Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा बढ्यो निर्वाचनको चहल पहल
    विशेष

    धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा बढ्यो निर्वाचनको चहल पहल

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र १०, मंगलवार २२:३५ गते2 Mins Read


    कनकाई खबर \ पुर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा यतिबेला निर्वाचनको चहलपहल बढेको छ ।

    कनकाई नदीको पश्चिमी तट शिवसताक्षीको वडा नं. १० अन्तर्गत रहेको यस रमणीय स्थल दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रमा यहि भदौ १४ गते निर्वाचन हुने भएको छ । यसको व्यवस्थापकीय नेतृत्वका लागि गठित दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको नयाँ कार्यसमितिकालागि निर्वाचन हुँने भएको हो ।

    धार्मिक तथा पर्यटकीय क्षेत्रको नेतृत्व चयनका लागि हुने यो निर्वाचन भने निकै रोचक हुने भएको छ । अधिकांश उम्मेद्वारहरु राजनीतिक दलको समर्थन लिएर प्रतिष्पर्धामा उत्रिएका छन् ।

    निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि तीन उम्मेद्वार मैदानमा उत्रिएका छन् । प्रारम्भमा चार उम्मेदवार रहेको भए पनि यस अघि लामो सयमदेखी संस्थाको नेतृत्व गरिसकेका धनप्रसाद लावतीले उम्मेद्वारी फिर्ता लिएपछि अब किरण ओली, मनबहादुर मगर (मणि) र मोहनबहादुर कार्कीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

    ओली होटल व्यवसायी हुन् भने मगर किसान महासंघमा लामो समय काम गरेका व्यक्ति हुन् । कार्की कुखुरा पालक व्यवसायी हुन् ।

    अध्यक्षका उम्मेद्वार मगरले प्रगतिशील प्यानलको नेतृत्व गरेका छन् भने कार्कीले लोकतान्त्रिक प्यानलको । राजनीतिक दलहरु अग्रभागमा नदेखिए तापनि उम्मेद्वारहरु दलकै समर्थनमा उठेका हुन् ।

    उपाध्यक्ष पदमा ठाकुर प्रसाद ढकाल (केशव) र प्रेमध्वज जवेगु बीच प्रतिस्पर्धा हुने भएको छ । द्वितीय उपाध्यक्ष पदमा दुई उम्मेद्वार रहेका छन् । जसमा इन्द्रप्रसाद न्यौपाने र कृष्णबहादुर बस्नेत छन् ।

    सचिव पदमा धनकुमार ढकाल र तेजबहादुर भट्टराई, सह सचिवमा अग्नीप्रसाद राई र देवीबहादुर चेम्जोङ्ग, कोषाध्यक्षमा चुनमाया दाहाल (आशा) र रेनुका फुयलको बीच प्रतिस्पर्धा हुनेछ ।

    खुल्ला सदस्य ५ जनाका लागि ११ जना बीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा सूर्यप्रसाद निरौला, केशरबहादुर हङ्गाम, उमेश माझी, बलबहादुर खुलाल, रेवतप्रसाद संग्रौला, मित्रप्रसाद थापा, प्रेमप्रसाद फुयल, महेन्द्र जोगी (गोपाल), कृष्णचन्द्र सेलिङ्ग, हरेराम शाह, प्रेमनाथ जोगी रहेका छन् ।

    त्यस्तै, ४ महिला सदस्यका लागि राममाया सम्सुहाङ्ग (हिना), सविना लिम्बु (खेवा), सीता खत्री, मनकुमारी लावती योङ्गहाङ, गंगादेवी खतिवडा, कमला लिम्बु, सिर्जना लिम्बु, उर्मिला सार्की बीच चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।

    संस्थामा अध्यक्ष १, प्रथम उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १, सचिव १, सह सचिव १, कोषाध्यक्ष १, महिला आरक्षण सदस्य ४ र खुल्ला सदस्य ५ रहने व्यवस्था रहेको छ ।

    संस्थामा मतदाताको रुपमा एक हजार २७५ आजीवन सदस्य र ८५ साधारण सदस्य रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.