Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दशैंको मुखमा भत्ता नपाइने चिन्ताले जेष्ठ नागरिकमा तनाव
    कनकाई नगरपालिका

    दशैंको मुखमा भत्ता नपाइने चिन्ताले जेष्ठ नागरिकमा तनाव

    कनकाई खबरBy कनकाई खबर२०८२ आश्विन ९, बिहीबार ०६:३६ गते3 Mins Read

    कनकाई खबर \ जेनजी आन्दोलनको क्रममा भएको आगजनीले पालिका कार्यालयहरु पूर्ण रूपमा जलेर नष्ट भएपछि दशैंको मुखमा सामाजिक सुरक्षा भत्ता नपाइने हो कि भन्ने चिन्ताले यतिबेला जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति लगायतका लाभग्राहीहरू गहिरो तनावमा पारेका छन् ।

    सामाजिक सुरक्षा भत्ता धेरैका लागि चाडपर्वमा खर्च धान्ने मुख्य स्रोत हो । दशैं भित्रिसकेको छ तर भत्ता वितरण प्रक्रिया अन्योलमा परेको देखिँदा लाभग्राहीहरूमा निराशा छाएको छ। “हामीले दशैंमा नातागोता आउँछन् भनेर केही तयारी गर्नुपर्ने हो, तर भत्ता नआउने हो कि भन्ने डरले मन खिन्न छ,” कनकाई–७ , दुर्गापुरका ७५ वर्षीय जेष्ठ नागरिक जसबहादुर आङथुपोले भने । हाल बिरामी अवस्थाकी आफ्नी श्रीमति दिलकुमारी आङथुपोलाई समेत दैनिक रुपमा औषधि खानका लागि भत्ताका कारण सहज भएको बताउँदै आङथुपोले भने, “यो दशैंको मुखमा आउने भत्ताको छुट्टै महत्व हुन्छ ।”

    “दशैं आयो, तर भत्ताको पैसा आएन । औषधि किन्ने, नातिनातिनीलाई केही दिने सोच थियो, तर अहिले त त्यो पनि सकस भयो,” कनकाई ७ दुर्गापुरका ८५ वर्षिय हंसराज लिम्बूले गुनासो गरे । जसरी भएपनि दशैं अघि नै भत्ता नआए बुढाबुढीलाई अत्यन्तै गाह्रो हुने लिम्बूको ठहर छ ।
    दशैंको चहलपहल सुरु भइसकेको भएपनि आम जेष्ठ नागरिकहरुको अनुहारमा उत्साहभन्दा बढी चिन्ता छाएको जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष शम्भु पोखरेल बताउँछन् । दशैं अघि नै सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्ध लाभग्राहीहरू सहित एकल महिला, अपाङ्गता भएका व्यक्ति यतिबेला मानसिक तनावमा भएकाले सम्बन्धित निकाय गम्भिर हुनु जरुरी रहेको भन्दै जेष्ठ नाागरिक संघका नगर अध्यक्ष पोखरेलले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

    धेरै लाभग्राहीहरु सामाजिक सुरक्षा भत्तामै आत्मनिर्भर रहेकाले चाडपर्वको समयमा राज्य पक्षबाट समेत विशेष ध्यान दिनुपर्नेमा जेष्ठ नागरिक संघको धारणा रहेको संघका नगर अध्यक्ष पोखरेल बताउँछन् ।

    नगरपालिकाको कार्यालय जलेपछि सेवा प्रवाहमा समस्या आएसँगै त्यसको प्रत्यक्ष असर समाजका जेष्ठ नागरिकमा परेको बताइएको छ । दशैंको किनमेल गर्ने अन्तिम समयमा नै भएपनि पालिकाले सेवा सुचारु गरेर कनकाई वडा नं.७ बाहेकका अन्य वडामा भत्ता वितरण सुरु भएको जनाएको छ तर वडा नं.७ का लाभाग्राहीमा भने अन्यौलता छाएको बताइएको छ ।

    लाभग्राहीले पाउँने सुविधाका विषयमा पालिकाको तर्फबाट कुनै पनि कमजोरी हुने छैन भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । नगरपालिकाले गर्नु पर्ने काम सबै सकेको भएपनि आर्थिक कारोबार बैंकबाट हुने भएकाले पछिल्लो समय देशभरी नै प्रविधिमा आएको समस्यासँगै केही ढिला भएपनि सबै लाभग्राहीले भत्ता प्राप्त गर्न सक्ने भन्दै नगर प्रमुख पोखरेलले नागरिकको पिडाप्रति नगरपालिका समेत गम्भिर भएको बताए।

    दशैंको रौनक सुरु भइसकेको छ, यो अवस्थामा पनि लाभग्राहीहरूले भत्ता प्राप्त गर्न नसकेका कारण मानसिक रुपमा तनाव बढ्दै गएको कनकाई ३ की ८० वर्षिय गंगादेवी उप्रेतीको भनाई छ । दशैंजस्तो महत्वपूर्ण चाडमा सामाजिक सुरक्षा भत्ता नपाउँदा लाभग्राहीहरूमा निराशा मात्र होइन, आक्रोश पनि बढ्दै गएको छ । भत्ता वितरणमा समस्या भएमा सरकारले तत्काल राहत र दीर्घकालीन समाधान तर्फ लाग्नु पर्नेमा लाभग्राहीहरुको माग रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.