Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा आज मनासादेवीको पूजाअर्चना सहित भव्य सांस्कृति कार्यक्रम हुने
    Uncategorized

    सुरुङ्गामा आज मनासादेवीको पूजाअर्चना सहित भव्य सांस्कृति कार्यक्रम हुने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ भाद्र १२, बिहीबार ०९:४६ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रको सामाजिक गतिविधिमा क्रियाशिल बंगाली समाज सेवा समितिले अघिल्ला वर्षहरु झैं यस वर्षपनि मनसादेवीको पूजाअर्चना सहित विविध साँस्कृतिक कार्यक्रम संचालन गर्ने भएको छ ।

    कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै समितिले भदौ महिनाको चतुर्थी, पञ्चमी र षष्ठी तिथिमा मनाइने यो पर्वलाई बंगाली समुदायले विशेष महत्वको पर्वका रुपमा लिने गरेको बंगाली समाज सेवा समिति कनकाईका अध्यक्ष पंकज मण्डल बताउँछन् ।

    सोही अवसरमा कलश यात्रा सहित सुरुङ्गा बजार परिक्रमा गरी कनकाई माई नदीमा पुगेर ल्याएको शुद्ध जल कनकाई ३ सुरुङ्गास्थित कालिस्थान टोलमा तयार गरिएको मनसादेवीको मन्दिरमा अर्पण गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष मण्डलले जानकारी दिए ।

    कार्यक्रममा मनसा देवीको पुजा आरधनासँगै कालिस्थान टोलमा हुने धार्मिक अनुष्ठान सहितको माँ मनसा देवीको पूजा अर्चनामा अन्य जिल्लाबाट समेत बंगाली समाज र अन्य समुदायका भक्तजनहरुको ठुलो सङख्यामा सहभागीता हुने विश्वास गरिएको छ । पूजामा जप ,धार्मिक गतिविधि, साँस्कृतिक कार्यक्रम सहित धार्मिक झाँकी, रात्रीकालिन भजन र विविध शिव ताण्डप नृत्य लगायतका साँस्कृतिक प्रस्तुती तयार गरेको पुजा समितिका संयोजक अमित मण्डलले जानकारी दिए ।

    यस क्षेत्रमा विगत लामो समयदेखी बसोबास गर्दै आएका बंगाली समाजले आफ्नो संस्कार साथै संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले अन्य समुदायलाई समेत प्रेरणा जगाएको बंगाली समुदायका अग्रज एवं समितिका सल्लाहकार पवनकुमार मण्डल बताउँछन् । बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथिलाई विशेष पर्वका रुपमा मनाउँछन् । यो समुदायको परम्परा अनुसार चतुर्थी तिथिदेखि षष्ठी तिथिसम्म तीन दिनलाई विशेष पूजाअर्चनाका साथ मनाउँदै आएका छन् । माता मनसा देवीको विशेष पूजाअर्चना गरी यो पर्व मनाउने गरिएको संस्थाका उपाध्यक्ष विगम मण्डलको बुझाई छ ।

    मनसा देवीको पूजाअर्चनाबाट दुःख, कष्ट सबै नाश भएर जाने र मानिसका सबै मनोकामना पूर्ण हुने विश्वास गरिएको छ । भदौ महिनाको पहिलो पञ्चमीका दिन हुने मनसा देवीको यो विशेष पूजाअर्चनाकालागि एक दिन अघि चतुर्थीका दिनदेखि नै व्रत बस्ने चलन रहेको बताइएको छ ।
    यो पर्वमा बंगाली समुदायका महिला मात्र होइन पुरुषहरूले समेत व्रत बस्ने र मनसा देवीको विशेष पूजाअर्चना गरी रातभर जाग्राम बस्ने चलन रहेको बंगाली समुदायका अगुवाहरु बताउँछन् । दिनभर ब्रत बसेका ब्रतालुहरूले चामलको पिठोबाट घिउमा पकाइएको विशेष परिकार (घाटरा पिठा) साथै फलफूलहरू प्रसादको रुपमा खाने चलन रहेको बताइएको छ ।

    षष्ठिका दिन बिहान बलीपूजा गरेर चेलीबेटी, भान्जाभान्जी, आफन्त, साथीभाइलाई बोलाएर प्रसाद खुवाउने परम्परा रहेको सेवा समिति कनकाईका सचिव रविन मण्डलको भनाई छ । सोहीदिन बेलुका मनसा देवीको मूर्ति नदीमा लगेर विसर्जन गरेपछि यो पर्व समाप्त हुने आयोजक समितिका सचिव मण्डलले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.