Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दशैं विशेष सम्पादकीय… निराशाबाट माथि उठेर दशैं मनाऔं
    कनकाई नगरपालिका

    दशैं विशेष सम्पादकीय… निराशाबाट माथि उठेर दशैं मनाऔं

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ आश्विन १३, सोमबार ०७:३७ गते2 Mins Read

    बडादशैं नेपाली समाजको सबैभन्दा ठूलो र साझा पर्व हो । वर्षभरिका दुःखकष्ट, संघर्ष र पीडालाई केही समयका लागि बिर्संदै एकआपसमा भेटघाट गर्ने, आशिर्वाद लिने–दिने, मेलमिलाप र सद्भाव फैलाउने अवसरका रुपमा यस पर्वलाई हामीले आत्मसात गर्दै आएका छौँ । तर, यसपाली देश आन्दोलनको घेराबन्दीमा छ । सडकदेखि बजारसम्म त्रास, असुरक्षा र अन्योलको वातावरणले नागरिकको दैनिकीलाई प्रभावित पारेको छ । यही कारणले दशैंको रौनक यस वर्ष थिलथिलो भएको यथार्थ हामी सबैको सामु छ ।

    पर्व केवल रमाइलो वा उपभोगको साधन मात्र होइन । यो सामाजिक एकता, संस्कार र साझा चेतनाको प्रतीक हो । संघर्ष र आन्दोलनका कारण देश तनावग्रस्त भए पनि हामीले दशैंलाई आफ्नो सामूहिक पहिचान र आत्मबलको पर्वका रुपमा स्मरण गर्न आवश्यक छ । आन्दोलनका माग र आवाजहरु लोकतान्त्रिक अभ्यास हुन् । तर, त्यसले आम नागरिकको जीवन र सांस्कृतिक भावनालाई निल्न दिनु हुँदैन । दशैंमा टीका–जमरा मात्र होइन, एक आपसप्रतिको विश्वास, मेलमिलाप र सहानुभूति बाँडिन्छ । यसै अवसरलाई हामीले अन्योल र निराशाबाट माथि उठ्ने माध्यम बनाउन सक्नुपर्छ ।

    यस वर्ष आर्थिक कठिनाई, सामाजिक अस्थिरता र आन्दोलनको प्रभावबीच हामीले सानो स्वरुपमा भए पनि दशैं मनाउनै पर्छ । किनभने, दशैं केवल उत्सव होइन, आशा र धैर्यको सन्देश पनि हो । हाम्रो साझा संस्कृतिले देखाएको बाटो यही हो, दुःख कष्टमाथि विजय र अन्धकारपछि उज्यालो आउँछ भन्ने विश्वास । अतः आन्दोलनका छायाँ माझ पनि हामीले परिवार, समाज र देशप्रतिको जिम्मेवारी सम्झेर दशैंलाई आत्मबल र सहकार्यको प्रतीक बनाउनुपर्छ । यही भावनाले देशलाई फेरि समृद्धि, शान्ति र एकताको बाटोमा अघि बढाउनेछ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.