कनकाई खबर \ रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त आयोजनामा कनकाई सामुदायिक वन क्षेत्रमा वृक्षरोपण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।
तराईकै पहिलो सामुदायिक वनका रुपमा रहेको यस वन क्षेत्रमा रोटरी र रोट्रयाक्ट क्लवले रोटरी डिस्ट्रीकले दिएको सर्कुलर अनुसार आफ्नो वार्षिक क्यालेण्डरका रुपमा राखेको वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिँदै विभिन्न प्रजातीका बिरुवा रोपण गरेको क्लवका अध्यक्ष डिल्लीराम मैनालीले जानकारी दिए ।

वातावरण संरक्षण तथा जैविक विविधताको सम्वद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सौन्दर्य प्रदायक परपल् र एल्लो जाग्रण्डा, रेड गुलमोर लगायत करिब ३०० बिरुवा रोपिएको क्लबका अध्यक्ष मैनालीले बताए ।
कनकाई सामुदायिक वनको विशेष सहयोग एवं इन्ट्रयाक्ट क्लव अफ सुरुङ्गा साथै शिवशनी परोपकार संस्था कनकाई ४को समेत सहयोगमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहयोगी संस्थाहरु सहितको सामुदायिक सहभागिता एवं क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रियताले कार्यक्रमलाई एक उत्सवको रूप दिएको क्लवका पुर्व अध्यक्ष एवं रिजन ७ का लर्निङ कमिटी कोचेयर कुमारमणि पोखरेलले बताए। उत्साहजनक रुपमा देशव्यापी भएको रोटरीको वृक्षरोपण कार्यक्रमले “हरियालीको भविष्य हाम्रो हातमा” भन्ने सन्देश फैलिएको पुर्व अध्यक्ष पोखरेलको भनाई छ ।

कनकाई सामुदायिक वन क्षेत्रमा निरन्तर भएको वृक्षरोपण कार्यक्रमले सामुदायिक वनको दीर्घकालीन संरक्षण एवं युवाहरूलाई नेतृत्व र सेवाभावको अवसर प्राप्त हुन सक्ने विश्वास व्यक्त गर्दै क्लवका पुर्व अध्यक्ष एवं रिजन ७ का रोटा क्विज कमिटी चेयर सुशिलकुमार श्रेष्ठले सहयोगी संस्थाहरुप्रति आभार प्रकट गरे ।
कार्यक्रमका अवसरमा क्लवका पुर्व अध्यक्ष एवं डिस्ट्रीक इन्भारोमेन्ट मेम्बर शिवकुमार कडेलले भने, “हामीले रोपेका यी बिरुवाहरूले वर्षौंपछि छायाँ दिनेछन्, तर यस अभियानले आजको पुस्तामा तत्काल चेतना दिने काम गरेको छ।” पुर्व अध्यक्ष कडेलले शिक्षा, स्वास्थ्य, खानेपानी तथा वातावरणका क्षेत्रमा रोटरी क्लवले गरेको योगदान समाजमा उदाहरणीय रहेको टिप्पणी गरे । कडेलले भने, “वृक्षरोपणले प्रकृति र मानवबीचको सम्बन्धलाई समेत थप मजबुत बनाउँने छ।”

कार्यक्रममा मुख्य सहयोगी संस्थाको रुपमा रहेको कनकाई सामुदायिक वन समूका तर्फबाट सबै बिरुवा खरिद गरेको जानकारी दिँदै रोटरीका उपाध्यक्ष समेत रहेका वनका अध्यक्ष ख्यामप्रसाद ओलीले विरुवाको संरक्षणकालागि सिंचाईको समेत व्यवस्थापन गरेको जानकारी दिए । रोटरी क्लवले वृक्षरोपणका लागि कनकाई सामुदायिक वन क्षेत्रलाई प्राथमिकतामा राखेर निरन्तरता दिइरहेकोमा वन समूहका अध्यक्ष ओलीले क्लवप्रति धन्यवाद ज्ञापन गरे । वन समूहका तर्फबाट सचिव मान्ता खरेल सहित कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको बताइएको छ ।
कार्यक्रममा सहयोगी संस्था शिवशनी परोपकार संस्था कनकाइ ४ का सक्रिय युवाहरु तुलाराज बिक, बिशाल सिटौला, स्थानीय समाजसेवी डिल्लीराम सिटौला लगायत अन्य युवाहरुको सक्रिय सहभागीता रहेको बताइएको छ ।

रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षतामा सम्पन्न वृक्षरोपण विशेष कार्यक्रममा रोटरीका पुर्व अध्यक्ष खेमप्रसाद प्रसाईँ लगायत अन्य पदाधिकारी तथा सदस्यहरु, रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष डा.मुकेश शाह लगायत अन्य पदाधिकारी तथा सदस्यहरु, इन्ट्रयाक्ट क्लव अफ अल्माइटी पशुपतिका अध्यक्ष डेनिस उप्रेती सहित अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको रोट्रयाक्ट क्लवकी सचिव कृष्टि खतिवडाले जानकारी दिएकी छन् ।
कार्यक्रम संयोजक रोटरी क्लवकी वातावरण संयोजक मेनुका उप्रेतीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको औपचारिक कार्यक्रमको संचालन रोटरी क्लव अफ सुरुङ्गाका सचिव रामप्रसाद निरौलाले गरेका दिए ।
