Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई प्रतिभा प्रतिष्ठानले गर्यो अग्रज साहित्यकार पोखरेलको कृति लोकार्पणसँगै सम्मान
    कनकाई नगरपालिका

    कनकाई प्रतिभा प्रतिष्ठानले गर्यो अग्रज साहित्यकार पोखरेलको कृति लोकार्पणसँगै सम्मान

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र १९, बिहीबार २०:२६ गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा एक भव्य समारोहका बीच कनकाई प्रतिभा प्रतिष्ठानले अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलको आठौं कृति लोकार्पण गर्नुका साथै पोखरेललाई सम्मान गरेको छ ।

    “स्तुत्यनुवाद पञ्चदशी भक्तिकाव्य” को प्रकाशक समेत रहेको कनकाई प्रतिभा प्रतिष्ठानले मोतीजयन्तीको १६० औं अवसर पारेर शनिवार कनकाई ३ सुरुङ्गास्थित होटल डिलाइटको सभाहलमा एक भव्य समारोहका बीच कृति लोकार्पणसँगै अग्रज साहित्यकार एवं कृतिकार पोखरेललाई सम्मान गरेको हो ।

    सम्मानित व्यक्तित्व पोखरेललाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , विशिष्ट अतिथीहरु व्यासाचार्य किशोरकुमार गौतम , आचार्य पण्डित छन्दुराम भण्डारी , पत्रकार चन्द्र भण्डारी , कार्यक्रमका अध्यक्ष जीवनाथ सुवेदी लगायतले सम्मान पत्र, दोसल्ला साथै खादामालाबाट सम्मान गरेका थिए ।

    सम्मानित व्यक्तित्व पोखरेललाई प्रदान गरिएको सम्मान पत्रमा छन्दबद्ध श्लोकबाट पोखरेलको परिचय साथै कर्म प्रस्तुत गरिएको थियोे । सम्मानपत्रमा उल्लेखित छन्दोवद्ध श्लोक प्रतिष्ठानका सदस्य निर्मलकुमार खतिवडाले वाचन गरेका थिए । प्रतिष्ठानका सह–सचिव विष्णुकुमार कोईरालाले कार्यक्रममा पोखरेलको विस्तृत रुपमा परिचय गराएका थिए ।

    पोखरेलको सम्मानसँगै कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख पोखरेल सहित विशिष्ट व्यक्तित्वहरुबाट संयुक्तरूपमा पोखरेलको आठांै कृति “स्तुत्यनुवाद पञ्चदशी भक्तिकाव्य” लोकार्पण भएको बताइएको छ ।

    कृतिकार पोखरेलका यस अघि “मेरो सुर्य” शोक कविता संग्रह , “हाउडी पुराण” हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह , “अन्तव्र्यथा ः आजको” कथासंग्रह , “मेरो अमेरिका यात्रा” यात्रा निबन्धसंग्रह, “धर्मा” शोकमहाकाव्य, “सजिलो कोमल गीता” श्रीमद्भागवत गीताको श्लोकानुवाद , “म फर्केर आएँ” हास्यव्यङ्ग्य कविता संग्रह गरी सातओटा कृति प्रकाशन भई सकेका छन भने “स्तुत्यनुवाद पञ्चदशी भक्तिकाव्य” पोखरेलको आठौं कृतिको रुपमा प्रकाशन भएको हो । समालोचक एवं अग्रज साहित्यकार पोखरेलका थप केहि प्रकाशोन्मुख कृतिहरु समेत रहेका छन ।

    पोखरेलको कृति “स्तुत्यनुवाद पञ्चदशी भक्तिकाव्य” को सविस्तार समिक्षा समिक्षक साङ्गवेद संस्कृत विद्यालयका सहायक प्रधानाध्यापक पण्डित सोमनाथ गौतमले गरेका थिए । कृति चुनौतिपुर्ण र जीवनभरको प्राज्ञिकता खनिएको समिक्षक गौतमले वताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख पोखरेलले सम्मानित व्यक्तित्व नगरकै अभिभावक भएको बताउँदै थप सक्रिय एवं सुस्वास्थ्य र दिर्घायुको कामना गरे । पोखरेलले कनकाई प्रतिभा प्रतिष्ठानले गर्दै आएका कार्यहरुको प्रशंसा गर्दै यस किसिमका कार्यक्रमहरुमा नगर सदैव साथमा रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

    प्रतिष्ठानका अध्यक्ष शिक्षासेवी एवं साहित्यकार जीवनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथीहरु व्यासाचार्य किशोर कुमार गौतम , प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारी, पण्डित छन्दुराम भण्डारी , प्राज्ञ सुमित्रा वाङ्देल चेली , पत्रकार चन्द्र भण्डारी , रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली लगायतले कनकाई प्रतिभा प्रतिष्ठानले राष्ट्रिय स्तरको कार्यक्रम भव्य रुपमा सम्पन्न गरेर अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलको कृति प्रकाशन ,विमोचन गर्नुका साथै साहित्यकार पोखरेललाई सम्मान समेत गरेकोमा प्रतिष्ठानप्रति आभार प्रकट गरे ।

    ईलाम सहित झापाका विभिन्न क्षेत्रबाट सयौंको संख्यामा साहित्यअनुरागीहरुको सहभागिता रहेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत प्रतिष्ठानका सचिव प्रेम प्रभात न्यौपानले र कार्यक्रम संचालन प्रतिष्ठानका उपाध्यक्ष डाक्टर पुण्यप्रसाद पौडेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.