Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई ४ को कवीर आश्रम प्रकरण, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व होः नगर प्रमुख पोखरेल
    कनकाई नगरपालिका

    कनकाई ४ को कवीर आश्रम प्रकरण, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व होः नगर प्रमुख पोखरेल

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८२ श्रावण १३, मंगलवार २०:४४ गते3 Mins Read

    कनकाई खबर \ कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरभित्र रहेका सार्वजनिक सम्पत्तिको रक्षा गर्नु स्थानीय सरकारको दायित्व भएको बताएका छन् ।

    नगर प्रमुख पोखरेलले उक्त कुरा वचनवंशी कवीर आश्रम कनकाई–४ ले आयोजना गरेको पत्रकार भेटघाटमा बताएका हुन् । आफूले जोतभोग गर्दै आएको जमिन उपभोग गर्न पाउनु पर्ने माग गर्दै कवीर आश्रम समितिले स्थानीय सरकार कनकाई नगरपालिकासँग लिखित अनुरोध गरेकाले नगरले आवश्यक कदम चालेको पोखरेलले बताए । कवीरको समस्यालाई नेकपा माओवादी (विप्लव) सँग जोड्नु गलत भएको उनको भनाइ थियो । को सुकुम्बासी र भूमिहीन हो र को ढुकुमबासी र जालीझेली हो, यो कुरा सर्वहारा जनताको मुक्तिको लागि हिँडेको विप्लव नेतृत्वले बुझ्नुपर्ने पोखरेलको भनाइ थियोे ।


    २०२० सालमा जिमदार देवीप्रसाद उप्रेतीले वचनवंशी कवीर आश्रमको नाममा ४ बिगाह जग्गा दर्ता गरिदिएका भए पनि सरकारी अमिनले २०५२ सालमा संस्थाको नाममा नापेको जमिन २ विगाह १६ कठ्ठा जग्गा रहेको पूर्व वार्ड अध्यक्ष कोमलप्रसाद पन्तले बताए ।
    वचनवंशी कवीर आश्रम कनकाई ४ का अध्यक्ष रोमबहादुर बुढाथोकीको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा पत्रकार भेटघाट कार्यक्रम भएको थियोे ।


    कार्यक्रममा बोल्ने अधिकांश वक्ताले उक्त जमिन वचनवंशी कवीर आश्रमकै भएकाले उनीहरुले नै उपभोग गर्न पाउनु पर्ने बताएका थिए। २०६७ सालमा एमाले, माओवादी केन्द्र, नेका, राप्रपा, जनमुक्ति पार्टी, संघीय समाजवादी लगायतका दलले कविर आश्रमको जग्गा सुरक्षित हुनुपर्ने भन्दै आआफ्ना पार्टीको लेटर प्याडमा यथार्थ कुरा किटानी गर्दै स्थानीय निकायलाई बुझाएका थिए ।

    सो कार्यक्रममा कनकाई– ४ का वडाध्यक्ष रोशन सुवेदीले कवीर आश्रमकै जग्गा भएकाले आफूहरूले जग्गाको संरक्षण गर्न घेराबारा गरेको बताए। जग्गा हडप्न बाह्य शक्तिको सहयोग लिएर छिमेकी गाउँपालिकाका आफूलाई प्रतिष्ठित सम्झने र जनताका नजरमा जालझेल गर्ने मानिस लागिपरेको अवस्था रहेकाले कवीर आश्रमको जग्गा संरक्षण गर्न आफूहरु अग्रसर भएको वार्ड अध्यक्ष सुवेदीले बताए ।

    वार्ड अध्यक्षहरु भीष्मभूषण सिटौला, लीलाबहादुर कटुवाल, युवराज चम्लागाईं, कार्यपालिका सदस्यहरु कृष्णमाया भुजेल, नरादेवी मगर, जनप्रतिनिधिहरू शेषराज प्रसाईं (राजु), मोहन संग्रौला, मन्दिरा दियाली, सुलभ भण्डारी, हरि राई, निर्मला खड्का, गोविन्द सुवेदी, अनिल गोयल, कविरकुटी संस्थाका उपाध्यक्ष इन्द्रकुमारी पाण्डे, सदस्यहरू टहलदास नेपाल, भूपाल मैनाली, सल्लाहकार सीताराम निरौला लगायतको उपस्थिति रहेको कार्यक्रममा संस्थाका सदस्य खगेन्द्र पाण्डे, स्थानीयहरू नन्दकुमारी मिश्र, देवेन्द्र मिश्र, धनमाया दाहाल, सुकबहादुर प्रधान, खेम शिवाकोटी, लालबहादुर ओझा, देवेन्द्र मैनाली, बलराम अधिकारी लगायतले कविर आश्रमको २ बिगाहा १६ कठ्ठा जग्गा संरक्षण गरिनुपर्नेमा जोड दिएका थिए ।
    हाल सो जग्गा क्षेत्र भित्र देवेन्द्र मिश्र, दिनेश शिवाकोटी, सरस्वती ठाकुर, दिनेश मैनाली, नैनकला मिश्र, दयाराम उप्रेती, मोहन शिवाकोटी लगायत ९ घर रहेका छन् ।

    कविर आश्रम समितिले जनाए अनुसार नैनकला मिश्र, दिनेश मैनाली र दयाराम उप्रेतीले मात्रै जग्गा छोड्न नचाहेको कारणले आजको समस्या सृजना भएको हो । बाँकी ६ घरपरिवार समिति र नगरपालिकाको निर्णय मान्न तयार भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.