Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चेली–माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउँदै कनकाईमा व्यवसायी महिलाहरुको तीज रमझम
    कनकाई नगरपालिका

    चेली–माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउँदै कनकाईमा व्यवसायी महिलाहरुको तीज रमझम

    कनकाई खबरBy कनकाई खबर२०८२ श्रावण २४, शनिबार २१:३८ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा चेली–माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउँदै व्यवसायी महिलाहरुको तीज मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

    कनकाई उद्योग वाणिज्य संघको आयोजना तथा कनकाई महिला उद्यमी व्यवसायीको सहआयोजनामा भव्य समारोहका बीच तीज मीलन कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा स्थानीय महिला समूहहरूले प्रस्तुत गरेको तीजका पारम्परिक गीतमा नृत्य र संगिनी जस्ता सांस्कृतिक विधाहरूले कार्यक्रमलाई झनै रंगीन बनाएको थियो । कनकाई नगर क्षेत्रका विभिन्न वडाबाट उपस्थित भएका परम्परागत रातो साडी र चोलामा सजिएका महिलाहरुले तीजको रौनक थपेका थिए ।

    तीज विशेष औपचारिक समारोहपछि तीजका गीतमा सामूहिक नृत्यसँगै सामुहिक रुपमा दर खाने कार्यक्रम सम्पन्न गरिएको थियो । जहाँ सहभागीहरूले तीजको परम्परागत परिकारको स्वाद लिएका थिए । दरको माध्यमबाट चेली–माइतीको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयास गरिएको आयोजक समितिले जनाएको छ ।

    संघका कार्यबाहक अध्यक्ष जनक कार्कीले तीज पर्वलाई महिला उद्यमशीलता र सामाजिक एकताको प्रतीकका रूपमा लिनुपर्नेमा जोड दिए । संघका कार्यबाहक अध्यक्ष कार्कीको अध्यक्षता तथा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले यस्ता पर्वहरूलाई केवल नाचगानको माध्यम मात्र नभई संस्कारसहितको समाज रूपान्तरणका लागि प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन् । उपप्रमुख शिवाकोटीले महिलाहरूको सामाजिक, सांस्कृतिक र आर्थिक सशक्तिकरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

    कार्यक्रम संयोजक अनिता मैनालीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा युवा व्यवसायी राजु उप्रेती , कनकाई उद्यमी महिला व्यवसायी उपसमिति अध्यक्ष कविता बस्नेत, कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौला , कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघको आफ्नै सभा हलमा सम्पन्न औपचारिक कार्यक्रमको संचालन संघका महासचिव सरोज सिटौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.