Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीमा रोजगार संवाद, कृषि र श्रमिकमैत्री नीति निर्माणमा जोड
    विशेष

    शिवसताक्षीमा रोजगार संवाद, कृषि र श्रमिकमैत्री नीति निर्माणमा जोड

    कनकाई खबरBy कनकाई खबर२०८२ असार ३, मंगलवार ११:२० गते2 Mins Read

    शिवसताक्षी \ झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवाकेन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायहरुसँग ‘रोजगार संवाद’ गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित संवादमा नगर भित्र न्यूनतम रोजगारी सृजना, स्थानीय स्रोत साधनको परिचालन, निजी क्षेत्रको सहभागिता र कृषिमा प्राथमिकता दिने विषयमा गहिरो छलफल गरिएको थियो ।

    संवादका सहभागीहरुले कृषिलाई नगरको मुख्य रोजगार स्रोतका रुपमा विकास गर्न जोड दिएका थिए । कृषकले उत्पादन गरेका वस्तुहरुको मूल्य निर्धारण, बजारीकरण, युवा पुस्तालाई कृषि पेशामा आकर्षित गर्न प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने सुझावहरु आएका छन् । तालिम प्राप्त व्यक्तिहरुका उत्पादनहरुलाई बजारीकरणको ग्यारेन्टी दिनुपर्ने र तालिमहरुलाई अझ व्यवस्थित बनाउनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका थिए ।

    रोजगार संयोजक विदुर तिम्सिनाका अनुसार, संकलित सुझावहरु रोजगार रणनीति निर्माणमा उपयोगी हुनेछन् । उनका अनुसार निजी क्षेत्रबाट रोजगारी सिर्जना भएको भएतापनि उपयुक्त श्रमिक नपाएको गुनासो व्यवसायीहरुले गरेका छन् ।

    संवादमा नेकपा एमाले नगर अध्यक्ष मेदनी दंगालले कृषि क्षेत्रमा प्रविधिको प्रयोग र जैविक मल उत्पादनमा जोड दिँदै मल उत्पादनबाट पनि रोजगारी सृजना गर्न सकिने बताए । नेपाली कांग्रेसका महासमिति सदस्य भक्ती सिटौलाले धानको मूल्य सुनिश्चित गरी किसानलाई खेतीतर्फ प्रोत्साहित गर्नुपर्ने धारणा राखे । अहिलेको अवस्थामा किसानले लगानी उठाउन नसकेकोले कृषि पेशामा निराशा छाएको उनले बताए ।

    राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति गंगाराम कडरियाले नगरका श्रमिकहरुको योग्यता पहिचान गरी रोजगारीको बाँडफाँट गर्नुपर्ने बताए । साथै सीपमूलक शिक्षा प्रारम्भिक तहदेखि दिनुपर्ने र वैदेशिक रोजगारी न्यूनीकरण गर्न स्थानीय रोजगारीको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख मेगाहाङ थोप्राले रोजगार तथ्यांक संकलनका लागि श्रमिक डेस्क स्थापना गर्ने प्रक्रिया अगाडि बढेको जानकारी गराए । आगामी आर्थिक वर्षमा १ विघा जमिनमा खेती गर्ने समूह वा व्यक्तिलाई १ लाख रुपैयाँ अनुदान दिने योजना रहेको उनले बताए । नगरभित्रका श्रमिकका लागि बीमा कार्यक्रम सञ्चालनमा रहेको र घाइते भए १ लाख र मृत्यु भएमा ७ लाख रुपैयाँसम्मको राहत व्यवस्था रहेको जानकारी समेत दिए ।

    कृषकले उत्पादन गरेका धानलाई सुकाउन निजी क्षेत्रसँग साझेदारीमा ड्रायर मेसिन जडानको काम अगाडि बढाइएको समेत नगर प्रमुखले जनाएका छन् ।

    कार्यक्रममा बेनु कार्की, चन्द्रप्रसाद खनाल, रुद्रमणि भट्टराई, चिरञ्जिवी लुइँटेल, राजीव घिमिरे, प्रकाश पोखरेल लगायतले मौखिक तथा लिखित सुझाव दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ, योजना अधिकृत प्रकाश चौधरी, शिक्षा शाखा प्रमुख छवि ढकाललगायतको उपस्थिति रहेको संवाद कार्यक्रम नगरप्रमुख मेगाहाङ थोप्राको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.