Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हर्ट फाउन्डेशन झापाले मुटु रोगसम्बन्धी अन्तरक्रिया गर्ने
    बिर्तामोड नगरपालिका

    हर्ट फाउन्डेशन झापाले मुटु रोगसम्बन्धी अन्तरक्रिया गर्ने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८२ श्रावण १५, बिहीबार १३:४८ गते2 Mins Read
    Oplus_0

    कनकाई खबर \ नेपाल हर्ट फाउन्डेसनको आयोजनामा झापामा मुटुरोगका बरिष्ठ बिशेषज्ञसँग अन्तरक्रिया हुने भएको छ । जनस्वास्थ्यप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै संचालन गर्न लागिएको यो अन्तरक्रिया स्वास्थ्य चेतना अभिवृद्धिको एक महत्वपूर्ण प्रयास मानिएको छ ।

    नेपाल हर्ट फाउन्डेसन झापाको आयोजना तथा रोटरी एवं रोट्रयाक्ट क्लब बिर्तामोड साथै सुरुङगाको सहयोगमा मुटु रोगका बरिष्ठ बिशेषज्ञ प्रा.डा.राजेन्द्र कोजुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । आगामी साउन १७ गते शनिबार चारपानेको सहारा साकोसको सभा हलमा कार्यक्रम संचालन हुने फाउन्डेसनका जिल्ला अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।

    धुलिखेल अस्पतालका प्रतिष्ठित मुटु रोग विशेषज्ञ प्रा.डा.कोजूले मुटु रोगको पहिचान, रोकथाम र जीवनशैलीसँगको सम्बन्धबारे विस्तृत जानकारी दिने अध्यक्ष अग्रवालले बताए । जनचेतना अभिवृद्धि कार्यक्रमले आम नागरिकमा मुटु रोगको जोखिम तथा त्यसबाट बच्ने उपायबारे सचेतना फैलाउने विश्वास गरिएको छ ।

    नेपाल हर्ट फाउन्डेशनको समर्पण विगत तीन दशकभन्दा बढी समयदेखि मुटु रोगबारे जनचेतना फैलाउँदै आएको संस्थाले झापामा यस किसिमको कार्यक्रम आयोजना गरेर स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पु¥याउने लक्ष्य राखेको फाउन्डेशन झापाका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए ।

    नेपाल हर्ट फाउन्डेशनले झापा जिल्लामा मुटु स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमहरूले स्थानीय समुदायमा मुटु रोगको जोखिमबारे जानकारी फैलाउने र समयमै उपचारको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको निवर्तमान अध्यक्ष पोखरेल बताउँछन् ।

    “स्वस्थ मुटु, दीर्घ जीवन” भन्ने नाराका साथ सञ्चालन हुने यो कार्यक्रमले मुटु रोगको जोखिम न्यूनीकरण र जीवनशैलीमा सुधार ल्याउने मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

    झापाको बिर्तामोडमा केही महिना अघि मात्र सम्पन्न फाउन्डेशनको ३३औं केन्द्रिय सभामा सम्मानित भइसकेका डा.कोजूले मानिसको जीवनशैली र मुटु रोगबारे प्रेरणादायी मन्तव्य दिएका थिए । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.कोजुले आफ्नो चिकित्सा यात्राको अनुभव, भावनात्मक संघर्ष र समाजप्रति समर्पणलाई समेटेर लेखिएको पुस्तक ‘मुटुको कथा’ यस अघि नै सार्वजनिक भइसकेको छ । यो कृति केवल चिकित्सा विज्ञानको दस्तावेज मात्र नभएर, जीवनशैली सुधार, आत्मअनुशासन र मानवताप्रति समर्पणको कथा पनि भएको बताइएको छ ।

    ‘मुटुको कथा’ कृति पुस्तकमा डा. कोजुले आफ्नो ४० वर्षको चिकित्सा यात्राको अनुभवलाई ४१ शीर्षकहरूमा कथा, निबन्ध र संस्मरणको रूपमा प्रस्तुत गरेको पाइन्छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.