Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आरएफसी युथ क्लबले सुरुङ्गामा वृहत फुटसल प्रतियोगिता गर्ने
    कनकाई नगरपालिका

    आरएफसी युथ क्लबले सुरुङ्गामा वृहत फुटसल प्रतियोगिता गर्ने

    कनकाई खबरBy कनकाई खबर२०८२ असार १२, बिहीबार २१:३७ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई फुटसलमा यही असार १४गते शनिवारका दिन एक दिवसीय वृहत फुटसल टुर्नामन्ट हुने भएको छ ।

    आरएफसी युथ क्लब सुरुङ्गाको आयोजना तथा एसियालिङ्क सर्भिस प्रा.लि. काठमाण्डौको प्रायोजनमा हुन लागेको यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको छ \ आयोजक समितिका अध्यक्ष बाबु लिम्बूका अनुसार युवा पुस्तालाई लागुऔषध दुव्र्यसन र अन्य विकृतिबाट टाढा रहँदै खेल जीवनमा फर्कन सन्देशसहित यो प्रतियोगिता कनकाई फुटसलमा आयोजन गर्न लागिएको हो । कनकाई फुटसल यहाँका युवा समाजसेवी एवं बौद्धिक व्यक्तित्व मोहन थापाले सञ्चालनमा ल्याएका हुन् ।

    प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार र दोस्रो हुने टिमले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । बेस्ट प्लेयरलाई ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।

    आयोजक समितिका उपाध्यक्ष मन्दिप राईका अनुसार काठमाण्डौ, ईटहरी, फिक्कल, दमक, कनकाई भेट्रान लगायत देशभरका २० वटा फुटसल टिमहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । खेल सम्पन्न गर्न १ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागी हुन र प्रतियोगिता अवलोकनका लागि आउन सबै कनकाई नगरवासी र जिल्लावासी खेलप्रेमीहरुलाई राष्ट्रिय फुटबल खेलाडी समेत रहेका आयोजक आरएफसी क्लबका सदस्य रोहन कार्कीले अनुरोध गरे ।

    कनकाई फुटसल सुरुङ्गा चौकदेखि २ किलोमिटर दक्षिण झापा मेरिगोल्ड अंग्रेजी मावि पूर्व रहेको छ । पत्रकार भेटघाटमा शिवसताक्षी नगर खेलकुद विकास समितिका संयोजक सुरज राई, कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राई, एमाले नेता रवीन्द्र लम्साल लगायतको आतिथ्य रहेको थियोे । कार्यक्रमको सञ्चालन नेपाल खेलकुद महासंघ कोशी प्रदेशका उपाध्यक्ष भीम लिवाङले गरेका थिए ।

    पत्रकार भेटघाट पश्चात् बिहीबार नै राजनीतिक दल र पत्रकार वीच मैत्रीपूर्ण खेल भएको थियोे । मैत्रीपूर्ण खेलमा राजनीतिक दल तर्फबाट खेल क्याप्टेन श्याम राई, खेल मेनेजर रविन्द्र लम्साल, मोहन थापा , सुरज राई र गोल किपर मौसम मगर सहभागी थिए भने पत्रकार टिम तर्फ खेल मेनेजर तीर्थराज खरेल, खेल क्याप्टेन रामप्रसाद निरौला , चन्द्र बस्नेत, गोपाल पोखरेल, खेमराज सुवेदी गोल किपर सहभागी थिए । लोकप्रिय खेलको रूपमा युवामाझ आकर्षण बन्दै गएको फुटसल खेल प्रतियोगिता सुरुङ्गामा हुन लागेको यो पहिलो पटक हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.