Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राष्ट्रिय बाल दिवसमा औपचारिक उत्सव नगरी श्रद्धाञ्जली कार्यक्रम गर्न कनकाई नगर बाल संजालको अपिल
    कनकाई नगरपालिका

    राष्ट्रिय बाल दिवसमा औपचारिक उत्सव नगरी श्रद्धाञ्जली कार्यक्रम गर्न कनकाई नगर बाल संजालको अपिल

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र २९, आईतवार ०८:४३ गते2 Mins Read

    कनकाई खबर \ कनकाई नगर बाल संजालले ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा नगरभित्रका सम्पूर्ण बालबालिका, अभिभावक, शैक्षिक संस्था, सरोकारवाला निकाय तथा नगरवासीहरूमा शुभकामना व्यक्त गर्दै यस वर्ष औपचारिक उत्सव नगरी श्रद्धाञ्जलीमुखी कार्यक्रम गर्न आग्रह गरेको छ।

    संजालले जारी गरेको विज्ञप्तिमा “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारालाई आत्मसात गर्दै बालबालिकालाई समाजको आधारस्तम्भ र राष्ट्रको दिगो भविष्य निर्माणका धरोहरका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको छ। साथै बालबालिकाको हक, हित र अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुनिश्चितताका लागि सबै तह र स्तरका निकायहरूको सहकार्य र प्रतिबद्धता अपरिहार्य रहेको उल्लेख छ। नेपालले सन् १९९० सेप्टेम्बर १४ मा संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धि अनुमोदन गरेको स्मरण गर्दै २०५१ सालदेखि प्रत्येक भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइँदै आएको छ। पछिल्ला वर्षमा शिक्षा, स्वास्थ्य र बाल अधिकार क्षेत्रमा सुधार भए पनि अझै धेरै चुनौती बाँकी रहेको संजालले जनाएको छ।

    यसैबीच कनकाई नगरपालिका २०८२ साल बैशाख २५ गते नेपाल सरकारले तोकेको ५१ सूचक र नगरपालिकाले थप दुई सूचकसहित ५३ वटा सूचक पूरा गर्दै बालमैत्री नगरपालिका घोषणा भएको थियो। यस उपलब्धिसँगै कनकाई नगरपालिका झापाको तेस्रो र कोशी प्रदेशको पाँचौं बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनेको हो। राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा जेन्-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै नगर बाल संजालले कनकाई नगरका वडास्तरीय बाल संजाल, विद्यालय तथा टोलस्तरीय बाल क्लब र शैक्षिक संस्थाहरूसमेतलाई श्रद्धाञ्जली, शोकसभा लगायतका कार्यक्रम गर्न अनुरोध गरेको छ। कनकाई नगर बाल संजालका सचिव रिजन तिम्सिना ले जारी गरेको विज्ञप्तिमा औपचारिक कार्यक्रम नगरी सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न सबैलाई आग्रह गरिएको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.