Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनि जेनजीको आन्दोलन रक्तपातपूर्ण बन्यो
    कनकाई नगरपालिका

    अनि जेनजीको आन्दोलन रक्तपातपूर्ण बन्यो

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र २३, सोमबार २३:०९ गते6 Mins Read
    default


    गौरव पोखरेल ,
    सामाजिक सञ्जालमा ‘नेपोबेबिज’ अभियान चलाएका जेनजी युवाले भ्रष्टाचारविरुद्ध ८ सेप्टेम्बरमा माइतीघरमा स्वतःस्फूर्त प्रदर्शन गरेका थिए।
    प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काएर भित्र प्रवेश गर्दा प्रहरीले अश्रु ग्यास र गोली प्रहार गरी कम्तीमा १७ जना घाइते भएका थिए।
    प्रहरीले अस्पताल परिसरमा समेत अश्रु ग्यास हानी स्वास्थ्यकर्मीको काममा असर पु¥याएको र साँझसम्म पनि दमन जारी रहेको छ।

    काठमाडौं ÷ सामाजिक सञ्जालमा ‘नेपोबेबिज’ अभियान चलाउँदै आएका जेनजी युवाले सोमबार (सेप्टेम्बर ८) मा प्रदर्शन गर्ने घोषणा कुनै लामो तयारी साथ गरेका होइनन् ।

    इन्डोनेसिया लगायतका देशमा चलेको अभियानपछि नेपाली युवाले समेत भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका बेला सरकारले सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरिदियो । त्यसमाथि शनिबार ललितपुरको हरिसिद्धीमा कोशीका प्रदेशमन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर नरोकी हिंडेको सीसी टीभी फुटेज बाहिरिएपछि उनीहरू थप आक्रोशित भए ।

    यस्तोमा जेनजीले रेडिट र डिस्कर्ड एपमार्फत स्वतःस्फूर्त प्रदर्शन मिति घोषणा गरेका थिए । त्यसपछि अनलाइनमै विभिन्न समूहहरू बनेका थिए । आफैं उठेको यो अभियानमा छोटो समयमै धेरैले ऐक्यबद्धता जनाउन थाले ।

    तर, यो अभियानको नेतृत्वमा भने शनिबार बेलुकीसम्म कोही देखिएका थिएनन् । आइतबार बेलुकी भएको छलफलमा सहभागी एक जेनजी युवाका अनुसार, स्वतःस्फूर्त रूपमा घोषणा भएको प्रदर्शन शान्तिपूर्ण होस्, नभड्कियोस् भन्ने हिसाबले केहीले जेनजी अभियन्ताले छलफल थालेका थिए ।
    त्यो छलफलमा पहिले विवकेशील नेपाली दलमा जोडिएका युवादेखि हामी नेपाली, हन्ड्रेड ग्रुप लगायतसँग जोडिएकाहरू समेत थिए । राप्रपा र कांग्रेसका विद्यार्थी संगठनमा जोडिएका कतिपय युवा पनि त्यसमा देखिएका थिए ।

    ‘प्रदर्शन शान्तिपूर्ण होस्, नभड्कियोस्, घूसपैठ नहोस् भन्ने हिसाबले जोडिएका थियौं’ एक जेनजी युवाले भने, ‘खासगरी व्यवस्थापनको पाटोमा काम गरेका थियौं ।’

    आइतबार अपराह्नको बैठकपछि छुट्टिएका उनीहरू सोमबार बिहान ९ बजे नै माइतीघरमा भेला भए । १० बजेसम्ममा कम्तिमा एक हजार बढी जेनजी भेला भइसकेका थिए । ‘युथ एग्नेस्ट करप्सन’ लेखिएको एउटा गाडीमा कोही माइकिङ गर्दै बसेका थिए भने छुट्टाछुट्टै समूहमा समेत नाराबाजी भइरहेको थियो ।

    बिहान साढे १० बजे माइतीघर मण्डलाबाट विभिन्न समूहमा रहेका युवा बानेश्वरतर्फ अघि बढेका थिए । ‘रातो र चन्द्र सूर्य, जंगी निशाना हाम्रो’ गीतसहित अघि बढेका जेनजीले लगत्तै ‘देश बेच्न पाइँदैन, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘लुट्न पुग्यो सरकार’ लगायतका नारा लगाएका थिए ।

    यो भिडमा कक्षा ८ पढ्ने विद्यार्थीदेखि कलेज पढ्ने विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । उनीहरूको निशानामा प्रधानमन्त्री केपी शर्मा ओली पनि परिरहेका थिए । खासगरी सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने निर्णयलाई फिर्ता लिन समेत उनीहरूले माग राखिरहेका थिए ।

    त्यहीबेला बिजुलीबजार पुल पुग्न लाग्दा पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर रहेको होर्डिङ बोर्ड देखियो । प्रदर्शनकारीले नाराबाजी गर्दै तस्वीरमा बोतल प्रहार गर्न थाले ।

    कतिपयले भिडलाई संयमित बनाउने कोसिस गरिरहे, त्यहीबीच एक युवाले पोलमा चढेर ओलीको तस्वीर च्याते । त्यसपछि फेरि भिड ‘रातो र चन्द्र सूर्य’ गीत गाउँदै अघि बढ्न थाल्यो ।

    बिजुली बजारबाट समेत नाराबाजी र गीत गाउँदै जेनजी युवा अगाडि बढे । अगाडि केही युवाले ‘जेनजीको आवाज ः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, भ्रष्टाचार र काण्डवादीलाई कारबाही’ लगायतका लेखिएका ब्यानर समेत बोकेका थिए । उनीहरूले बोकेको ब्यानर र प्लेकार्डमा तीन नेताको वरिपरि घुम्ने सरकारको नेतृत्व रोकिनुपर्ने समेत लेखेका थिए ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको तस्वीर राखेर उनीहरूले म्यूजिकल चेयर बन्द गर्नुपर्ने उल्लेख गरिएको प्लेकार्ड समेत देखाएका थिए ।

    ‘भ्रष्टाचारको सोह्र श्राद्ध गर्नुपर्छ’ भन्ने प्लेकार्ड बोकेकी कक्षा ७ मा पढ्ने विद्यार्थी अनिता लामाले जेनजीले नेताका छोराछोरीबारे सामाजिक सञ्जालमा पोष्ट हुन थालेपछि सञ्जाल बन्द गराइएको बताइन् ।

    ०००

    नाराबाजीसहित प्रदर्शन एभरेष्ट होटल नजिक पुग्न लागेपछि चाहिँ १०÷१२ जनाको संख्यामा रहेका प्रहरीले रोक्ने प्रयास गरे । त्यसअघि केहीबेर प्रहरीले पानीको फोहोरा हान्यो । केहीबेर तितरबितर भएको भिड एकैछिनमा अगाडि आइहाल्यो ।

    भ्रष्टाचारी मुर्दावाद भन्दै नारा लागिरहेका बेला त्यहाँ खटिएका एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) ले सम्झाउँदै त्यहीँ रोकिन आग्रह गरे । तर, भिडको सामू उनको आवाज कमजोर सुनियो । सबै एकसाथ अघि बढ्न थालेपछि प्रहरी अधिकारीहरू पछि हटे ।

    यहाँनेर प्रहरी तयारी पनि फितलो देखियो । कतिसम्म भने सुरुमा त्यहाँ ब्यारिकेड समेत थिएन ।

    जेनजी प्रदर्शनमा सहभागी युवा युजनराज भण्डारीका अनुसार, पहिले निषेधित क्षेत्र तोकिएको यो स्थानमा ब्यारिकेड राख्ने गरिन्थ्यो । ‘आज भिडलाई उत्तेजित बनाएर दमन गर्ने नीति रहेछ,’ उनले अनलाइनखबरसँग भने ।

    पहिले माइतीघरबाट आउने प्रदर्शनकारी त्यहीँ रोकिने गरेका थिए । तर, सोमबार दिउँसो ११ः५५ मा जेनजी प्रदर्शनकारी त्यहाँबाट कटेर गएपछि आकाशे पुल तर्फ चढे । पुलमा चढेर उनीहरूले ‘टाइम इज नाउ, वेक अप नेपाल’ लेखेको ब्यानर टाँगे ।

    विगतका प्रदर्शनमा यो स्थानमा यस्तो दृश्य देखिएको थिएन । नयाँ बानेश्वर चोकमा पुगेपछि उनीहरूले ट्राफिक आईल्याण्डमा समेत पोस्टर टाँगे । मध्यान्ह १२ः०५ बजेसम्म परिस्थिति नियन्त्रणमै थियो ।

    त्यहीबेला युवाको समूह संसद् भवनतिर अघि बढिरहेको थियो ।

    संसद् भवनको मुख्य गेटमा पुगेका युवाले गेटमा रहेको सुरक्षाकर्मी बस्ने भवनको माथि चढेर नेपालको झण्डा फहराए । दिउँसो १२ः०८ मा युवाको एउटा समूह छतमा बजेर नारा लगाउन थाल्यो ।

    अगाडि नाराबाजी पनि चलिरह्यो । बानेश्वरमा जेनजी युवाले ‘वी वान्ट जस्टिस’ भन्दै नारा लगाइरहँदा आकाशमा अश्रु ग्यास प्रहार हुन थाल्यो । लगत्तै आक्रोशित बनेको समूहका केही सदस्यले संसद् भवनको एकातिरको पर्खाल भत्काउन थाल्यो ।

    सुरुमा केही युवाहरू संसद् भवनको पर्खाल छेऊ प्रहरी बस्ने सेन्ट्रीतिर लागे । उनीहरू माथि चढेर नारा लगाउन थाल्दा १२ः४७ भइसकेको थियो । प्रहरीले अश्रु ग्यास हान्न भने छाडेन । केहीबेरमा प्रहरीले गोली चलाउन थाल्यो ।

    आक्रोशित भिडले संसद् भवनको पर्खाल भत्काउन थाल्यो । दिउँसो १ः२८ मा प्रदर्शनकारीले नयाँ बानेश्वरबाट पानी ट्यांकी जाने बाटोतर्फ रहेको पर्खालको मुनितिर भ्वाङ पारिदिए ।

    सुरुमा पर्खालमाथि राखिएको फलाम भत्काएका युवाले पछि मुन्तिर पर्खालमा ढुंगा र इँटाले प्वाल पारका थिए । पछि त्यहीँबाट उनीहरू संसद् भवनभित्र समेत छिरे ।

    दिउँसो १ः३० सम्ममा प्रहरीको गोली लागेर एक युवा गम्भीर घाइते भइसकेका थिए । संसद् भवनभित्रबाट अन्धाधुन्ध चलाएको गोली लाग्दा प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । त्यसबेला सडकमा रगक्ताम्ये दृश्यहरू देखिन थालिसकेका थिए ।

    दिउँसो १ः५५ मा प्रहरीको गोली लागेर संसद् भवनको मुख्य गेटको विपरीत सडकमा ढलेका एक युवालाई लैजान एम्बुलेन्स समेत आएन । जेनजी युवाले बोकेरै नजिकै रहेको सिभिल अस्पताल लैजाने प्रयास गर्न थाले । त्यहीबीचमा एउटा मोटरसाइकल आयो र त्यसमा च्यापेर लगे ।

    सोमबार गोली लागेर घाइते भएका १७ जनामध्ये अधिकांशलाई यही क्षेत्रमा गोली लागेको थियो । २ बजे अर्का घाइतेलाई स्ट्रेचरमा राखेर अस्पताल पु¥याइएको थियो । त्यसबेलासम्म प्रहरीले अश्रुग्यास र रबर बुलेट मात्र हानेको बताए पनि त्यहाँ गोलीका सेलहरू फेला परेका थिए ।

    प्रहरीको गोली लागेर घाइते हुने क्रम बढेपछि आक्रोश थप चुलिया । त्यसपछि २ः०५ बजे युवा फेरि संसद्को गेटतिर अघि बढे । २ः२० मा स्कुल र कलेजको ड्रेसमा भएका युवाले संसद्को गेट अगाडि हात उठाउँदै गएर प्रहरीलाई संयमित भइदिन आग्रह गरे ।

    तर, त्यहीबेला समेत भित्रबाट गोली चल्यो । परिस्थिति झन् तनावग्रस्त बन्न थाल्यो । प्रहरीले संसद् भवनबाट हानेको अश्रु ग्यास जेनजी युवाले समात्दै प्रहरी भएतिरै समेत फ्याँकिदिए । त्यही बेला एउटा एम्बुलेसबाट संसद् भवनभित्रका कर्मचारी बाहिर निस्किएको भन्दै हल्ला भएपछि प्रदर्शनकारीले नजिकै रहेको सशस्त्र प्रहरीको एम्बुलेन्सलाई समेत तारो बनाए ।

    प्रहरीले गोली हान्न भने छाडेन । कतिसम्म भने बानेश्वरस्थित सिभिल अस्पताल परिसरमै समेत अश्रु ग्यास हान्यो । यो अस्पतालमा सोमबारको आन्दोलनका अधिकांश घाइते भर्ना गरिएका थिए । प्रहरीले अस्पताल परिसरमै अश्रु ग्यास र लाठी चार्ज गर्दा स्वास्थ्यकर्मीलाई समेत काम, कारबाहीमा असर पुगेको थियो ।

    सोमबार साँझसम्मै पनि प्रहरीले अश्रु ग्यास हानी रह्यो । बेलुकी ७ः२० मा प्रहरीले नागरिकको घरको छतमा बसेकालाई समेत भित्र छिर्न भन्दै उर्दी गर्न थाल्यो । ——–अनलाइन खबरबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते

    दशैंको मुखमा भत्ता नपाइने चिन्ताले जेष्ठ नागरिकमा तनाव

    २०८२ आश्विन ९, बिहीबार ०६:३६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.