Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरक्षाको लागि स्थानीय एकताः कनकाईमा रात्रीकालिन गस्ती सुरु
    कनकाई नगरपालिका

    सुरक्षाको लागि स्थानीय एकताः कनकाईमा रात्रीकालिन गस्ती सुरु

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ भाद्र २९, आईतवार ०१:२४ गते2 Mins Read

    कनकाई खबर \ जेनजी (युवा पुस्ता)को आन्दोलनले एकै दिनमा भएको जनधन तथा भौतिक संरचनाको क्षतिका कारण त्रसित बनेको स्थानीय समुदायले अब सुरक्षा जिम्मा आफैं लिन थालेका छन् ।

    कनकाई उद्योग वाणिज्य संघको अगुवाइमा सामाजिक संघसंस्थाहरू र कनकाई स्काउटका मास्टरहरूको सहकार्यमा चोकबजार तथा गाउँगाउँमा बेलुकी ८ बजेदेखि १२ बजेसम्म गस्ती टोली स्वतः स्फुर्त रुपमा परिचालित छ । त्यसपछिको समयमा समेत पालो गरेर गस्ती गर्ने काम भइरहेको संघका कोषाध्यक्ष एवं सुन चाँदी व्यवसायी टिकाराम बरालले जानकारी दिए ।

    स्थानीय युवाहरूको सक्रियता र एकताले समुदायमा सुरक्षा र विश्वासको भावना पुनः जागृत गरिरहेको बताइएको छ । गस्ती टोलीले शान्ति कायम राख्न, आपराधिक गतिविधिमा अंकुश लगाउन तथा नागरिकलाई मनोवैज्ञानिक रूपमा सुरक्षित महसुस गराउन महत्वपूर्ण भूमिका खेलेको टोलीका संयोजक एवं कनकाई उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष जनक कार्कीले जानकारी दिए ।

    सुरुङ्गास्थित ईलाका प्रहरी कार्यालयमा समेत तोडफोड र आगजनी भएपछि प्रहरीको समेत सुरक्षा व्यवस्था नभएका कारण हाल ईलाका प्रहरी कार्यालयमा प्रहरी समेत नभएको अवस्थाले स्थानीय स्तरको सुरक्षा चुनौती बढेर गएका कारण स्थानीयबासीले बजार क्षेत्रका व्यवसायीहरुको समेत हितका लागि गस्ती टोली नै बनाएर गस्ती गर्न थालेको संयोजक कार्की बताउँछन् । रात्रीकालिन गस्ती टोलीमा कनकाई स्काउटरको तर्फबाट स्काउट शिक्षक अरुण नेपालको नेतृत्वमा टोली क्रियाशिल रहेको बताइएको छ ।

    गस्ती टोलीको संयोजकमा संघका कार्यबाहक अध्यक्ष कार्की र सदस्यहरुमा क्रमशः कनकाई उद्योग वाणिज्य संघ, कनकाई सुनचाँदी व्यवसायी संघ, कनकाई होटल व्यवसायी संघ साथै स्थानीय व्यवसायी एवं सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहने गरेको संघका महासचिव सरोज सिटौलाले जानकारी दिए । बजार क्षेत्रमा हाल रात्रीकालिन सुरक्षा गार्ड समेत नभएको साथै केही दिनदेखी नेपाल प्रहरीको टोली पनि नभएकाले बजार क्षेत्रमा सुरक्षा चुनौती बढेको स्थानीय व्यवसायी बताउँछन् ।

    स्रोतका अनुसार सुरुङ्गास्थित ईलाका प्रहरी कार्यालयमा हाल मर्मतको काम भइरहेकाले चाँडै साविक संख्याका सुरक्षाकर्मी आएर सेवा दिने विश्वास गरिएको छ । पछिल्लो समयको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कनकाई नगर क्षेत्रका सबै बजार साथै ग्रामिण क्षेत्रमा समेत सोही क्षेत्रका युवाहरुबाट रात्रीकालिन गस्ती संचालन भइरहेको बुझिएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.