Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाली भाषामा अनुवाद गरिएको शिव महापुराणको भव्य लोकार्पण
    विशेष

    नेपाली भाषामा अनुवाद गरिएको शिव महापुराणको भव्य लोकार्पण

    कनकाई खबरBy कनकाई खबर२०८२ श्रावण ७, बुधबार १८:३८ गते2 Mins Read

    झापा \  हिन्दू धर्मको अति महत्वपूर्ण ग्रन्थ शिव महापुराण अब नेपाली भाषामा पनि पढ्न सकिने भएको छ। संस्कृत भाषामा रचित २४ हजार श्लोकयुक्त यस विशाल धार्मिक ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरी व्याख्यासहित प्रकाशित गरिएको हो।

    भव्य धार्मिक समारोहका बीच उक्त ग्रन्थको लोकार्पण झापाको सताक्षीधामस्थित गोलोक गोवर्धन गौशालामा मंगलबार सम्पन्न भयो।

    हिन्दू धर्मका अष्टादश महापुराणमध्ये एक शिव महापुराण मा भगवान शिवको उत्पत्ति, विवाह, उपदेश, अवतार, भक्तिभाव र आध्यात्मिक शिक्षाहरू विस्तृत रूपमा समेटिएका छन्। धार्मिक, सांस्कृतिक र दार्शनिक दृष्टिले ग्रन्थको महत्व अपार रहेको भन्दै कार्यक्रममा सहभागी वक्ताहरूले यसलाई जीवनको गहिरो रहस्य, धर्मको सार र मोक्षको मार्ग देखाउने ग्रन्थका रूपमा व्याख्या गरे।

    ग्रन्थमा कुल ७ संहिताहरू — विद्येश्वर, रुद्र, शतरुद्र, कोटिरुद्र, उमा, कैलास र वायवीय संहिता — समावेश छन्। यी संहितामा समेटिएका २४ हजार श्लोकहरूको नेपाली भाषामा स्पष्ट अनुवाद तथा व्याख्या गरिएको छ।

    अनुवादक आचार्य पण्डित बिहारी शरण ९विद्वान विद्वेशकवि० ले ग्रन्थको अनुवादमा झण्डै पाँच वर्ष समय खर्चिएको बताए। संस्कृत शिक्षामा भारतको वृन्दावनमा अध्ययन गरेर नेपाल फर्किएका शरण अहिले अमेरिका बसोबास गरिरहेका छन्।

    नेपालीमा अनुवाद गरिएको शिव महापुराण ग्रन्थ ७४३ पृष्ठको छ र यसको सम्पादन यादवप्रसाद भण्डारीले गरेका छन्। पुस्तकको मूल्य रु १९९९ निर्धारण गरिएको छ।

    लोकार्पण समारोहमा भारत र नेपालका विशिष्ट आचार्य, पण्डित, धर्मगुरु तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। गोलोक गोवर्धन गौशालाका उपाध्यक्ष वेदप्रकाश अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आचार्य लक्ष्मीप्रसाद खतिवडा, स्वामी निर्वशेषानन्द, अनुवादक बिहारी शरण, गौशालाका संरक्षक नन्दकेश्वर महाराज, साध्वी सीता सहचरी, आचार्य छन्दराम भण्डारी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, शिवशताक्षी नगरपालिकाका शिक्षा अधिकारी छवि ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रममा अनुवादक बिहारी शरणकी श्रीमती भवानीश्वरी, छोरा रमण र छोरी दीक्षाको पनि उपस्थिति थियो। छोरी दीक्षाले मन्त्रमुग्ध बनाउने शैलीमा धर्म, संस्कृति र संस्कारको संरक्षणबारे गहिरो अभिव्यक्ति दिँदै भनिन्, “हाम्रो संस्कार र परम्परा कहिल्यै मेटिँदैन। यसको रक्षा गर्नु हाम्रो कर्तव्य हो।”

    शिव महापुराणको नेपाली अनुवादले विशेषगरी नेपाली पाठकहरूलाई हिन्दू धर्मग्रन्थहरूको मर्म बुझ्न र व्यवहारमा उतार्न सहज बनाउने अपेक्षा गरिएको छ। अनुवादक शरणका अनुसार यो ग्रन्थ केवल धार्मिक ज्ञान प्रसारका लागि नभई सांस्कृतिक एकता र सनातन परम्पराको संरक्षणका निम्ति पनि अमूल्य दस्तावेज बन्नेछ।

    कार्यक्रममा शताक्षी गौशालाका शिक्षक सन्तोष नेपालले स्वागत मन्तव्य दिएका थिए भने कथाव्यास समाज नेपालका महासचिव राघव उपाध्यायले सञ्चालन गरेका थिए।

    वक्ताहरूले समापनमा भने, “सत्य नै शिव हो, शिव नै सत्य हो। धर्म र परम्पराको रक्षा हाम्रो साझा जिम्मेवारी हो।” …..विनोद सापकोटाबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.