Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका मेयर पोखरेलको खुला चुनौती ः“सम्पत्ति छानबिन गर,अफवाह बन्द गर!”
    कनकाई नगरपालिका

    कनकाईका मेयर पोखरेलको खुला चुनौती ः“सम्पत्ति छानबिन गर,अफवाह बन्द गर!”

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ भाद्र २६, बिहीबार २१:३८ गते2 Mins Read

    कनकाई खबर \ देशव्यापी भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत जेनजी पुस्ताको नाममा मंगलबार सञ्चालन भएको प्रदर्शनबाट सार्वजनिक भौतिक संरचना सहित निजी सम्पत्तिमा समेत भएको आक्रमणसँगै उत्पन्न परिस्थितीका कारण यतिबेला देशमा अन्यौल छाएको छ ।

    जनमानसमा छाएको अन्यौलसँगै भएका त्रासदीपूर्ण घटनाले स्थानीय तहमा गम्भीर तनाव सिर्जना गरेको छ । कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले आफ्नो भर्खरै निर्माण सम्पन्न भएको नयाँ घर र आँफू बस्दै आएको भाइ दिनेश पोखरेलको घरमा आगजनी गरी खरानी बनाइएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    मेयर पोखरेलले आफुसँगै भएकी ९० वर्षीया आमाको पीडादायक अवस्था उल्लेख गर्दै भावुक अभिव्यक्ति दिएका छन्। “आमाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक छ। यस्तो अमानवीय कार्यले हाम्रो परिवारमा मानसिक र शारीरिक पीडा थपिएको छ,” उनले भने ।

    सामाजिक सञ्जाल तथा केही संचार माध्यममा मेयर पोखरेलको घरबाट ८० केजी सुन बरामद भएको भन्ने दाबीप्रति उनले पुनः खण्डन गर्दै प्रश्न उठाएका छन् — “यदि यस्तो सत्य हो भने, प्रमाण के छ ? कसले बरामद गर्यो ? कसरी ८० केजी सुन भएको पुष्टि भयो ?” मेयर पोखरेलले ती आरोपलाई “भ्रामक, तथ्यहीन र चरित्र हत्या प्रयास” भन्दै खण्डन गरेका छन् ।

    मेयर पोखरेलले केही युट्युबरलाई लक्षित गर्दै प्रमाणसहित सत्य तथ्य सार्वजनिक गर्न आग्रह गर्नुका साथै भ्रामक प्रचारविरुद्ध कानुनी कारबाहीको चेतावनी समेत दिए । उनले आफ्नो सम्पूर्ण सेवा सुविधा जनताको सेवामा समर्पित गर्दै अहोरात्र जनहितमा क्रियाशील रहेको उल्लेख गर्दै आफू विरुद्ध लागेका केही व्यक्तिहरुले बदनाम गर्ने प्रयास गरेकोमा दुःख व्यक्त गरे ।
    “म मेयर हुनु अघि र अहिलेको सम्पत्ति विवरण छानबिन गर्न तयार छु। जोसुकैले चाहे पनि, म सार्वजनिक रूपमा चुनौती दिन्छु,” मेयर पोखरेलले स्पष्ट पारे ।

    नगरपालिकाले घटनाको छानबिनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिँदै, मेयर पोखरेलले जनतालाई अफवाहमा नपर्न र संयमित रहन आग्रह गर्दै समय आएपछि सबै कुराको लेखाजोखा हुने प्रष्ट पारे ।

    प्रदर्शनकारीले आगो लगाएर कनकाई नगरपालिकाको कार्यालय सबै ध्वस्त बनाएका छन् भने नगर क्षेत्रका सबै वडा कार्यालयमा समेत आगजनी गरेर नष्ट गरेको बताइएको छ । त्यस्तै कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको समेत निवासमा प्रदर्शनकारीहरु प्रवेश गरी महत्वपूर्ण सामाग्री साथै कागजातहरु बाहिर ल्याएर जलाएका छन् ।

    प्रदर्शनकारीले कनकाई वडा नं.३ , वडा नं.७ का वडाअध्यक्ष क्रमशः युवराज चम्लागार्इँ र भिष्म सिटौलाको निजी घरमा आगजनी गरेका छन् भने मुख्य राजनीतिक दलहरुका नगरस्तरीय पार्टी कार्यालयको कागजातहरु जलाएर नष्ट गरेको बताइएको छ । त्यस्तै नेपाली कांग्रेस झापा जिल्ला सभापति देउमान थेवेको सुरुङ्गास्थित निवास, सामाजिक व्यक्तित्व लीलाप्रसाद चिमरीया र रविन्द्र लम्साल समेतको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.