Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित
    कनकाई नगरपालिका

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०८२ आश्विन १२, आईतवार ००:१६ गते2 Mins Read

    कनकाई खबर \ झापाको‌ बिर्तामोडमा मुख्य कार्यालय रहेको‌ सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको‌ १५ औं साधारण सभा सम्पन्न भएको‌ छ ।

    शनिबार बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणिकरण भेलासँगै‌ संस्थाको‌ साधारण सभा सम्पन्न भएको‌ हो‌ । असोज ३ गतेदेखि शुरु भएको‌ इकाइगत साधारणसभा असोज ९ गतेसम्म भएको‌ थियो‌ । कार्यक्रममा संस्थाले शव्दपत्र डटकमका सम्पादक तथा प्रकाशक पत्रकार उद्धव पुरी सहित ९२ जनालाई सम्मान गरेको बताइएको छ । सम्मानित हुने यति धेरै सदस्यहरुमा संस्थाको ४६ वटा सेवा केन्द्रबाट क्रमशः एकजना उत्कृष्ट बचत कर्ता र एकजना उत्कृष्ट ऋणी गरी ९२ जनालाई सम्मान गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर‌ बस्नेतले जानकारी दिए ।

    संस्थाले‌ गत आर्थिक वर्षमा उत्साहजनक उपलब्धि हासिल गरेको‌ कार्यकारी प्रमुख बस्नेतले‌ बताए । गत आर्थिक वर्षमा ३८ करोड बढी वासलात वृद्धि भएर‌ ३ अर्ब ३३ करोड पुगेको‌ साथै संस्थामा हाल ६९ हजार‌ बढी सेयर‌ सदस्य रहेको बताइएको छ ।

    संस्थाले‌ गत आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको‌ साथै संस्थाका‌ सदस्यहरूलाई स्वास्थ्य उपचार‌, कर्जा मिनाहा, काजक्रिया खर्चबापत लाखौँ रुपैयाँ खर्च गरेको‌ जनाइएको‌ छ ।

    संस्थाका अध्यक्ष सुवास भट्टराईले‌ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै‌ गत आव २०८१÷ ०८२ मा ४२ जना शेयर‌ सदस्यको‌ ४८ लाख २३ हजार‌ २१५ रुपैयाँ ऋण मिनाह गरिएको‌ जानकारी दिए‌ ।

    त्यस्तै‌, २०८२ असार‌ समान्तसम्म संस्थाको‌ शेयर‌ पुँजी २ करोड १२ लाख ४८ हजार‌ ६ सय बृद्धि भई ३५ करोड ९ लाख १५ हजार‌ ५ सय पुगेको‌ छ भने बचत रकम २ अर्ब १५ करोड २५ लाख ८४ हजार‌ ५८३, ऋण लगानी २ अर्ब ८० करोड ४७ लाख ८६ हजार‌ ३७८ रहेको‌ संस्थाको प्रतिवेदनमा उल्लेख छ  ।

    झापामा २५ वटा, इलाममा ११, मोरङमा ९ र‌ पाँचथरमा‌ एउटा गरी ४६ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै‌ आएको‌ सिम्रिकको‌ स्थिर‌ सम्पत्ति ६ करोड ६६ लाख ६१ हजार‌ ९६२ रुपैयाँ रहेको‌ छ ।
    संस्थाले‌ आर्थिक वर्ष २०८२ \ ०८३ का लागि १२ अर्ब ४२ करोड ६५ लाख १३ हजार‌ १७५ रुपैयाँ बराबरको‌ वार्षिक बजेट तथा कार्यक्रम तय गरेको‌ जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.