Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पर्यटकीय क्षेत्र दोमुखाको निर्वाचनः मतदाताको उत्साहजनक सहभागिता
    विशेष

    पर्यटकीय क्षेत्र दोमुखाको निर्वाचनः मतदाताको उत्साहजनक सहभागिता

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ भाद्र १४, शनिबार १५:२४ गते2 Mins Read

    कनकाई खबर \ पुर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा आज भइरहेको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको पाइन्छ ।

    अहिले दिउँसो ३ बजे सम्ममा ८ सय ५० मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज शनिवार भइरहेको निर्वाचनले स्थानीय स्तरमा संसदीय निर्वाचनको झल्को दिएको महसुश गरिएको छ ।

    संस्थामा मतदाताको रुपमा आजीवन सदस्य १ हजार २८० र ५५ साधारण सदस्य गरी १ हजार ३३५ मतदाता रहेको निर्वाचन आयुक्त लीलाप्रसाद भट्टराईले जानकारी दिए । मतदानको निर्धारित समय आज बिहान ७ बजेको समयमा वर्षातको समेत पर्वाह नगरी मतदाताको उत्साहजनक सहभागीता रहेको स्थानीय अरुण नेपालले कनकाई खबरलाई जानकारी दिए ।

    धार्मिक तथा पर्यटकीय क्षेत्रको नेतृत्व चयनका लागि हुने यो निर्वाचन भने निकै रोचक हुने भएको छ । निर्वाचनमा दुईवटा मुख्य राजनीतिक दल एमाले र काँग्रेसले अलग अलग प्यानल बनाएर निर्वाचनमा होमिएका छन् भने दललाई काउन्टर दिन स्वतन्त्र तर्फका उम्मेद्वार समेत चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

    निर्वाचनमा मनबहादुर मगर (मणि) , मोहनबहादुर कार्की र किरण ओलीले नेतृत्व गरेको प्यानल बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
    अध्यक्षका उम्मेद्वार मगरले प्रगतिशील प्यानलको नेतृत्व गरेका छन् भने कार्कीले लोकतान्त्रिक प्यानलको, त्यस्तै ओलीले स्वतन्त्र प्यानल खडा गरी निर्वाचनमा होमिएका छन् । राजनीतिक दलहरु अग्रभागमा नदेखिए तापनि उम्मेद्वारहरु दलकै समर्थनमा उठेको बताइएको छ ।


    संस्थामा अध्यक्ष १, प्रथम उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १, सचिव १, सह सचिव १, कोषाध्यक्ष १, महिला आरक्षण सदस्य ४ र खुल्ला सदस्य ५ रहने व्यवस्था रहेको छ ।

    निर्वाचन आयुक्तका रुपमा लीलाप्रसाद भट्टराई, सचिवमा नरबहादुर थपलिया र सदस्य संगीता कोइराला सुवेदी रहेका छन् । मतदान स्थलमा सुरक्षा व्यवस्था मजवुत बनाइएको निर्वाचन समितिले जनाएको छ । साँझ ५ बजे सम्मलाई मतदानको समय तोकिएको साथै आवश्यक तयारी पूरा गरेर बेलुका ८ बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिका सचिव नरबहादुर थपलियाले कनकाई खबरलाई जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.