Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लब अफ सुरुङ्गाको दोस्रो क्लब एसेम्ब्ली सम्पन्न
    कनकाई नगरपालिका

    रोटरी क्लब अफ सुरुङ्गाको दोस्रो क्लब एसेम्ब्ली सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८२ श्रावण २८, बुधबार १४:३५ गते3 Mins Read

    कनकाई खबर \ सामाजिक सेवामा निरन्तर क्रियाशील रोटरी क्लब अफ सुरुङ्गाले आफ्नो दोस्रो क्लब एसेम्ब्ली भव्य रूपमा सम्पन्न गरेको छ ।

    क्लबका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षता तथा एसिस्टेन्ट गभर्नर (ए.जी.) रोटरीयन निकिता गिरिको प्रमुख आतिथ्यमा सम्पन्न एसेम्ब्लीमा वर्ष २०२५ \ २६ को समितिले छोटो समयमा गरेका विभिन्न सामाजिक गतिविधिहरूको समिक्षा गरिएको छ ।

    कार्यक्रममा अध्यक्ष मैनालीले क्लबद्वारा सञ्चालन गरिएका उल्लेखनीय कार्यहरूको जानकारी गराउँदै भने, “हामीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा युवा सशक्तिकरणका क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छौं।” अध्यक्ष मैनालीले आगामी योजना सहितका कार्यक्रमका बारेमा जानकारी दिँदै विद्यालयहरूमा शैक्षिक सामाग्री वितरण, रक्तदान कार्यक्रम, वृक्षारोपण अभियान तथा स्वास्थ्य सचेतना कार्यक्रमहरूलाई क्लबका प्रमुख उपलब्धिको रूपमा प्रस्तुत गरे ।

    क्लबका अध्यक्ष मैनालीले रोटरी वर्ष २०२५ \ २६ अन्तर्गत जुलाई महिना साथै अगस्टको हाल सम्म सम्पन्न विविध कार्यक्रम र परियोजनाहरूको विस्तृत विवरण प्रस्तुत गरेका थिए । मैनालीले गत जुलाई महिनामा पदभार ग्रहण गरेसँगै बोर्ड साथै नियमित बैठक संचालन, अतिथि वक्ताका रुपमा भौतिक शास्त्रका प्राध्यापक डाक्टर लक्ष्मण मैनालीसँगको आँखामा हुने मोतियाबिन्दुको विषयमा भएको प्रशिक्षणमुलक कार्यक्रमका बारेमा जानकारी गराएका थिए । रोट्रयाक्ट क्लव अफ सुरुङ्गासँग समेत आवश्यक्ता अनुसार बैठक गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाले विद्यालय स्तरका विद्यार्थीहरुलाई लक्षित गर्दै इन्ट्रयाक्ट क्लव समेत गठन गरिसकेको अध्यक्ष मैनालीले जानकारी गराए ।

    रोटरी डिस्ट्रीक ३२९२ अन्तर्गत रिजन ७ ले विर्तामोडमा आयोजना गरेको‘क्लब अफिसर्स लर्निङ्ग सेमिनार’ मा अन्य शाखाहरुको तुलनामा उत्कृष्ट सहभागिताको नगद सहितको अवार्ड प्राप्त गर्न सफल भएको रोटरी क्लव अफ सुरुङ्गाले नेपाल हर्ट फाउण्डेशन झापा शाखासँग सहयोगी संस्थाको रुपमा रहेर मुटुसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको अध्यक्ष मैनालीले कार्यक्रममा जानकारी गराए ।

    विभिन्न शाखाहरुको पदहस्तान्तरण कार्यक्रममा सहभागीता जनाउँदै आएको क्लवले वातावरणको शुद्धतालाई ख्याल गर्दै कनकाई सामुदायिक वन परिसरमा विभिन्न जातका तीनसय विरुवा रोपण गरेको अध्यक्ष मैनालीले कार्यक्रममा जानकारी गराए । क्लवले अगष्टमा ‘क्लब एसेम्ब्ली’ तथा डीजी भिजीटको कार्यक्रम तय गरेअनुसारको एसेम्ब्ली सम्पन्न गरेको छ भने यहि भदौ २ गते (अगष्ट १८मा) डीजी भिजीटको कार्यक्रमका लागि आवश्यक तयारी गरिरहेको बताइएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि निकिता गिरिले क्लबको सक्रियता र सामाजिक प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र दीर्घकालीन परियोजनाहरू सञ्चालन गर्न सुझाव दिएकी छन् । उनले रोटरीको मूल मर्मलाई आत्मसात गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा सबै सदस्यहरूलाई एकजुट भएर लाग्न आग्रह गरिन् ।

    क्लब एसेम्ब्लीले सदस्यहरूबीच समन्वय, पारदर्शिता र भावी योजनाहरूको स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै रोटरीको सेवा भावलाई अझ सशक्त बनाउने संकल्प गरेको बताइएको छ ।रोटरी क्लब अफ सुरुङ्गा स्थानीय समुदायमा सामाजिक रूपान्तरणको प्रेरक शक्तिका रुपमा स्थापित हुँदै गएको महशुस गरिएको छ ।

    क्लवका प्रेसिडेन्ट इलेक्ट अर्जुन बोहोराको स्वागत तथा सचिव रामप्रसाद निरौलाले संचालन गरेको औपचारिक कार्यक्रममा निवर्तमान अध्यक्ष लुवराज उप्रेती, पुर्व अध्यक्षहरु टिकाप्रसाद कट्टेल, सुशिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाईँ, शिवकुमार कडेल लगायत क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.