Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी र रोट्रयाक्ट क्लव सुरुङ्गाको मेहेन्दी फेलोसिप कार्यक्रम सम्पन्न
    कनकाई नगरपालिका

    रोटरी र रोट्रयाक्ट क्लव सुरुङ्गाको मेहेन्दी फेलोसिप कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८२ श्रावण ८, बिहीबार २२:४५ गते2 Mins Read

    कनकाई खबर \ श्रावण महिनाको सुरुवातसँगै रोटरी र रोट्रयाक्ट क्लब अफ सुरुङ्गाले मेहेन्दी फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ ।

    सांस्कृतिक एवं सामाजिक सद्भावको सन्देश दिन सक्ने यस किसिमको कार्यक्रममा स्थानीय महिला रोटरीयनहरूको उल्लेखनीय सहभागिता रहेको बताइएको छ । महिला रोटरीयनहरुले आयोजना गरेको मेहेन्दी फेलोसिप कार्यक्रम रोटरी क्लव अफ सुरुङ्गाकी कोषाध्यक्ष रेणुका मैनालीको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपप्रमुख शिवाकोटीले मेहेन्दी कार्यक्रमलाई संस्कृति, महिला सशक्तिकरण र सामाजिक समावेशिता प्रवद्र्धन गर्ने सशक्त माध्यम भएको बताइन् । शुभकामना मन्तव्यका क्रममा उपप्रमुख शिवाकोटीले भनिन् ̶ “श्रावणको सुरुवातसँगै यस किसिमको सांस्कृतिक कार्यक्रमले हाम्रो पहिचानलाई जगेर्ना गर्नुका साथै महिलाहरूको नेतृत्वलाई सम्मानित गर्ने भएकाले रोटरी क्लबको यस्तो प्रयास प्रशंसनीय छ।”

    मेहेन्दी फेलोसिप कार्यक्रमको प्रशंसा गर्दै उपप्रमुख शिवाकोटीले भविष्यमा पनि यस्ता सामाजिक एवं सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिन आग्रह गरिन् । एकआपसमा मित्रता साथै सद्भावको वातावरण सृजना गर्ने यस्ता कार्यक्रमहरु संचालनमा सहयोग गर्न स्थानीय सरकार सधैं सकारात्मक रहेको भन्दै उपप्रमुख शिवाकोटीले आयोजकलाई थप उत्साह जगाएकी छन् ।

    सोही अवसरमा विपन्न समुदायका मजदुर महिला माया बेस्रा र निर्मला भुजेलबाट प्रमुख अतिथी उपप्रमुख शिवाकोटीलाई मेहेन्दी लगाइदिएर कार्यक्रमको औपचारिक उद्घाटन भएको जनाइएको छ ।

    रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष डिल्लीराम मैनाली, पुर्वअध्यक्षहरु कुमारमणि पोखरेल, सुशिलकुमार श्रेष्ठ, खेम प्रसाईँ, शिवकुमार कडेल, उपाध्यक्ष ख्यामप्रसाद ओली, सचिव रामप्रसाद निरौला लगायत क्लवका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । क्लवकी उपाध्यक्ष सरला दहाल पोखरेलले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन क्लवकी जोइन्ट सेक्रेटरी यदुका ओली उप्रेतीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.