Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली
    खेलकुद

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    कनकाई खबरBy कनकाई खबर२०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते3 Mins Read

    काठमाडौं / देशमा यतिबेला चाडपर्वको माहोल छ । नेपालीहरूको महान् पर्व बडादशैं सुरु भइसकेको छ र यतिबेला धेरैजना दशैं मनाउन गाउँघर जान सुरु गरिसकेका छन् ।

    तर चाडपर्वमा घुम्न जाने, परिवारसँग सामेल भएर रमाइलो गर्ने माहोलले नेपाली खेलकुद त्यसमाथि पनि क्रिकेट टोलीलाई भने छोएको छैन ।

    बडादशैंका बेला पारिवारिक माहोलभन्दा टाढा रहेर यसपटक नेपाली पुरुष र महिला राष्ट्रिय क्रिकेट टिमले देशबाहिर आफ्नै टिमभित्र दशैं मनाउने छ ।

    नेपालको पुरुष सिनियर टिम वेस्ट इन्डिजसँगको टी-२०आई शृंखला खेल्न यतिबेला यूएईमा छ । त्यसलगत्तै नेपाली टोली आईसीसी टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जानेछ ।

    त्यस्तै नेपाली महिला राष्ट्रिय क्रिकेट टोली पनि यतिबेला मलेसियामा छ । मलेसियासँग ५ खेलको टी-२०आई शृंखला खेल्न त्यहाँ पुगेको नेपाली टोलीका खेलाडीहरू अहिले मलेसियन सुपर वुमन सिरिजमा पनि खेलिरहेका छन् ।

    चाडपर्वजस्तै महत्वपुर्ण खेल

    नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली यतिबेला यूएईको शारजाहमा छ । शारजाह क्रिकेट रंगशालामा नेपाली टोलीले प्रशिक्षण पनि थालिसकेको छ ।

    नेपालले आगामी शनिबारदेखि वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्दै छ । तीन खेलको उक्त शृंखला नेपालले खेलिरहँदा धेरै नेपाली दशैं मनाउन घर पुगिसकेका हुनेछन् ।

    शनिबार हुने पहिलो खेलपछि दोस्रो खेल फुलपातीका दिन परेको छ भने तेस्रो खेल अष्टमीको दिन परेको छ । परिवारका सबैजना सँगै बसेर रमाइलो गर्दै क्रिकेटको मज्जा लिइरहँदा पर्वभित्र अर्को क्रिकेट पर्वको माहोल पनि बन्नेछ ।

    यो सिरिज नेपालीहरूलाई खुसी बनाउने अवसर समेत रहेको कप्तान रोहित पौडेलले बताएका छन् । ‘हाम्रो लागि ऐतिहासिक अवसर त छ नै, नेपालीहरूलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने अवसर पनि रहेको छ’ उनले भनेका छन् ।

    उनले दशैं-तिहार हरेक वर्ष आउने हुँदा कहिलेकाहीँ देशको लागि खेल्दा चाडपर्व छुट्ने र यस्तो खेलको अवसर पछि पछि नआउने भएकाले सबैजना खेलमै केन्द्रीत रहेको उल्लेख गरे ।

    ‘फर्कँदा विश्वकपको टिकट बोकेर आउँछौं’

    कप्तान रोहितले वेस्ट इन्डिजसँगको शृंखलामा राम्रो गरेर त्यसपछि विश्वकपमा पनि छनोट हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाल फर्कँदा विश्वकपमा छनोट भएर फर्कने बताए ।

    ‘सबैजना धेरै उत्साहित हुनुहुन्छ, वेस्ट इन्डिजलाई हराउन सक्यौं भने त्यसले एकदम राम्रो छाप छोड्छ विश्व क्रिकेटमा, सिरिज जितेपछि विश्वकपमा पनि छनोट हुनेछौं’ रोहितले भने ।

    नेपालले वेस्ट इन्डिजसँगको शृंखला जितेर विश्वकपमा पनि छनोट भएर फर्किएमा त्यो नेपाली र नेपाली समर्थकहरूको लागि दशैंको उपहारसरह हुनेछ ।

    टीकाकै दिन पनि राष्ट्रिय जर्सीमा

    नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी-२० शृंखला खेल्दै छ । पहिलो खेल दशैंको टीकाको दिन अर्थात् असोज १६ गते छ । त्यसपछि २२ गतेसम्म कूल ५ खेलहरू हुनेछन् ।

    नेपाली टोलीका १४ खेलाडीहरू त्यसअघि मलेसियन सुपर वुमन सिरिजमा विभिन्न ५ टोलीहरूबाट खेलिरहेका छन् । यी खेलहरू बुधबारदेखि सुरु भइसकेका छन् ।

    सोही सिरिजमा खेलिरहेकी महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै क्रिकेट आफ्नो कर्तव्यका रूपमा रहेकाले चाडपर्वभन्दा पनि खेलहरू महत्वपूर्ण हुने बताइन् ।

    ‘हाम्रो लागि क्रिकेट नेशनल ड्युटी नै हो, चाडपर्वमा सहभागी हुन नपाउनु दु:खद कुरा त हो तर त्योभन्दा बढी हाम्रो लागि यसरी बाहिर गएर खेल्न पनि महत्वपूर्ण छ’ पूजाले अनलाइनखबरसँग भनिन् ।

    अहिले भइरहेको सिरिजका बारेमा कुरा गर्दै उनले यो अनुभव बटुल्ने राम्रो अवसर भएको बताइन् । ‘जुनियर खेलाडीलाई पनि यहाँ राम्रो प्रदर्शन गरेर नेपालका लागि खेल्ने अवसर मिलेको छ’ उनले भनिन्, ‘यसले ग्लोबल छनोटका लागि पनि हाम्रो आत्मविश्वास बढाउने छ।’

    नेपाली महिला टोली मलेसियासँग ५ खेलको शृंखला खेलेर स्वदेश फर्कने छ ।

    कुन कुन खेल हुँदैछन् ?

    पुरुष टोली

    ११ असोज- नेपाल भर्सेस् वेस्ट इन्डिज पहिलो टी-२०आई

    १३ असोज- नेपाल भर्सेस् वेस्ट इन्डिज दोस्रो टी-२०आई

    १४ असोज- नेपाल भर्सेस् वेस्ट इन्डिज तेस्रो टी-२०आई

    २२ असोज- नेपाल भर्सेस् कुवेत (विश्वकप छनोट)

    २४ असोज- नेपाल भर्सेस् जापान (विश्वकप छनोट)

    २६ देखि ३१ असोज- अघिल्लो चरणका खेलहरू

    महिला टोली

    ८ देखि १४ असोज- मलेसियन सुपर वुमन सिरिज

    १६ देखि २२ असोज – नेपाल र मलेसियाबीच टी-२०आई शृंखला

    अनलाइन खबरबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.