Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन
    कनकाई नगरपालिका

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ आश्विन १०, शुक्रबार ०१:१० गते2 Mins Read


    कनकाई खबर \ झापाको सुरुङ्गामा रोटरी क्लव सहितका चारवटा संस्थाको साझेदारीमा स्मार्ट कम्प्युटर कक्षा संचालनमा ल्याइएको छ ।

    नमुना विद्यालयका रुपमा विकास भएको कनकाई ३ सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयमा बिहिबार (सेप्टेम्बर २५) का दिन १५ लाख भन्दा बढीको लागतमा २१ थान कम्प्युटरको व्यवस्थापन गर्दै स्मार्ट कम्प्युटर कक्षा संचालनमा ल्याइएको हो । रोटरी क्लव अफ सुरुङ्गा सहित रोटरी डिष्ट्रिक ३२९२, एडु टेक नेपाल र कनकाई मावि सहितको साझेदारीमा स्मार्ट कक्षा संचालनमा आएको बताइएको छ \ शिक्षासँग प्रविधिलाई जोड्ने रोटरीको प्रयास अन्तर्गत क्लवले सेप्टेम्बर महिनामा गर्ने कार्यक्रमका रुपमा एक विशेष समारोहका वीच स्मार्ट कम्प्युटर कक्षा संचालनमा ल्याइएको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष डिल्लीराम मैनालीले जानकारी दिए ।

    क्लवका अध्यक्ष मैनालीको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको विशेष समारोहमा रोटरी रिजन ७ का डिष्ट्रिक जोइन सेक्रेटरी सुजन प्रधान , कनकाई माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँ, प्रधानाध्यपक कर्णबहादुर डाँगी, सल्लाहकार संयोजक जनार्दन उप्रेती, पिटिए अध्यक्ष खगमाया चापागाईँ, कनकाई वडा नं.३ की कार्यबाहक वडाअध्यक्ष कृष्णमाया भुजेल , रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष डाक्टर मुकेश शाह, सचिव कृष्टि खतिवडा, स्थानीय जनप्रतिनिधि तथा साझेदार संस्थाका प्रतिनिधिहरू सहित रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्षहरु एवं पदाधिकारीहरुको समेत उपस्थितिमा सम्पन्न विशेष कार्यक्रमका बीच स्मार्ट कम्प्युटर कक्षा औपचारिक रूपमा उदघाटन गरिएको हो ।

    स्मार्ट कम्प्युटर कक्षा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख पोखरेलले प्रविधिमैत्री शिक्षाको आवश्यकता र प्रभावबारे प्रकाश पारेका थिए । कनकाई नगरीलाई शिक्षाको हब बनाउँने योजना अनुरुप कनकाई नगरपालिकाले गतिविधि गरिरहेको प्रमुख अतिथी पोखरेलले कार्यक्रममा जानकारी दिए । विद्यालयका प्रधानाध्यापक कर्णवहादुर डाँगीले आगामी दिनमा डिजिटल शिक्षालाई अझ प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए ।

    स्थानीय समुदाय, अभिभावक तथा विद्यार्थीहरूमा स्मार्ट कक्षा सञ्चालनले उत्साह थपेको बताइएको छ । प्रविधिको प्रयोग मार्फत सिकाइलाई सहज, रोचक र प्रभावकारी बनाउने अपेक्षा राखेको कार्यक्रममा सहभागीहरुले बताए । रोटरी क्लव अफ सुरुङ्गाका निवर्तमान अध्यक्ष लुवराज उप्रेतीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन क्लवका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.