Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा साकोसद्वारा दिवंगत सदस्यको परिवारलाई आर्थिक सहयोग, छोरीको भावुक अभिव्यक्ति
    कनकाई नगरपालिका

    सहारा साकोसद्वारा दिवंगत सदस्यको परिवारलाई आर्थिक सहयोग, छोरीको भावुक अभिव्यक्ति

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र १७, मंगलवार ०७:४३ गते2 Mins Read

    कनकाई खबर \ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र सुरुङ्गाले ऋणी सदस्य लगनबत्ती चौधरीको असामयिक निधनपछि कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत परिवारलाई आर्थिक सहयोग गरेको छ ।

    कनकाई –४ निवासी चौधरीको निधनपछि सहकारीबाट लिएको ऋण तिर्न समस्या भइरहेको अवस्थामा संस्थाको तर्फबाट उनले लिएको ऋण मिनाहा गर्दै रु. ५ लाख र काजकिरिया बापतको आर्थिक सहयोग रु. २५ हजार गरी जम्मा रु.५ लाख २५ हजार छोरी छत्रिका चौधरीलाई सोमबार एक संक्षिप्त कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
    सेवा केन्द्र सञ्चालन उपसमिति संयोजक निर्मल दाहालको अध्यक्षतामा सम्पन्न संक्षिप्त कार्यक्रममा सदस्य राम भुजेल, चन्द्रा सिटौला, सेवा केन्द्र प्रमुख टिकाबहादुर प्रधान लगायतको उपस्थिति थियो । सेवा केन्द्रका कर्मचारी रेवत ओझाले सञ्चालन गरेको औपचारिक कार्यक्रममा संयोजक दाहालले सहकारी संस्थाले सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै ल्याएको कर्जा सुरक्षण कार्यक्रमबारे जानकारी गराउँदै चेक हस्तान्तरण गरेका थिए ।

    चेक हस्तान्तरणको क्रममा लगनबत्ती चौधरीकी छोरी छत्रिका चौधरी भावुक हुँदै आमाको उपचारका लागि लिएको ऋण तिर्न नसक्ने अवस्था आएको बताउँदै संस्थाले दिएको सहयोगप्रति आभार व्यक्त गरिन् । उनले भनिन्, “आमाको उपचारमा धेरै खर्च भयो, ऋण तिर्ने अवस्था थिएन । आज संस्थाले जुन सहयोग ग¥यो, त्यसले हाम्रो पीडामा केही राहत दिएको छ।”

    स्थानीय समुदायमा सहारा साकोसको यो कदमको प्रशंसा भइरहेको छ । संस्थाले विगतदेखि नै सदस्यहरूको सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै आएको छ । कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत सदस्यको मृत्यु भएमा बाँकी ऋण मिनाहा गरिने र परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने व्यवस्था रहेको सुरुङ्गा सेवा केन्द्रका प्रमुख टिकाबहादुर प्रधानले जानकारी दिए ।

    यस किसिमको कार्यले सहकारी संस्थाहरूले आपतकालीन अवस्थामा सदस्य परिवारको साथ कसरी दिन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.