Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस चौतारी झापाको लेखनवृत्ति पत्रकार रमा दाहाललाई
    कनकाई नगरपालिका

    प्रेस चौतारी झापाको लेखनवृत्ति पत्रकार रमा दाहाललाई

    कनकाई खबरBy कनकाई खबर२०८२ श्रावण २७, मंगलवार २२:०४ गते2 Mins Read

    बिर्तामोड \ प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति कान्तिपुर टिभीमा झापाबाट कार्यरत पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ ।

    प्रेस चौतारी नेपाल झापाको आज बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो । गत साउन ११ गते सम्पन्न जिल्लाको बैठकले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति बनाएको थियो । समितिको सदस्यमा फाँट इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य रहेका थिए । सो छनौट समितिले गरेको सिफारिसलाई जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको हो ।

    जिल्लामा पछिल्लो ६ महिनामा प्रकाशित तथा प्रशारित समाचारहरु संकलन गरेर लेखनवृत्तिका लागि छनौट समितिले उत्कृष्ट समाचार लेख्ने पत्रकारको नाम जिल्लालाई सिफारिस गरेको थियो । दर्जनौं उत्कृष्ट समाचारहरुमध्येबाट पत्रकार दाहाललाई छनौट गरिएको छ, अध्यक्ष परियारले भने – पत्रकार दाहालले बाह्रदशी गाउँपालिकामा मुस्लिम, मधेशी समुदायका महिलाहरुको न्यायमा पहुँच नपुगेको विषयलाई प्राथमिकता दिएर उठान गर्नुभएको समाचारलाई छनौट गरेका छौं ।

    प्रेस चौतारी झापाले हरेक ६ \ ६ महिनामा उत्कृष्ट समाचारका आधारमा संस्थापक अध्यक्षको नाममा स्थापित लेखनवृत्ति दिने निर्णय थियो । सो निर्णयका आधारमा दाहाललाई लेखनवृत्ति प्रदान गर्न लागिएको चौतारीका झापा सचिव आचार्यले जानकारी दिए ।

    लेखनवृत्ति साउन ३० गते आयोजना गरिने कार्यक्रममा प्रदान गरिने बताइएको छ । सो अवसरमा नारी सञ्चार गृह झापामा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन र तीज मिलन कार्यक्रम सम्पन्न गरिने प्रेस चौतारी झापाले जनाएको छ । यसअघिकै बैठकले लेखनवृत्तिलाई व्यवस्थित गर्न केन्द्रीय सदस्य सावित्रा दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल र पत्रकार महासंघ कोशी उपाध्यक्ष अम्बिका भण्डारीलाई कार्यविधि बनाउन जिम्मेवारी दिएको थियो ।

    बैठकले बुधबार दमकस्थित सर्वोदय माविमा सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको उपाध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.