Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आरएफसी युथ क्लबले सुरुङ्गामा वृहत फुटसल प्रतियोगिता गर्ने
    कनकाई नगरपालिका

    आरएफसी युथ क्लबले सुरुङ्गामा वृहत फुटसल प्रतियोगिता गर्ने

    कनकाई खबरBy कनकाई खबर२०८२ असार १२, बिहीबार २१:३७ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई फुटसलमा यही असार १४गते शनिवारका दिन एक दिवसीय वृहत फुटसल टुर्नामन्ट हुने भएको छ ।

    आरएफसी युथ क्लब सुरुङ्गाको आयोजना तथा एसियालिङ्क सर्भिस प्रा.लि. काठमाण्डौको प्रायोजनमा हुन लागेको यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको छ \ आयोजक समितिका अध्यक्ष बाबु लिम्बूका अनुसार युवा पुस्तालाई लागुऔषध दुव्र्यसन र अन्य विकृतिबाट टाढा रहँदै खेल जीवनमा फर्कन सन्देशसहित यो प्रतियोगिता कनकाई फुटसलमा आयोजन गर्न लागिएको हो । कनकाई फुटसल यहाँका युवा समाजसेवी एवं बौद्धिक व्यक्तित्व मोहन थापाले सञ्चालनमा ल्याएका हुन् ।

    प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार र दोस्रो हुने टिमले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । बेस्ट प्लेयरलाई ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।

    आयोजक समितिका उपाध्यक्ष मन्दिप राईका अनुसार काठमाण्डौ, ईटहरी, फिक्कल, दमक, कनकाई भेट्रान लगायत देशभरका २० वटा फुटसल टिमहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । खेल सम्पन्न गर्न १ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागी हुन र प्रतियोगिता अवलोकनका लागि आउन सबै कनकाई नगरवासी र जिल्लावासी खेलप्रेमीहरुलाई राष्ट्रिय फुटबल खेलाडी समेत रहेका आयोजक आरएफसी क्लबका सदस्य रोहन कार्कीले अनुरोध गरे ।

    कनकाई फुटसल सुरुङ्गा चौकदेखि २ किलोमिटर दक्षिण झापा मेरिगोल्ड अंग्रेजी मावि पूर्व रहेको छ । पत्रकार भेटघाटमा शिवसताक्षी नगर खेलकुद विकास समितिका संयोजक सुरज राई, कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राई, एमाले नेता रवीन्द्र लम्साल लगायतको आतिथ्य रहेको थियोे । कार्यक्रमको सञ्चालन नेपाल खेलकुद महासंघ कोशी प्रदेशका उपाध्यक्ष भीम लिवाङले गरेका थिए ।

    पत्रकार भेटघाट पश्चात् बिहीबार नै राजनीतिक दल र पत्रकार वीच मैत्रीपूर्ण खेल भएको थियोे । मैत्रीपूर्ण खेलमा राजनीतिक दल तर्फबाट खेल क्याप्टेन श्याम राई, खेल मेनेजर रविन्द्र लम्साल, मोहन थापा , सुरज राई र गोल किपर मौसम मगर सहभागी थिए भने पत्रकार टिम तर्फ खेल मेनेजर तीर्थराज खरेल, खेल क्याप्टेन रामप्रसाद निरौला , चन्द्र बस्नेत, गोपाल पोखरेल, खेमराज सुवेदी गोल किपर सहभागी थिए । लोकप्रिय खेलको रूपमा युवामाझ आकर्षण बन्दै गएको फुटसल खेल प्रतियोगिता सुरुङ्गामा हुन लागेको यो पहिलो पटक हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते

    दशैंको मुखमा भत्ता नपाइने चिन्ताले जेष्ठ नागरिकमा तनाव

    २०८२ आश्विन ९, बिहीबार ०६:३६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.