Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कृषि बजारका व्यवसायी गम्भीर संकटमा
    कनकाई नगरपालिका

    कनकाई कृषि बजारका व्यवसायी गम्भीर संकटमा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ भाद्र २०, शुक्रबार ०७:३६ गते4 Mins Read

    सुरुङ्गाको मुख्य बजार क्षेत्रमा नयाँ व्यवसायी छ्यापछ्याप्ती

    कनकाई खबर \ कनकाई नगर क्षेत्रकै मुख्य बजारका रुपमा हेरिदै आएको सुरुङ्गा बजारस्थित कनकाई कृषि बजार पछिल्लो समय गम्भीर व्यापारिक संकटमा परेको छ ।

    व्यवस्थापनको कमजोरी, अनियमित अनुगमन र असमान व्यवहारका कारण कनकाई कृषि बजारमा रहेका पुराना व्यवसायीहरू गम्भीर संकटमा परेका छन् भने नियम उल्लङघन गर्ने नयाँ व्यवसायीहरू खुलेर व्यापार गरिरहेका छन् ।

    आज भन्दा ठीक दुई वर्षअघि दशैंको मुखमा सुरुङ्गाको मुख्य बजार क्षेत्रमा सब्जी तथा रेडिमेट कपडा व्यवसाय गर्दै आएका करिब एक सय व्यवसायीलाई कनकाई नगरपालिकाले बजार क्षेत्रबाट हटाएर उत्तरतर्फको वन क्षेत्रको खाली जमिनमा टहरा निर्माण गरी सारेको थियो । लामो समयदेखी बजारभित्रै सब्जी तथा रेडिमेट कपडा व्यवसाय संचालन हुँदै आएको मुख्य बजार क्षेत्रमा भने कनकाई नगरपालिकाले बहुप्रयोजनाका लागि आवश्यक पर्ने व्यवसायिक कम्प्लेक्स निर्माण गर्ने योजना बनाएको भएपनि हालसम्म त्यत्तिक्कै प्रयोग बिहिन अवस्थामा रहेको पाइन्छ ।

    नगरपालिकाको नियम पालना गर्दै सरेका व्यवसायीहरू भने अहिले ग्राहकको अभावका कारण व्यापारमा भारी गिरावट भोगिरहेको बताउँछन् । यो समयमा दैनिक ३० देखी ४० हजार सम्मको सब्जी व्यपार गर्दै आएका ठूला व्यवसायीहरुले अहिले मुस्किलले पाँचहजार रुपैंयाँको व्यपारमा चित्त बुझाउनु परेको व्यवसायी बताउँछन् । त्यस्तै दैनिक ५÷६ हजार सम्मको व्यपार गर्दै आएका व्यवसायीले अहिले मुस्किलले १ हजारको व्यपार हुने गरेको बताउँछन् । सोही बजारमा रेडीमेट कपडा व्यपार गर्दै आएका व्यवसायीहरुको अवस्था त्यो भन्दा झन कमजोर भएको ती व्यवसायी बताउँछन् ।

    स्थानीय सब्जी व्यवसायी चन्दन शाह भन्छन्, “हामीलाई व्यवसाय चल्ने बजार क्षेत्रबाट हटाएर वन क्षेत्रमा सब्जी बजार भनेर राखियो तर सब्जीका लागि बजार आएका ग्राहकहरु मुख्य बजार क्षेत्रमै भारी पुर्याएर घर फर्किन्छन् ,जसका कारण सब्जी व्यवसायमै आत्मनिर्भर बनेका हामी व्यवसायी यतिबेला संकटमा छौं ।”
    सब्जी व्यवसायी सीता पौडेल, धनकुमारी आचार्य खनाल लगायतको व्यथा उस्तै छ, “हामीले नियम मान्यौं, तर नियम नमान्नेहरू बजारमै खुलेर व्यापार गरिरहेका छन्। यसले हाम्रो व्यापार धराशायी बनाउँदैछ, यस्तो अवस्थामा हाम्रो पिडा कसले बुझिदिने हो । ”

    नगरपालिकाको निर्देशन मान्दै कृषि बजारमा सरेका पुराना व्यवसायीहरू अझै संघर्ष गरिरहेका बेला बजार क्षेत्रमै केही पुराना साथै धेरै नयाँ व्यवसायीहरू खुलेर व्यापार गर्न थालेका छन् । मुख्य बजार क्षेत्रको फुटपाथमै पुनः सब्जी र कपडा पसलहरू फैलिन थालेका छन्, जसले गर्दा कृषि बजारका व्यवसायीहरूको व्यापारमा प्रत्यक्ष असर परेको छ भने बजारमा असमान प्रतिस्पर्धा सिर्जना भएको व्यवसायीको गुनासो छ ।

    सुरुङ्गा बजार व्यवस्थापन समिति साथै कनकाई सब्जी बजार समिति सहित कनकाई नगरपालिकाप्रति व्यवसायीहरूले आक्रोस पोखेका छन् । बजारमा समान नियम लागू नहुनु, प्रभावकारी अनुगमन नहुनु र व्यवसायको प्रकृति अनुसारको उचित व्यवस्थापनको अभाव नै सुरुङ्गा बजारको मुख्य समस्या बनेको ब्यवसायी बताउँछन् । व्यवसायीहरूले पटक–पटक गुनासो गर्दा पनि नगरपालिकाको जिम्मेवार पक्ष गम्भिर नबनेका कारण सुरुङ्गा बजार क्षेत्रमा दिनप्रतिदिन समस्या चुलिँदै गएको व्यवसायीहरु बताउँछन् ।

    बजार व्यवस्थापनमा समानता कायम हुनु पर्ने भन्दै व्यवसायीहरुले अनियमित व्यापारमा नियन्त्रण गरिनुका साथै पुराना व्यवसायीको संरक्षणका लागि दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयमा ल्याउन व्यवसायीहरुले सम्बन्धित निकायसँग अपिल गरेका छन् । कनकाई सब्जी बजारमा देखिएको व्यवस्थापनको कमजोरीले नियम पालना गर्ने व्यवसायीहरू संकटमा पर्ने भएकाले तत्काल सुधारात्मक कदम चालिएन भने स्थानीय व्यापारिक संरचना नै संकटमा पर्न सक्ने भएकाले नगरपालिकाले व्यवसायीको आवाज सुनेर न्यायपूर्ण र दीर्घकालीन समाधान ल्याउनुपर्ने आवश्यकता रहेको देखिन्छ ।

    कनकाई कृषि बजारका विषयमा स्थानीय वडा कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँले पछिल्लो समय कृषि बजारका व्यवसायीहरुमा समस्या आएको विषयलाई स्थानीय सरकारले नजिकैबाट मुल्याङकन गरिरहेको बताए । यस प्रकृतिका सबै व्यवसायीहरुलाई एउटै छानामुनी राख्न नगरपालिकाले पहल गरेको भएपनि व्यवसायीहरुमा एकता नभएका कारण यो समस्या जटिल बन्दै गएको वडाअध्यक्ष चम्लागाईँले प्रष्ट पारे ।

    लामो समयदेखी एकै ठाउँमा बसेर व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु मध्ये धेरैले कृषि बजारमा पनि व्यवसाय राखेका छन् भने त्यही व्यवसायीले मुख्य बजार क्षेत्रमा समेत व्यापार राखेर बस्ने गरेका कारण व्यवसायी बीचमै समस्या आएको वडाअध्यक्ष चम्लागाईँको बुझाई छ । व्यवसायीहरुले आफ्नो हकहितका लागि सधैं एकजुट हुनैपर्ने तर्फ जोड दिँदै वडाअध्यक्ष चम्लागाईँले आम व्यवसायीकालागि स्थानीय सरकार सधैं सकारात्मक रहेको बताए । नयाँ व्यवसायीलाई व्यवस्थित गर्न यस अघि पनि पहल गरेको साथै पछिल्लो समय फेरी बजार केही अव्यवस्थित देखिन थालेसँगै स्थानीय सरकार, बजार समिति सहित सरोकारवालाको यस तर्फ ध्यान केन्द्रित भइसकेको वडाअध्यक्ष चम्लागाईँले कनकाई खबरलाई जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.