Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उद्योग वाणिज्य संघले जनसरोकारका विषयमा गर्योे सार्वजनिक सुनुवाइ
    कनकाई नगरपालिका

    उद्योग वाणिज्य संघले जनसरोकारका विषयमा गर्योे सार्वजनिक सुनुवाइ

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र ७, शनिबार ०५:५५ गते3 Mins Read

    बिर्तामोड \ झापाको विर्तामोड क्षेत्रको जनसरोकारको विषयमा व्यवसायीहरुको संस्था विर्तामोड उद्योग वाणिज्य संघले सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

    संघको आयोजनामा भएको सार्वजनिक सुनुवाइका सहभागीले निर्माणाधीन एसियन हाइवे, लागुऔषध दुर्व्यसनीको चाप, बुधबारे हाट र बिर्ताबजारको कृषि बजार सञ्चालन जस्ता विषयमा प्रश्न उठाएका छन् ।

    दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको पूर्व पश्चिम सडकका विषयमा प्रश्न उठाउँदै जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले सडक आयोजनाले स्थानीयसँग समन्वय नगरी ओभरपास बनाउन लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले दुवैतर्फ ड्याम उठाएर सडक निर्माण गरिएको खण्डमा वारीपारि आवत जावतमा समस्या हुने बताए ।

    राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बिर्तामोडमा निर्माण गरिने सडकमा ओभर ब्रिज नभएको खण्डमा पार्किङ व्यवस्थापनमा समस्या हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सिटी र अटो रिक्साका लागि समेत छुट्टै व्यवस्थापनमा अहिले नै चासो देखाउने पर्ने धारणा राखे ।

    बिर्तामोडमा मुक्ति चोकदेखि वरिपरि एक किलोमिटर पोल रहित विद्युत सेवा सुचारु गरिनु पर्ने र सबै तारलाई अन्डरग्राउण्ड गर्दै शहरी शौन्दर्यकरणमा समेत चासो देखाउन नगरपालिकासंग सुब्बाले आग्रह गरे ।

    सडक निर्माणका क्रममा बिर्तामोड र चारपानेमा पानीको निकासको व्यवस्थापन प्रमुख रहेको भन्दै स्थानीय राजु ओलीले सहज रुपमा उत्तरबाट दक्षिण बग्ने पानीको निकास निकाल्नु पर्ने धारणा राखे । त्यस्तै बजार क्षेत्रमा सर्वजनिक शौचालय र खानेपानीको समेत उचित प्रवन्ध मिलाउन ओलीको माग थियो ।

    बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले निर्माणाधीन एसियन हाइवेका विषयमा चासो देखाउँदै लागू औषध नियन्त्रणका क्षेत्रमा समेत प्रभावकारी कदम चाल्न सुझाव दिए ।

    अलौची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बिर्तामोडमा भौतिक संरचना बन्दा अनिवार्य पार्किङको व्यवस्थापन गर्नुपर्ने र निर्माणाधीन संरचनामा बनाइएका पार्किङ अन्य क्षेत्रमा प्रयोजन भइरहेकाले त्यसको अनुगमन गर्नुपर्ने आवज उठाए ।

    कार्यक्रममा बोल्दै महिला मुक्ति अभियानका अध्यक्ष राधा सुब्बाले बिर्तामोडमा घरेलु मदिराको खुलेआम बेचबिखन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै नियमनकारी निकायले अनुगमन गर्नुपर्ने धारणा राखिन । उनले बिर्तामोडमा रहेका सुधार केन्द्रको समेत अनुगमन गर्न माग गरिन् ।

    व्यवसायी सुरेशकुमार अग्रवाल भद्रपुरेले बिर्तामोडमा सार्वजनिक शौचालय र पिउने पानीको प्रवन्ध तत्काल गर्नुपर्ने धारणा राखे । उनले निर्माणाधीन एसियन हाइवेमा डाइर्भसन दुर्घटनाको मुख्य कारण बनेको भन्दै त्यसलाई व्यवस्थित गर्न सुझाव दिए ।

    चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले बिर्तामोडमा पार्किङ अस्तव्यत रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले पार्किङ व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

    सिटी सफारी र अटोका लागि समेत निश्चित पार्किङ क्षेत्र छुट्याउनु पर्ने आवज उठाएका बिमलीले एसियन हाइवेमा त्यसको व्यवस्थापन गरिनु पर्ने माग राखे ।

    औषधि व्यवसायी गौरीशंकर गुप्ता ‘टिङ्कु’ले सिटी र टेम्पोमा हुने ठगी रोक्न माग गरे । उनले भाडाको एकरुपता नहुँदा सर्वसाधारण दिनहुँ ठगिने र ट्राफिक व्यवस्थापन समेत अस्त व्यस्त हुने भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए ।

    राप्रपाकी नेतृ रञ्जु बरालले बिर्तामोड लागू औषध दुव्र्यसनीको हव बन्दै गएको र त्यसलाई नियन्त्रणमा प्रहरीले चासो देखाए पनि मुख्य नाइने पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाइन् ।

    प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई ,एशियन हाइवे पूर्वी खण्डका प्रमुख सुनिल बाबु पन्त, नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख सञ्जीवकुमार साह लगायतले सहभागीले उठाएका जिज्ञासाको उत्तर दिएका थिए ।

    बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष जीवनकुमार खड्काले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.