Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी पत्रकारिता पुरस्कारबाट नारी सञ्चार गृहकी अध्यक्ष गौतम सम्मानित
    कनकाई नगरपालिका

    रोटरी पत्रकारिता पुरस्कारबाट नारी सञ्चार गृहकी अध्यक्ष गौतम सम्मानित

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८२ असार ९, सोमबार २३:०७ गते3 Mins Read

    कनकाई खबर \ रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम सम्मानित भएकी छन् । हेमकला—टीकाराम निरौला रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट विगत २१ वर्षदेखि पत्रकारिता क्षेत्रमा कलम चलाएकी गौतम पुरस्कृत भएकी हुन् ।

    आमा विष्णुमाया र बुबा स्व.पुण्यप्रसाद गौतमकी सुपुत्रीका रूपमा ताप्लेजुङ जिल्लाको दोखुमा जन्मेर त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गरी महिला पत्रकारहरूको साझा र संयुक्त संस्था रहेको नारी सञ्चार गृह झापाको अध्यक्षजस्तो गरिमामय पदमा रही प्रेस जगतको उन्नयनमा क्रियाशील रेजिना नेपाल प्रेस युनियन केन्द्रीय सचिव रहँदै हाल जनआन्दोलन डटकममा सम्पादक, जनआन्दोलन साप्ताहिकका कार्यकारी सम्पादक, काठमाडौंबाट प्रकाशित घटना र विचारमा पनि संलग्न रहँदै आएकी छन् ।

    पत्रकारिता मार्फत लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताको पक्षमा अविचलित रूपमा अघि बढिरहेकी रेजिना धरानबाट प्रकाशित धरान टुडे दैनिकमा झापा रिपोर्टरको रूपमा २०५८ सालदेखि पत्रकारिता पेसामा प्रवेश गरेकी थिइन् ।

    सत्य र न्यायको पक्षका उभिने पत्रकारको रूपमा आफ्नो २१ वर्षको सञ्चारक्षेत्रको यात्रामा उनले झापाका विभिन्न टेलिभिजन, रेडियो, एफएमको संवाददाताको रूपमा काम गरेकी छन् । सो क्रममा उनले २०८० सालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट चेलीबेटी बेचबिखनविरुद्ध कलम चलाएवापत राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन् । ग्रामीण क्षेत्रको पत्रकारितामा निरन्तर रूपमा क्रियाशील हुँदै सञ्चारको माध्यमबाट समाज रूपान्तरणमा खेलेको भूमिका र महिला सशक्तीकरणमा खेलेको भुमिकाको कदर गर्दे गौतमलाई सम्मान गरिएको रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक सुशील श्रेष्ठले बताए ।

    कनकाई सुरुङ्गा प्रेस क्लवका निवर्तमान अध्यक्ष रामप्रसाद निरौला र धर्मपत्नी शान्ता निरौलाले आफ्ना जन्मदाता एवं कर्मदाता बुबाआमा टीकाराम र हेमकला निरौलाको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार रोदन सम्मानित भएकी हुन् । रोटरी क्लब अफ सुरुङ्गाको ८ औं स्थापना दिवसको अवसर पारी पत्रकार गौतमलाई दोसल्ला ओढाएर नगद १५ हजारसहित सम्मान पत्रबाट सम्मान गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गा ०२४ / २५ का अध्यक्ष लुवराज उप्रेती, रोटरी क्लव रिजन ७ का २०२४ /०२५ का एजी सुजन प्रधान, रिजन २५ \ २६ की एजी निकिता गिरी, एजी कुमारमणि पोखरेल, रोटरी सुरूङ्गाका पुर्व अध्यक्षहरू टीकाप्रसाद कट्टेल, खेमप्रसाद प्रसाईं, सुशीलकुमार श्रेष्ठ, शिवकुमार कडेँल र २०२५ / ०२६का अध्यक्ष डिल्लीराम मैनाली, दाता परिवारका तर्फबाट बुबा टीकाराम, छोरा रामप्रसाद एवं बुहारी शान्ता निरौला लगायले संयुक्त रूपमा पत्रकार गौतमलाई सम्मान गरेका थिए ।

    यस अघि उक्त पुरस्कारबाट २०७९ मा दीपिन राई, २०८० मा तीर्थराज खरेल, २०८१ मा मोहनकाजी न्यौपाने सम्मानित भइसकेका छन् । कार्यक्रममा कनकाई खेलकुद प्रतिष्ठान (कासा) का अध्यक्ष छबि थपलिया, रोटी क्लव अफ सुरूङ्गाका संस्थापक अध्यक्ष एल.पी. उप्रेती, रोटरी रिजन ७ का २०२५÷ ०२६ का एजी निकिता गिरी लगायतले शुभकाना मन्तव्य राखेका ।

    कार्यक्रममा रोटरी क्लव रिजन ७ का २०२४ / ०२५ का एजी सुजन प्रधान र कुमारमणि पोखरेल, रोटरी सुरूङ्गाका पुर्व अध्यक्षहरू टिकाप्रसाद कट्टेल, खेम प्रसाईं, सुशील श्रेष्ठ, शिवकुमार कडेल र २०२५ \ ०२६ का अध्यक्ष डिल्लीराम मैनाली लगायत दाता परिवारकी सदस्य समृद्धि निरौला सहित विभिन्न स्थानीय स्तरमा क्रियाशिल सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।सुरुङ्गा जेसीजको सभाहलमा सम्पन्न कार्यक्रमको दाता परिवारका तर्फबाट रामप्रसाद निरौलाले स्वागत सहित औचित्यमाथि प्रकाश पारेका थिए / कार्यक्रमको संचालन २०२४/ २५का सचिव सोमनाथ उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.