कनकाई खबर \ नेकपा एमाले कनकाई नगर कमिटी अध्यक्ष गोकर्ण ओझालाई पत्नी शोक परेको छ ।
एमाले पूर्व झापा जिल्ला कमिटी सदस्य एवं पूर्व जनप्रतिनधी समेत रहेका सामाजिक व्यक्तित्व कनकाई ५, चप्रामारी निवासी ओझाकी धर्मपत्नी इन्दु दाहाल ओझाको ६५ वर्षको उमेरमा हिजो भदौ ३१ गते मंगलबार बेलुका ८ः१५ बजेको समयमा निधन भएको हो । मुटु रोग लगायत विभिन्न स्वास्थ्य समस्याबाट पिडित ओझाको उपचारकै क्रममा नोवेल अस्पताल विराटनगरमा निधन भएको स्व.ओझाका देवर पुण्यप्रसाद ओझाले जानकारी दिए ।
स्व. ओझाका दुई छोराबुहारी विष्णु र गंगा, सन्जिव र मनिषा ओझा रहेका छन् भने छोरी ज्वाइँ बबिता र विष्णु चिमरीया, संगिता र मनोज कडरीया, ८ जना नातीनातिना रहेका छन् । स्व. ओझाका जेठाजु र देवरहरु क्रमशः टिकाराम, पुण्यप्रसाद, जीवन र मोतिखर ओझा रहेका छन् । स्व. ओझाको आज बुधबार १०ः३० बजे कनकाई घाटमा अन्त्यष्टी गरिने पारिवारीक श्रोतले जनाएको छ ।
दु ःखको यो क्षणमा दिवंगत आत्माको बैकुण्ठबासको कामना गर्दै शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामना सहित कनकाई खबर साप्ताहिक तथा अनलाइन परिवारका तर्फबाट हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।