणा गरेको छ ।

    बैठकमा उपस्थित पूर्व शिक्षक तथा सामाजिक अभियन्ता डम्बर देउजाले ५० हजार, वैदेशिक रोजगार व्यवसायी संघ झापाको तर्फबाट राजेन्द्र पौडेलले ५१ हजार, समर्पित फाउण्डेशनको तर्फबाट अध्यक्ष सुशिल अग्रवालसहित पदाधिकारीले ५१ हजार नगद प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरे । प्रजिअले उक्त रकम राहत प्याकेट खरिदका लागि एकका लागि एक अभियानलाई प्रदान गरेका छन् ।
    त्यस्तै बिर्तामोड चिल्ड्रेन हस्पिटलका तर्फबाट अध्यक्ष लीला मैनालीले ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छिन् । त्यस्तै रोट्रयाक क्लव अफ बिर्तामोडले २१ हजार रुपैयाँ उपलब्ध गराउने अध्यक्ष सुशिल थापाले जनाएका छन् ।

    एकका लागि एक अभियानका संयोजक गिरीले अहिलेको समयमा विपद्मा परेकाहरुलाई सहयोगको खाँचो रहेको भन्दै आममानिसमा सहयोगको भावना जागृत गर्न जरुरी रहेको बताए । प्रजिअ अधिकारीले प्रचार र राहतमा हुने भद्रगोल प्रवृत्तिलाई निरुत्साहित गर्न एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय रहेको बताए । उनले व्यक्ति तथा संघ–संस्थालाई यस विपद्को घडीमा सहयोग गरेर मानवीय भावना प्रस्तुत गर्न अपिल समेत गरेका छन् । रेडक्रसका सभापति ढकालले जतिसक्दो छिटो राहत प्रभावित क्षेत्रमा पु¥याउनुपर्ने भन्दै प्रभावितहरुमा धैर्यता पनि आवश्यक रहेको बताएका छन् ।

    बैठकमा राहत जुटाउनका लागि एकका लागि एक अभियानका तर्फबाट फोकल पर्सन तोकिएको छ । फोकल पर्सनहरुमा नविन गट्टानी, एकराज गिरी, सजेश शिवाकोटी, लीला चिमरिया, रोनक वंशल, शैलेन्द्र कुरुम्वाङ, मनोज अग्रवाल, विष्णु आचार्य, लीला मैनाली, युवराज कुँवर र शरद जोशी रहेका छन् । फोकल पर्सनले दाता र अभियानबीच समन्वय गरी राहत जुटाउने काम गर्ने बताइएको छ ।
    बैठकमा अरिदमन गण चारआलीका प्रमुख सेनानी सरोज थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले विपद्मा आफ्नो युनिटले उद्धार कार्य सम्बन्धी जानकारी गराएका थिए ।

    त्यस्तै राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान उमेश पाण्डे, एकका एक अभियानका सदस्यहरु, विभिन्न अस्पताल, संघ–संस्थाका प्रतिनिधिहरु बैठकमा उपस्थित भइ रायसुझाव र प्रतबिद्धता जनाएका थिए । बैठकको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते

    दसैं विजयोत्सवको पर्व :

    २०८२ आश्विन २०, सोमबार २३:५२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.