Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कञ्चनजंघा बहुउद्येश्यीय सहकारी कनकाई सेवा केन्द्रको इकाईगत साधारण सभा सम्पन्न
    कनकाई नगरपालिका

    कञ्चनजंघा बहुउद्येश्यीय सहकारी कनकाई सेवा केन्द्रको इकाईगत साधारण सभा सम्पन्न

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ भाद्र १८, बुधबार १५:५२ गते3 Mins Read

    कनकाई खबर \ झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुउद्येश्यीय सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा अन्तर्गत कनकाई सेवा केन्द्रको ईकाइगत साधारण सभा सम्पन्न गरेको छ ।

    कनकाई सेवा कार्यालयका संयोजक जनक कार्कीको अध्यक्षता एवं स्थानीय सरकारका प्रतिनिधि, कनकाई वडा नं.३ का वडासदस्य गोविन्द सुवेदीको प्रमुख आतिथ्य रहेको ईकाइगत साधारण सभामा संस्थाका अध्यक्ष भरतकुमार चम्लागाईँले सञ्चालक समितिको तर्फबाट प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विभिन्न चुनौतिका बीच पनि सदस्य केन्द्रित विभिन्न गतिविधि संचालन गर्दै आएको बताए।

    वि.सं. २०५६ को फागुन महिनाबाट समूहगत रुपमा सुरुवात भएको संस्थाले २०५७ जेष्ठ २९ गते विधिवत रुपमा ५१ जना सदस्यहरुको २ लाख ५५ हजार शेयर पुँजीबाट सहकारी संस्था संचालनमा आएको बताइएको छ । संस्थामा हाल ३ हजार ५ सय ९६ जना शेयर सदस्य साथै ६ करोड ४१ लाख ७९ हजार ५ सय शेयरपँुजी रहेको अध्यक्ष चम्लागाईँले जानकारी दिए । झापाको दमकबाट आफ्नो सेवा सुरुवात गरेको यस सहकारी संस्थाले हालसम्म आइपुग्दा झापा र मोरङ्गमा गरी ६ वटा शाखा विस्तार गरिसेकेको बताइएको छ ।

    साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक प्रेमप्रसाद दंगालले लेखा समितिको प्रस्तावित प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै संयोजक दंगालले संस्थामा हाल ५६ करोड ६२ लाख ३५ निक्षेप रकम रहेको साथै ६१ करोड ५१ लाख ६ हजार ४७१ कर्जा लगानी रहेको जानकारी दिए । साधारण सभामा संस्थाले आ.व. २०८२ \ ०८३ का नयाँ कार्यक्रमहरुको बारेमा शेयर सदस्यहरुलाई जानकारी गराएको थियो ।

    ईकाइगत साधारण सभाका प्रमुख अतिथी कनकाई वडा नं.३ का वडासदस्य गोविन्द सुवेदीले सहकारी संस्थाको प्रारम्भिक अवस्था र यसको इतिहासका बारेमा सभामा जानकारी गराएका थिए । बेलायतका एक समाजसेवीबाट १८४१मा सुरु गरिएको सहकारी अभियान अहिले विश्वका धेरै मुलुकहरुमा सञ्चालनमा आएको प्रमुख अतिथी सुवेदीले सभामा जानकारी गराए । नेपालमा २०१३ सालदेखि भित्रिएको सहकारीले क्रमिक रुपमा रोजगारीको विकाससँगै मानिसको जीवन स्तर उकास्न ठूलो भूमिका खेलेको सुवेदीको भनाइ थियो ।

    अर्थतन्त्रको एउटा ठूलो हिस्सा ओगटेको सहकारीले देशको अर्थतन्त्रमा टेवा पुरयाईरहेको भएपनि कतिपय सहकारी संस्थाहरु आफ्नो नीति, सिद्धान्त अनुरुप चल्न नसक्दा ठूलो समस्यामा पर्ने गरेको सुवेदीको ठहर छ ।

    सेवाकेन्द्र संचालक सदस्य अम्बिका चापागाईँले स्वागत गरेको ईकाइगत साधारण सभाले भदौ २९ गते संस्थाको मुख्य कार्यालय दमकमा हुने माइन्युट प्रमाणिकरण सभामा कनकाई सेवा केन्द्रबाट सहभागिता जनाउँने सदस्यहरुको समेत टुङ्गो लगाएको बताइएको छ । सेवा केन्द्रबाट छनौटमा परेका सदस्यहरुमा सुजता खरेल, अन्जली उप्रेती, तारा सुवेदी, संगीता उप्रेती र सोमनाथ पोखरेल रहेको सेवा केन्द्र कनकाईका प्रमुख राजकुमार अर्यालले जानकारी दिए ।

    त्यस्तै सेवा केन्द्र अन्तर्गत उत्कृष्ट वचत कर्ता, उत्कृष्ट ऋणी लगायत विभिन्न शिर्षकमा सदस्यहरुलाई सम्मान समेत गर्ने निर्णय भएको जनाइएको छ । माइन्युट प्रमाणिकरण विशेष कार्यक्रमका अवसरमा सम्मानित हुने सदस्यहरुमा रत्नप्रसाद आचार्य, रमेशप्रसाद मैनाली, सुमित्रा चौहान र दशाराम राई रहेको सेवा केन्द्र प्रमुख अर्यालले बताए । चार वर्ष अघि कनकाईको सुरुङ्गामा सेवा केन्द्र स्थापना गरी संचालनमा आएको यस संस्थाको कनकाई सेवा केन्द्र अन्तर्गत हाल ३१० जना सदस्य रहेको बताइएको छ ।

    संस्थाका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार संयोजक मणिकुमार भण्डारीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन कर्जा विभाग प्रमुख मोहनमणि गौतमले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.