Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा रोटरीको तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न
    कनकाई नगरपालिका

    सुरुङ्गा रोटरीको तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८२ भाद्र १, आईतवार ०८:२३ गते2 Mins Read

    कनकाई खबर \ महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र सामाजिक एकताको सन्देशसहित रोटरी क्लब अफ सुरुङ्गाको तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

    कनकाई ७, दुर्गापुरस्थित वृक्ष क्याफेमा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू सहित रोटरियन परिवारका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । तीजको अवसरमा महिलाहरूले परम्परागत पहिरनमा सजिएर तीजका गीतमा नाचगान गर्दै आपसी मेलमिलाप र संस्कृतिप्रति सम्मान प्रकट गरे ।

    क्लवका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षतामा सम्पन्न औपचारिक विशेष कार्यक्रममा तीज पर्वको ऐतिहासिक र सांस्कृतिक महत्वबारे चर्चा गरियो । कार्यक्रम संयोजक रेणुका उप्रेतीले सहभागी सबैलाई स्वागत गर्दै तीज पर्वले महिलाहरूबीच आत्मबल, सामाजिक एकता र सांस्कृतिक पहिचानको भावना जागृत गराउने कुरामा जोड दिइन् । कार्यक्रम संयोजक उप्रेतीले तीज मिलन कार्यक्रमले महिला सशक्तिकरण र सांस्कृतिक संरक्षणमा योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।

    रोटरी क्लब अफ सुरुङ्गाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्य राखेको क्लवका अध्यक्ष डिल्लीराम मैनालीले बताए । अध्यक्ष मैनालीले तीज पर्वले महिलाहरूलाई आत्मबल प्रदान गर्नुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा जगाएको बताए ।

    तीज मिलन विशेष कार्यक्रममा क्लवका पुर्व अध्यक्ष टिकाप्रसाद कट्टेलले तीज पर्व र महिलासम्बन्धी सामाजिक विषयमा विचार व्यक्त गर्दै भने, “तीज केवल पर्व मात्र होइन, यो महिलाहरूको आत्मबल, धैर्यता र सामाजिक चेतनाको प्रतीक हो। महिलाहरूको सहभागिता र नेतृत्व समाजको समृद्धिको आधार हो।” उनले तीजलाई महिला सशक्तिकरणको सन्देशवाहक पर्वका रूपमा व्याख्या गर्दै रोटरी क्लबले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु आवश्यक रहेको धारणा राखे ।

    क्लवका सचिव रामप्रसाद निरौलाले संचालन गरेको औपचारिक कार्यक्रममा पुर्वअध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार कडेल सहित क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.