Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हर्ट फाउन्डेशनको हृदय रोग सचेतना अभियानः विशेषज्ञसँग प्रत्यक्ष संवाद
    कनकाई नगरपालिका

    हर्ट फाउन्डेशनको हृदय रोग सचेतना अभियानः विशेषज्ञसँग प्रत्यक्ष संवाद

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ श्रावण १८, आईतवार १३:२१ गते2 Mins Read

    कनकाई खबर \ नेपाल हृदय रोग निवारण प्रतिष्ठान (हर्ट फाउन्डेशन) झापाले हृदय रोग सम्बन्धी सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

    सहारा नेपाल साकोस चारपानेको सभा हलमा सम्पन्न कार्यक्रममा वरिष्ठ हृदय रोग विशेषज्ञ डा.राजेन्द्र कोजुसँग स्थानीय नागरिकहरूबीच अन्तरक्रिया गरिएको हो। जनस्वास्थ्यप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै संचालन गरिएको अन्तरक्रियामूलक कार्यक्रम स्वास्थ्य चेतना अभिवृद्धिको एक महत्वपूर्ण प्रयास भएको बताइएको छ ।

    सहारा नेपाल साकोस सहित रोटरी एवं रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउन साथै रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङगाको सहयोगमा सम्पन्न मुटुको कथा विशेष अन्तरक्रियामूलक कार्यक्रममा सहयोगी संस्थाहरु सहित रोटरी क्लवका विभिन्न शाखाहरु, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरू तथा सहारा नेपालमा संवद्ध विभिन्न समिति साथै कर्मचारीहरूको समेत उल्लेख्य सहभागीता रहेको प्रतिष्ठानकी झापा उपाध्यक्ष शुभ कुमाई पाठकले जानकारी दिएकी छन् ।

    कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.कोजुले मुटुलाई स्वस्थ राख्नका लागि खानपान र शारीरिक ब्यायाममा ध्यान दिनुपर्ने बताएका छन् । डा.कोजूले मुटु रोगको पहिचान, रोकथाम र जीवनशैलीसँगको सम्बन्धबारे विस्तृत जानकारी गराए । अन्तरक्रिया कार्यक्रममा मुटुरोग लाग्नबाट बच्ने उपाय, लागेपछि अपनाउनुपर्ने सजगता, मुटुरोगका कारक तत्व, खानपान, मुटुरोगबाट बच्नका लागि शारीरिक ब्यायामको प्रभाव लगायतका विषयमा समेत डा.कोजुले सहज ढंगले प्रष्ट पारे ।

    कार्यक्रममा डा.कोजुले आफ्नो पछिल्लो पुस्तक ‘मुटुको कथा’ को चर्चा गर्दै जनसाधारणलाई हृदय रोगप्रति सजग हुन आग्रह गरे । ४० वर्षको चिकित्सा अनुभव र २३ वर्षको हृदय रोग सम्बन्धी अभ्यासबाट संकलित ज्ञान उक्त पुस्तकमा समेटिएको बताइएको छ ।

    नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाका अध्यक्ष सन्तोष अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरी, प्रतिष्ठानको कोशी प्रदेशका अध्यक्ष दिनेशभक्त श्रेष्ठ, कोषाध्यक्ष सुनिता बज्राचार्य, सदस्य दिनेशकुमार पोखरेल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागीहरूले आफू, आफ्नो परिवारमा देखिएका मुटु सम्बन्धि रोगका समस्या, शंकास्पद अन्य विभिन्न रोग र तिनको मुटुसँगको सम्बन्ध, मुटुरोगका लक्षण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    हर्ट फाउन्डेसन झापाका सहसचिव रामप्रसाद निरौलाले सञ्चालन गरेको औपचारिक कार्यक्रममा स्वागत तथा ओैचित्यमाथि फाउन्डेसनका कोशी प्रदेश सदस्य दिनेश पोखरेलले प्रकाश पारेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.