Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनि जेनजीको आन्दोलन रक्तपातपूर्ण बन्यो
    कनकाई नगरपालिका

    अनि जेनजीको आन्दोलन रक्तपातपूर्ण बन्यो

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र २३, सोमबार २३:०९ गते6 Mins Read
    default


    गौरव पोखरेल ,
    सामाजिक सञ्जालमा ‘नेपोबेबिज’ अभियान चलाएका जेनजी युवाले भ्रष्टाचारविरुद्ध ८ सेप्टेम्बरमा माइतीघरमा स्वतःस्फूर्त प्रदर्शन गरेका थिए।
    प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काएर भित्र प्रवेश गर्दा प्रहरीले अश्रु ग्यास र गोली प्रहार गरी कम्तीमा १७ जना घाइते भएका थिए।
    प्रहरीले अस्पताल परिसरमा समेत अश्रु ग्यास हानी स्वास्थ्यकर्मीको काममा असर पु¥याएको र साँझसम्म पनि दमन जारी रहेको छ।

    काठमाडौं ÷ सामाजिक सञ्जालमा ‘नेपोबेबिज’ अभियान चलाउँदै आएका जेनजी युवाले सोमबार (सेप्टेम्बर ८) मा प्रदर्शन गर्ने घोषणा कुनै लामो तयारी साथ गरेका होइनन् ।

    इन्डोनेसिया लगायतका देशमा चलेको अभियानपछि नेपाली युवाले समेत भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका बेला सरकारले सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरिदियो । त्यसमाथि शनिबार ललितपुरको हरिसिद्धीमा कोशीका प्रदेशमन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर नरोकी हिंडेको सीसी टीभी फुटेज बाहिरिएपछि उनीहरू थप आक्रोशित भए ।

    यस्तोमा जेनजीले रेडिट र डिस्कर्ड एपमार्फत स्वतःस्फूर्त प्रदर्शन मिति घोषणा गरेका थिए । त्यसपछि अनलाइनमै विभिन्न समूहहरू बनेका थिए । आफैं उठेको यो अभियानमा छोटो समयमै धेरैले ऐक्यबद्धता जनाउन थाले ।

    तर, यो अभियानको नेतृत्वमा भने शनिबार बेलुकीसम्म कोही देखिएका थिएनन् । आइतबार बेलुकी भएको छलफलमा सहभागी एक जेनजी युवाका अनुसार, स्वतःस्फूर्त रूपमा घोषणा भएको प्रदर्शन शान्तिपूर्ण होस्, नभड्कियोस् भन्ने हिसाबले केहीले जेनजी अभियन्ताले छलफल थालेका थिए ।
    त्यो छलफलमा पहिले विवकेशील नेपाली दलमा जोडिएका युवादेखि हामी नेपाली, हन्ड्रेड ग्रुप लगायतसँग जोडिएकाहरू समेत थिए । राप्रपा र कांग्रेसका विद्यार्थी संगठनमा जोडिएका कतिपय युवा पनि त्यसमा देखिएका थिए ।

    ‘प्रदर्शन शान्तिपूर्ण होस्, नभड्कियोस्, घूसपैठ नहोस् भन्ने हिसाबले जोडिएका थियौं’ एक जेनजी युवाले भने, ‘खासगरी व्यवस्थापनको पाटोमा काम गरेका थियौं ।’

    आइतबार अपराह्नको बैठकपछि छुट्टिएका उनीहरू सोमबार बिहान ९ बजे नै माइतीघरमा भेला भए । १० बजेसम्ममा कम्तिमा एक हजार बढी जेनजी भेला भइसकेका थिए । ‘युथ एग्नेस्ट करप्सन’ लेखिएको एउटा गाडीमा कोही माइकिङ गर्दै बसेका थिए भने छुट्टाछुट्टै समूहमा समेत नाराबाजी भइरहेको थियो ।

    बिहान साढे १० बजे माइतीघर मण्डलाबाट विभिन्न समूहमा रहेका युवा बानेश्वरतर्फ अघि बढेका थिए । ‘रातो र चन्द्र सूर्य, जंगी निशाना हाम्रो’ गीतसहित अघि बढेका जेनजीले लगत्तै ‘देश बेच्न पाइँदैन, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘लुट्न पुग्यो सरकार’ लगायतका नारा लगाएका थिए ।

    यो भिडमा कक्षा ८ पढ्ने विद्यार्थीदेखि कलेज पढ्ने विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । उनीहरूको निशानामा प्रधानमन्त्री केपी शर्मा ओली पनि परिरहेका थिए । खासगरी सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने निर्णयलाई फिर्ता लिन समेत उनीहरूले माग राखिरहेका थिए ।

    त्यहीबेला बिजुलीबजार पुल पुग्न लाग्दा पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर रहेको होर्डिङ बोर्ड देखियो । प्रदर्शनकारीले नाराबाजी गर्दै तस्वीरमा बोतल प्रहार गर्न थाले ।

    कतिपयले भिडलाई संयमित बनाउने कोसिस गरिरहे, त्यहीबीच एक युवाले पोलमा चढेर ओलीको तस्वीर च्याते । त्यसपछि फेरि भिड ‘रातो र चन्द्र सूर्य’ गीत गाउँदै अघि बढ्न थाल्यो ।

    बिजुली बजारबाट समेत नाराबाजी र गीत गाउँदै जेनजी युवा अगाडि बढे । अगाडि केही युवाले ‘जेनजीको आवाज ः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, भ्रष्टाचार र काण्डवादीलाई कारबाही’ लगायतका लेखिएका ब्यानर समेत बोकेका थिए । उनीहरूले बोकेको ब्यानर र प्लेकार्डमा तीन नेताको वरिपरि घुम्ने सरकारको नेतृत्व रोकिनुपर्ने समेत लेखेका थिए ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको तस्वीर राखेर उनीहरूले म्यूजिकल चेयर बन्द गर्नुपर्ने उल्लेख गरिएको प्लेकार्ड समेत देखाएका थिए ।

    ‘भ्रष्टाचारको सोह्र श्राद्ध गर्नुपर्छ’ भन्ने प्लेकार्ड बोकेकी कक्षा ७ मा पढ्ने विद्यार्थी अनिता लामाले जेनजीले नेताका छोराछोरीबारे सामाजिक सञ्जालमा पोष्ट हुन थालेपछि सञ्जाल बन्द गराइएको बताइन् ।

    ०००

    नाराबाजीसहित प्रदर्शन एभरेष्ट होटल नजिक पुग्न लागेपछि चाहिँ १०÷१२ जनाको संख्यामा रहेका प्रहरीले रोक्ने प्रयास गरे । त्यसअघि केहीबेर प्रहरीले पानीको फोहोरा हान्यो । केहीबेर तितरबितर भएको भिड एकैछिनमा अगाडि आइहाल्यो ।

    भ्रष्टाचारी मुर्दावाद भन्दै नारा लागिरहेका बेला त्यहाँ खटिएका एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) ले सम्झाउँदै त्यहीँ रोकिन आग्रह गरे । तर, भिडको सामू उनको आवाज कमजोर सुनियो । सबै एकसाथ अघि बढ्न थालेपछि प्रहरी अधिकारीहरू पछि हटे ।

    यहाँनेर प्रहरी तयारी पनि फितलो देखियो । कतिसम्म भने सुरुमा त्यहाँ ब्यारिकेड समेत थिएन ।

    जेनजी प्रदर्शनमा सहभागी युवा युजनराज भण्डारीका अनुसार, पहिले निषेधित क्षेत्र तोकिएको यो स्थानमा ब्यारिकेड राख्ने गरिन्थ्यो । ‘आज भिडलाई उत्तेजित बनाएर दमन गर्ने नीति रहेछ,’ उनले अनलाइनखबरसँग भने ।

    पहिले माइतीघरबाट आउने प्रदर्शनकारी त्यहीँ रोकिने गरेका थिए । तर, सोमबार दिउँसो ११ः५५ मा जेनजी प्रदर्शनकारी त्यहाँबाट कटेर गएपछि आकाशे पुल तर्फ चढे । पुलमा चढेर उनीहरूले ‘टाइम इज नाउ, वेक अप नेपाल’ लेखेको ब्यानर टाँगे ।

    विगतका प्रदर्शनमा यो स्थानमा यस्तो दृश्य देखिएको थिएन । नयाँ बानेश्वर चोकमा पुगेपछि उनीहरूले ट्राफिक आईल्याण्डमा समेत पोस्टर टाँगे । मध्यान्ह १२ः०५ बजेसम्म परिस्थिति नियन्त्रणमै थियो ।

    त्यहीबेला युवाको समूह संसद् भवनतिर अघि बढिरहेको थियो ।

    संसद् भवनको मुख्य गेटमा पुगेका युवाले गेटमा रहेको सुरक्षाकर्मी बस्ने भवनको माथि चढेर नेपालको झण्डा फहराए । दिउँसो १२ः०८ मा युवाको एउटा समूह छतमा बजेर नारा लगाउन थाल्यो ।

    अगाडि नाराबाजी पनि चलिरह्यो । बानेश्वरमा जेनजी युवाले ‘वी वान्ट जस्टिस’ भन्दै नारा लगाइरहँदा आकाशमा अश्रु ग्यास प्रहार हुन थाल्यो । लगत्तै आक्रोशित बनेको समूहका केही सदस्यले संसद् भवनको एकातिरको पर्खाल भत्काउन थाल्यो ।

    सुरुमा केही युवाहरू संसद् भवनको पर्खाल छेऊ प्रहरी बस्ने सेन्ट्रीतिर लागे । उनीहरू माथि चढेर नारा लगाउन थाल्दा १२ः४७ भइसकेको थियो । प्रहरीले अश्रु ग्यास हान्न भने छाडेन । केहीबेरमा प्रहरीले गोली चलाउन थाल्यो ।

    आक्रोशित भिडले संसद् भवनको पर्खाल भत्काउन थाल्यो । दिउँसो १ः२८ मा प्रदर्शनकारीले नयाँ बानेश्वरबाट पानी ट्यांकी जाने बाटोतर्फ रहेको पर्खालको मुनितिर भ्वाङ पारिदिए ।

    सुरुमा पर्खालमाथि राखिएको फलाम भत्काएका युवाले पछि मुन्तिर पर्खालमा ढुंगा र इँटाले प्वाल पारका थिए । पछि त्यहीँबाट उनीहरू संसद् भवनभित्र समेत छिरे ।

    दिउँसो १ः३० सम्ममा प्रहरीको गोली लागेर एक युवा गम्भीर घाइते भइसकेका थिए । संसद् भवनभित्रबाट अन्धाधुन्ध चलाएको गोली लाग्दा प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । त्यसबेला सडकमा रगक्ताम्ये दृश्यहरू देखिन थालिसकेका थिए ।

    दिउँसो १ः५५ मा प्रहरीको गोली लागेर संसद् भवनको मुख्य गेटको विपरीत सडकमा ढलेका एक युवालाई लैजान एम्बुलेन्स समेत आएन । जेनजी युवाले बोकेरै नजिकै रहेको सिभिल अस्पताल लैजाने प्रयास गर्न थाले । त्यहीबीचमा एउटा मोटरसाइकल आयो र त्यसमा च्यापेर लगे ।

    सोमबार गोली लागेर घाइते भएका १७ जनामध्ये अधिकांशलाई यही क्षेत्रमा गोली लागेको थियो । २ बजे अर्का घाइतेलाई स्ट्रेचरमा राखेर अस्पताल पु¥याइएको थियो । त्यसबेलासम्म प्रहरीले अश्रुग्यास र रबर बुलेट मात्र हानेको बताए पनि त्यहाँ गोलीका सेलहरू फेला परेका थिए ।

    प्रहरीको गोली लागेर घाइते हुने क्रम बढेपछि आक्रोश थप चुलिया । त्यसपछि २ः०५ बजे युवा फेरि संसद्को गेटतिर अघि बढे । २ः२० मा स्कुल र कलेजको ड्रेसमा भएका युवाले संसद्को गेट अगाडि हात उठाउँदै गएर प्रहरीलाई संयमित भइदिन आग्रह गरे ।

    तर, त्यहीबेला समेत भित्रबाट गोली चल्यो । परिस्थिति झन् तनावग्रस्त बन्न थाल्यो । प्रहरीले संसद् भवनबाट हानेको अश्रु ग्यास जेनजी युवाले समात्दै प्रहरी भएतिरै समेत फ्याँकिदिए । त्यही बेला एउटा एम्बुलेसबाट संसद् भवनभित्रका कर्मचारी बाहिर निस्किएको भन्दै हल्ला भएपछि प्रदर्शनकारीले नजिकै रहेको सशस्त्र प्रहरीको एम्बुलेन्सलाई समेत तारो बनाए ।

    प्रहरीले गोली हान्न भने छाडेन । कतिसम्म भने बानेश्वरस्थित सिभिल अस्पताल परिसरमै समेत अश्रु ग्यास हान्यो । यो अस्पतालमा सोमबारको आन्दोलनका अधिकांश घाइते भर्ना गरिएका थिए । प्रहरीले अस्पताल परिसरमै अश्रु ग्यास र लाठी चार्ज गर्दा स्वास्थ्यकर्मीलाई समेत काम, कारबाहीमा असर पुगेको थियो ।

    सोमबार साँझसम्मै पनि प्रहरीले अश्रु ग्यास हानी रह्यो । बेलुकी ७ः२० मा प्रहरीले नागरिकको घरको छतमा बसेकालाई समेत भित्र छिर्न भन्दै उर्दी गर्न थाल्यो । ——–अनलाइन खबरबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.