Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भद्रपुर नगरपालिकाको बजेट ८० करोड
    कनकाई नगरपालिका

    भद्रपुर नगरपालिकाको बजेट ८० करोड

    कनकाई खबरBy कनकाई खबर२०८२ असार ९, सोमबार २३:२१ गते2 Mins Read

    भद्रपुर / भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ का लागि ८० करोड ५ लाख २८ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।

    भद्रपुर नगरपालिकाको १६ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले चालु आर्थिक वर्ष भन्दा आकार घटाएर बजेट प्रस्तुत गरेकी हुन् ।

    चालु आर्थिक वर्ष २०८१ / ८२ मा एक अर्ब सात करोड एक लाख ६९ हजार रुपैयाँ घाटा बजेट ल्याएकोमा आगामी आर्थिक वर्षमा झन्डै २७ करोड बजेट कम ल्याएको छ । संघ तथा प्रदेशको अनुदानमा कटौतीसँगै नगरपालिकामा रहेको मौज्दात रकम अभावका कारण बजेटको आकार घटेको जनाइएको छ ।

    बजेटमा संघीय राजस्व बाँडफाँडबाट १२ करोड ३३ लाख ५० हजार, स्थानीय राजस्व बाँडफाँडबाट रु ४ करोड, प्रदेश राजस्व बाँडफाँडबाट रु ९८ लाख २१ हजार, आन्तरिक श्रोतको ७ करोड, संघीय वित्तीय हस्तान्तरणबाट ५१ करोड १० लाख, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ६३ लाख ५७ हजार गरी कुल ८० करोड ५ लाख २८ हजारको आय अनुमान गरिएको उपप्रमुख कार्कीले बताइन् ।

    उनका अनुसार नगरपालिकाको कार्यालय प्रशासनिक खर्चमा १४ करोड विनियोजन गरिएको छ । यसभित्र वडा, स्वास्थ्य कार्यालय, नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरूको तलवभत्ता लगायत अन्य प्रशासनिक खर्च समावेश गरिएको छ । त्यस्तै वडामा भएका विकास निर्माण, योजना मागको चाप, नागरिकको आवश्यकता समेतलाई मध्यनजर गरी वडागत सिलिङमा बढोत्तरी गरिएको छ ।

    वडागत सिलिङतर्फ एक करोड एक लाखको दरले कुल १० करोड ८ लाख विनियोजन गरिएको छ । यसबाट पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, खानेपानी, लक्षित वर्ग, सीमान्तकृत वर्ग, आदिवासी जनजाति, महिला, बालबालिका, दलित, मुस्लिम लगायतका विषयहरू वडाबाटै सम्बोधन हुने अपेक्षा राखिएको छ । त्यसैगरी सहरी सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापनका लागि अत्यावश्यक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था राखिएको छ ।

    नगरबाट हुने नगरस्तरीय आयोजना, विगतका कार्यक्रमको निरन्तरता, सम्पन्न हुन नसकेका योजना कार्यक्रम समेतलाई मध्यनजर गरी यस्ता योजना कार्यक्रमतर्फ रु ११ करोड बजेट खर्च प्रक्षेपण हुने गरी व्यवस्था ल्याएको उनले बताइन् । त्यस्तै सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, रोजगार प्रवद्र्धन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लक्षित वर्गको हित प्रवद्र्धन साथै रोजगार तथा उद्यमशीलताको विकास र विस्तार गर्ने कार्यक्रम सञ्चालन गर्न १४ करोड ५६ लाख विनियोजन गरेको उनको भनाई छ ।

    त्यस्तै नगर प्रमुख गणेश पोखरेलले शिक्षा, खेलकुद, कृषि, रोजगार प्रवद्र्धन, पर्यटन, पूर्वाधार विकासलाई लक्षित गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा जनप्रतिनिधिहरूले उठाएको प्रश्नहरूको जवाफ नगर प्रमुख पोखरेलले र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले दिएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.