Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन
    कनकाई नगरपालिका

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    कनकाई खबरBy कनकाई खबर२०८२ असार १८, बुधबार १५:५१ गते3 Mins Read

    कनकाई खबर \ रोटरी एवं रोट्रयाक्ट क्लव वर्ष २०२४\२५ को समापन भएसँगै वर्ष २०२५\२६ का लागि नयाँ नेतृत्व चयन भएको छ ।

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको वर्ष २०२४\२५ का अध्यक्ष क्रमशः लुवराज उप्रेती एवं प्रतापबाबु जमरकट्टेलको कार्यकाल समापन भएसँगै वर्ष २०२५\२६ का लागि क्रमशः रोटरी अध्यक्षमा डिल्लीराम मैनाली र रोट्रयाक्ट अध्यक्षमा डा.मुकेशकुमार शाह सर्वसम्मत रुपमा चयन भएका हुन् ।

    रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२५\२६ का लागि अध्यक्षमा सर्वसम्मत भएका समाजसेवी मैनाली लामो समयसम्म शिक्षा क्षेत्रमा आबद्ध रही सहायक प्रधानाध्यापक तथा प्रधानाध्यापकको समेत जिम्मेवारी सफलतापूर्वक पुरा गरीसकेका वौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् ।
    कनकाई घाट व्यवस्थापन समितिका बरिष्ठ उपाध्यक्षको समेत जिम्मेवारीमा रहेका मैनाली कन्काई माध्यमिक विद्यालय सुरुङ्गाका सल्लाहकार, मैनाली समाज नेपालको जिल्ला नेतृत्व हुँदै हाल केन्द्रीय नेतृत्वमा रही समाज रुपान्तरणमा क्रियाशील रहँदै आएका छन् । एक सफल व्यवसायीका रुपमा समेत आफ्नो छुट्टै पहिचान बनाइसकेका मैनालीको नेतृत्वमा अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले थप उचाई प्राप्त गर्ने विश्वास गरिएको छ ।

    अध्यक्ष मैनालीको नेतृत्वमा रहेको क्लवको कार्यसमितिमा निवर्तमान अध्यक्ष लुबराज उप्रेती, प्रेसिडेन्ट इलेक्ट अर्जुन बोहोरा, प्रेसिडेन्ट नोमिनी अखिलकुमार कोइराला, प्रथम उपाध्यक्ष सरला दहाल पोखरेल, द्धितीय उपाध्यक्ष शिवकुमार गिरी र तृतीय उपाध्यक्षमा खेमप्रसाद ओली रहेका छन् ।
    त्यस्तै क्लवको सचिवमा रामप्रसाद निरौला, सहसचिवमा यदुका ओली उप्रेती, कोषाध्यक्षमा रेणुका उप्रेती, क्लव एडमिनीस्ट्रेसन चेयरमा सोमनाथ उप्रेती, मेम्बरसिप डेभ्लोप्मेन्ट चेयरमा कमलप्रसाद कट्टेल, पब्लीक रिलेसन चेयरमा कुमारमणि पोखरेल, सर्भिस प्रोजेक्ट चेयरमा खेमप्रसाद प्रसाईँ रहेका छन् ।

    त्यस्तै क्लवको टिआरएफको जिम्मेवारीमा शिवकुमार कडेल, वातावरण चेयरमा मेनुका उप्रेती, युथ सर्भिसमा बमबहादुर कुँवर, सर्जनएट आम्समा मिनाल तिम्सिना, क्लव ट्रेनरमा टिकाप्रसाद कट्टेल, क्लव मेन्टरमा शुसिलकुमार श्रेष्ठ, इन्टरनेशनल टेक्नोलोजी अफिसरमा मीलन ओली सर्वसम्मत चयन भएको बताइएको छ ।

    त्यस्तै रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको वर्ष२०२५ \ २६ का लागि अध्यक्षमा डा. मुकेशकुमार शाह सर्वसम्मत रुपमा चयन भएका छन् । आफ्ना अभिभावकबाटै सामाजिक सेवाको संस्कार पाएका शाह हाल मानवीय सेवाका क्षेत्रमा त्यसैपनि सक्रिय रहँदै आएका छन् ।

    मानव स्वास्थ्य सेवाका क्षेत्रबाट युवा अवस्थामै समाजमा स्थापित युवा व्यक्तित्व शाहको नेतृत्वमा रहेको रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको उपाध्यक्षमा सोहन उप्रेती, सचिवमा कृष्टि खतिवडा, कोषाध्यक्षमा सित्तल पोखरेल . जोइन सेक्रेटरीमा कृष्ण पुरी रहेका छन् । त्यस्तै पब्लीक इमेज चेयरमा दिक्षा राई, रोटरी फाउण्डेशन चेयरमा दिवाकर तिवारी, युथ सर्भिसमा कोमल न्यौपाने, सर्जनएट आम्समा भावना गिरी, प्रोफेसनल सर्भिस चेयरमा जेनिस चम्लागाईँ, स्पेसल एरिया प्रोजेक्ट चेयरमा सुमन भारती रहेका छन् ।

    त्यस्तै सर्भिस प्रोजेक्ट चेयरमा मीनु मगर, क्लव एडमिनिस्ट्रेसन चेयरमा मेरिस्का अधिकारी, ईन्टरनेशनल सर्भिस चेयरमा रिसवसिंह चाहार सर्वसम्मत चयन भएको वर्ष २०२४\ २५ का अध्यक्ष प्रतापबाबु जमरकट्टेलले जानकारी दिए । दुवै क्लवले चाँडै एक भव्य समारोहका बीच पदहस्तान्तरण विशेष कार्यक्रम संचालन गर्न लागेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.