Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा बजारमा कनकाई नगरपालिकाको अनुगमनः जनस्वास्थ्य र सुशासनको सन्देश
    कनकाई नगरपालिका

    सुरुङ्गा बजारमा कनकाई नगरपालिकाको अनुगमनः जनस्वास्थ्य र सुशासनको सन्देश

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ श्रावण १९, सोमबार १५:०२ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले सुरुङ्गा बजार क्षेत्रमा गरेको बजार अनुगमनले जनस्वास्थ्य र उपभोक्ता अधिकारको संरक्षणमा महत्वपूर्ण कदम चालेको छ ।

    सुरुङ्गा बजार क्षेत्रको किराना पसल तर्फ खाद्य सामाग्रीको अनुगमनमा म्याद गुज्रिएका खाद्य सामग्री र यस अघि नै कनकाई नगरपालिकाबाट प्रतिबन्धित सुर्तिजन्य पदार्थहरू(गुटखा, चुरोट, खैनी, भोला, रजनिगन्धा आदि) ठूलो परिमाणमा बरामद भएको बताइएको छ ।

    यस आर्थिक वर्षको पहिलो चरणमा सुरुङ्गा बजारतर्फ खाद्य सामाग्रीको व्यवसायमा मात्रै अनुगमन भएको बताइएको छ । सुरुङ्गा बजार क्षेत्रका साना–ठूला सबै किसिमका किराना पसलमा भएको अनुगमनका क्रममा केही पसलबाट बिस्कुट, चाउचाउ, ओट्स, विभिन्न किसिमका जुसका आइटम, खाने तेल, पानी पुरी, चिया मसला, मिट मसला, चाट मसला लगायत विभिन्न किसिमका म्याद गुज्रिएका, लेवल नभएका खाद्य सामाग्री नियन्त्रणमा लिएर नष्ट गरिएको टोली संयोजक कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले बताएकी छन् ।

    अनुगमनका क्रममा कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीको नेतृत्वमा, प्रमुख प्रशासकिय अधिकृत नारायण न्यौपाने, कनकाई नगरपालिका कार्यापालिका सदस्य कृष्णमाया भुजेल, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुवास ढुंगाना, कनकाई नगरप्रहरी प्रमुख ओमकुमार श्रेष्ठ, कनकाई उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष जनक कार्की, निवर्तमान अध्यक्ष त्रिलोचन चिमरीया,महासचिव सरोज सिटौला,.कनकाई नगरपालिका वन,वातावरण तथा विपत व्यवस्थापन शाखाका उमानाथ ढकाल, अनुगमन समितिका सदस्य सचिव एवं शाखा प्रमुख हरिप्रसाद पौडेल, कनकाई नगरपालिका कृषि शाखा प्राविधिक शित्तल अर्याल, पत्रकारहरु लीलाराज झापाली, रामप्रसाद निरौला ,चन्द्र बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

    आगामी दिनमा म्याद गुज्रिएका साथै कानुनले बन्देज गरेका कुनै पनि खाद्य सामाग्री विक्रि वितरण गरेको पाइएमा कानुन बमोजीम कार्वाही हुने भन्दै अनुगमन टोलीले त्यस्ता व्यवसायीलाई चेतावनी दिएको उपप्रमुख शिवाकोटीले कनकाई खबरलाई जानकारी दिएकी छन् । म्याद गुज्रिएका खाद्य सामाग्रीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने साथै सुर्तिजन्य पदार्थले दीर्घकालीन रोगको जोखिम बढाउँने भएकाले यस तर्फ आम उपभोक्ता आँफै सचेत हुनु पर्नेमा उपप्रमुख शिवाकोटीले जोड दिएकी छन् ।

    अनुगमन टोली बजार प्रवेश गरेसँगै सुरुङ्गा बजार क्षेत्रका केही पसलहरु तत्काल बन्द भएका कारण आगामी दिनमा समेत बजार क्षेत्रमा अनुगमनलाई थप तिब्रता दिइने कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिए ।
    व्यवसायीहरुले पालना गर्नु पर्ने विधि र प्रक्रिया पूरा गरी निर्धक्क भएर व्यवसाय संचालन गर्न प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आम व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।अनुगमन टोलीबाट त्रसित बनेका व्यवसायीहरुलाई प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले सहज वातावरणमा व्यवसाय संचालन गर्न अनुरोध गरे ।

    अनुगमन सुरु भएपछि धेरै किराना पसलहरू सटर बन्द गरेर व्यापारी अन्यत्र गएका कारण बजारमा डर र सचेतना दुवै फैलिएको अनुमान गरिएको छ । बरामद सामाग्रीहरू कनकाई माई नदी किनारको कोटीहवन क्षेत्रमा अनुगमन टोलीसहित संचारकर्मी, नगर प्रहरी, उद्योग वाणिज्य संघको रोहबरमा जलाएर नष्ट गरेको बताइएको छ ।

    चाडपर्व नजिकिँदै गर्दा बजारमा गुणस्तरीयता कायम राख्न अनुगमनको निरन्तरता आवश्यक छ भन्ने आवाज उठ्न थालेसँगै नगरपालिकाको ध्यानाकर्षण भएको जनाइएको छ । कनकाई नगरपालिकाको यो कदम केवल एक प्रशासनिक कार्य होइन, यो जनस्वास्थ्य र सुशासनको सन्देश पनि भएकाले बजार अनुगमनलाई नियमित र पारदर्शी बनाउँदै उपभोक्ताको अधिकार सुनिश्चित गर्नु आजको टड्कारो आवश्यकता रहेको पाइन्छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.