Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दशैंको मुखमा विध्वंसः सामूहिक सरसफाईपछि सेवा पुनः सुचारु हुने तयारी
    कनकाई नगरपालिका

    दशैंको मुखमा विध्वंसः सामूहिक सरसफाईपछि सेवा पुनः सुचारु हुने तयारी

    कनकाई खबरBy कनकाई खबर२०८२ आश्विन ६, सोमबार १४:५८ गते2 Mins Read

    कनकाई खबर \ दशैंको रौनक सुरु हुनै लाग्दा हरेक पालिकाहरुमा भएको विध्वंसकारी घटनाले हरेक नागरिकलाई स्तब्ध बनाएको छ ।

    जेनजीको नाममा भएको आन्दोलनको क्रममा आगजनीका कारण जलेर नष्ट भएका पालिका संरचनाहरूको अवशेषबीच जनप्रतिनिधि, कर्मचारी तथा नगरप्रहरीले एकजुट भई सरसफाई अभियान सञ्चालन गरेका छन् ।

    सरसफाई कार्यमा आँफै पनि सक्रिय देखिएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “दशैंको बेला आम जनताहरु सेवा पाउने आशामा बसेका थिए, तर हामीले सेवा दिने संरचनाहरू नै गुमायौं । यस असहज परिस्थितीमा पनि जनतालाई छिटोछरितो सेवा दिने प्रयासमा कनकाई नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी एवं नगर प्रहरीहरु समेत नगरपालिका कार्यालय सहित वडा कार्यालयहरुको पुनः निर्माणको कार्यमा अघि बढेका छौं ।”

    नगरप्रमुख पोखरेलले नगरवासीलाई एकता, सहिष्णुता र पुनःनिर्माणको कार्यमा सकारात्मक बन्न अनुरोध गर्दै भने, “हामी यो चाडपर्वलाई पीडाबाट पुनः आशामा बदल्नेछौं।”

    सफा नगर एवं सशक्त संकल्पका साथ घटनास्थलमा नगरप्रमुख पोखरेल सहित प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, विभिन्न शाखा अधिकृतहरु, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, वडासदस्यहरु साथै कर्मचारी र नगरप्रहरीको टोलीले आगजनी भएको भौतिक संरचनाको सरसफाई सहित पुनःनिर्माण, जलेका कागजात, फर्निचरका टुक्रा र मसिनो धुलो हटाउँदै वातावरण सफा गर्ने कार्यमा जुटिरहेका छन् । सरसफाई कार्यमा अन्य कर्मचारीसँगै अग्र पंक्तिमा देखिएका कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जनताका लागि सेवा प्रवाह चाँडै संचालनमा ल्याइने आश्वासन दिए ।

    जनप्रतिनिधि र पालिकाका कर्मचारीहरु सरसफाई कार्यमा आँफै खटेको देखेर एक स्थानीयबासीले भने, “दशैंको बेला यस्तो विपत्ति देख्दा मन दुख्यो, तर जनप्रतिनिधि र जिम्मेवार कर्मचारीहरु आफैं मैदानमा देख्दा आशा पलायो।”

    कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले नगरपालिकाले जतिसक्दो चाँडो पालिकाको सेवा सुचारु गर्ने योजना रहेको बताए । साथै थप पुनःनिर्माणकालागि माथिल्लो निकायमा समन्वय गरिने समेत जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.