Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भद्रपुर नगरपालिकाको गौरव कायम राख्ने दौडमा नगर प्रमुख पोखरेल
    कनकाई नगरपालिका

    भद्रपुर नगरपालिकाको गौरव कायम राख्ने दौडमा नगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०८२ असार २, सोमबार ११:१८ गते4 Mins Read

    कनकाई खबर \ झापा जिल्लाको सदरमुकामका रुपमा रहेको भद्रपुर नगरपालिकाको गौरव कायम राख्ने दौडमा छन यतिबेला भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल ।

    सिमित स्रोत साधनको परिधिभित्र रहेर जनताको ईच्छा साथै स्थानीय स्तरको आवश्यक्तालाई सम्बोधन गर्दै भद्रपुर नगरपालिकाका प्रमुख पोखरेलको नेतृत्वमा रहेको सिंगो टिम यतिबेला नगरपालिकाको गौरव कायम राख्ने दौडमा रहेको छ । भौगोलिक हिसावले कुल क्षेत्रफल ९६.३५ वर्ग कि.मि. रहेको भद्रपुर नगरपालिका इतिहासका अनेकौं कालखण्डमा देश विदेशमा भद्रपुरको नाम स्थापित गर्न सक्ने जनशक्तिको उर्वरभुमी रहेको पालिकाको रुपमा परिचित छ ।

    ‘पूर्वी क्षेत्रको व्यापारिक द्वार, शान्ती र समृद्धिसहितको भद्रपुर नगर’ भन्ने महान लक्ष्य र कार्यदिशाबाट प्रेरित भई अघि बढिरहेको यस पालिकाले अब्बल नमूना नगरपालिका बन्ने प्रयास र प्रयत्न गर्दै आएको नगर प्रमुख पोखरेल बताउँछन् ।

    जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि क्रमिक रुपले भद्रपुर नगर क्षेत्रको भौतिक विकासमा भएको सुधारसँगै पछिल्लो समय यसलाई निरन्तरता दिदै शिक्षा, स्वास्थ्य, कृषि, मानव संसाधन विकासका लागि पनि फरक ढङ्गले काम भइरहेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    पछिल्लो समय भद्रपुुर नगरमा भएका महत्वपूर्ण कार्यहरु मध्ये भद्रपुरबासीलाई निशुल्क रगत सेवा प्रदान गरिएको, पृथ्वीनगर, महेशपुर र चन्द्रगढी स्वास्थ्य चौकीमा एम.बी.बी.एस. डाक्टर सेवा सुचारु भएको, महेशपुर स्वास्थ्य चौकीमा ल्याब परिक्षण प्रयोगशाला स्थापना गरिएको बताइएको छ । त्यस्तै दिर्घ रोगी जस्तैः क्यान्सर, मृगौलाको समस्या, मुटु रोगी आदिलाई झापा जिल्लाबाट अन्य अस्पताल जानको लागि दशहजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरिदै आएको छ । गर्भवती महिलाहरुलाई पौष्टिक आहार प्रदान गरिएको छ भने एम्बुलेन्स संचालनको तयारीमा रहेको बताइएको छ । सन्थाल समुदायको ६३४ घर परिवारलाई निशुल्क वीमा गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    त्यस्तै भद्रपुर नगरको मौलिकताको पहिचान आवश्यक्ताको महशुस गरी स्थानीय पाठ्यक्रम भद्रपुर सेरोफेरो तयारी गरी आधारभूत तहमा कार्यान्वयनमा ल्याइएको बताइएको छ । त्यस्तै नगर नमुना विद्यालय घोषणा गरी कार्यान्वयनमा ल्याइएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।
    प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रवद्र्धन गर्न शिक्षकहरुलाई २ महिने कम्प्युटर तालिम र बालविकासलाई मन्टेश्वरी सिकाइमा रुपान्तरित गर्न बाल विकास शिक्षकहरुलाई मन्टेश्वरी तालिम संचालन गरेको बताइएको छ । आइसिटीलाई कक्षाकोठामा प्रयोग गर्न विषयगत शिक्षकहरुलाई तालिमको व्यवस्था र एक विद्यालय एक कम्प्युटर शिक्षकका लागि रोष्टर तोकेर कार्यान्वयनमा ल्याइएको छ ।

    त्यस्तै भद्रपुर नगरका विद्यालयहरुमा विद्यालय नर्सको व्यवस्था गरेको बताइएको छ । प्राथमिक विद्यालयहरुमा कक्षा १ देखी ५ सम्म पढ्ने विद्यार्थीहरुको लागि निशुल्क विद्यालय पोसाकको व्यवस्था गरिएको छ । कक्षा ११ मा अध्ययनरत विज्ञान संकाय पढ्ने २२ जना छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको बताइएको छ । त्यस्तै मेचीपारी तरकारी बारी पकेट क्षेत्र घोषणा गरिएको छ । पशु वीमा सेवा प्रदान गरिएको छ । हिमाली चोकदेखी पुँहातुबारी सम्म मेन रोडमा सेन्सर बत्ती जडान भएकोछ भने बाख्रा पकेट क्षेत्र संचालन गरिएको छ । धान पकेट क्षेत्र संचालन गरिनुका साथै डीप बोरीङ ल्याउन पहल गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    आदिवासी राजवंशीहरुको संग्रहालय निर्माणको लागि रु.२० लाख प्रदान गरिएको छ । भद्रपुर २ स्थित देउनीया पुलमा शवदाह स्थल निर्माण गरिएको छ । मेची पुल पारी खाली जग्गामा खाल्डाखुल्डी पुरी अटो, सिटी सफारी पार्कीङ्ग स्थल निर्माण कार्य अगाडी बढाइएको छ । मेची प्रादेशिक अस्पताल चोकमा जीर्ण रहेको यात्रु प्रतिक्षालयलाई पुनः निर्माण गरिएको छ । महेन्द्र पार्कमा फाउन्टेन तथा सौन्दर्यकरण कार्य अघि बढाइएको छ ।
    जग्गा बर्गिकरणको कार्य सम्पन्न गरी जग्गा जमिनको कारोबारलाई सुचारू गरी संसोधन कार्य पनि अगाडी बढाएर हालसम्म पनि निरन्तरता दिइरहेको बताइएको छ । गाईभैसीलाई सुत्केरी भत्ता वितरण कार्यक्रम गरिएको छ । सुकुम्बासी र भुमीहिनलाई निस्सा र धनिपुर्जा वितरण कार्यक्रम अघि बढाइएको छ ।

    प्रथम भद्रपुर यथु समिट भव्यताका साथ सम्पन्न गरिएको छ । महिलाहरुलाई पन्चेबाजा बझाउने तालिम दिइएको छ । हात्तीपिडित र आँगलागि पिडितहरुलाई रु ५हजारको राहत तत्काल प्रदान गरिदै आएको नगर प्रमुख पोखरेल बताउँछन् । भन्सार कार्यालयबाट जग्गा अधिक्रमण पिडितलाई राहत रकम पहिलो चरणमा रु १० करोड र दोस्रो चरणमा थप ३० करोड ल्याउन सफल भएको बताइएको छ । तेलहन बाली तोरी र आलसमा अनुदान प्रदान गरिएको छ । कोदो, प्याज र आलु खेतीमा अनुदान प्रदान गरिएको छ भने करेसाबारी खेती प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिएको छ । फोहोर तथा बजार व्यवस्थापन कार्यक्रम समेत संचालन गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    देशविदेशका पर्यटकहरुलाई लोभ्याउँने यहाँको पर्यटन विकाससँगै आयआर्जनको सम्भावना बोकेका क्षेत्रहरुको समेत क्रमिक रुपले विकास भइरहेको बताइएको छ । पृथ्वीनगरमा रहेको द्वापरयुगीन् किच्चकबध होस् अथवा चन्द्रगडीस्थित ऐतिहासिक चन्द्रगढ, बहुजातीय धार्मिकस्थल कमलधाप होस् या मेची खोलापारिको नेपाली बस्ती नै किन नहोस् । परापूर्वकालदेखि बसोबास गर्दै आएका राजवंशी, माझी, गनगाई अनि लोपोन्मूख आदिवासी सन्थाल समुदाय र उनीहरुको संस्कृति परम्परा नै किन नहोस् यी सबै भद्रपुरको समृद्धिको आधारशीला भएको बताइएको छ ।
    पछिल्लो समय बजेट अभावका कारण यी आधारशीलाहरुको संरक्षण र सम्बद्र्धनमा आशा गरेअनुरुप विकास हुन नसकेको स्विकार्दै नगर प्रमुख पोखरेलले भद्रपुरको पर्यटन विकासका लागि यी आधार पर्याप्त हुनसक्ने बताए ।

    देशकै पुरानो नगरपालिकाको रुपमा रहेको भद्रपुरमा झापा जिल्लाको सदरमुकाम, सुविधासम्पन्न विमानस्थल, कोशी प्रदेशको प्रदेशस्तरीय अस्पताल साथै सबै सरकारी निकायहरु एकै ठाउँमा पाउँन सकिन्छ । प्रदेशस्तरीय प्रशिक्षण केन्द्र कलबलगुरी प्रशिक्षण केन्द्र रहेको भद्रपुर नगरपालिकाको अवस्थासँग सिंगो जिल्लाको अस्तित्व पनि गाँसिएकोले यी सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्नुपर्ने चुनौतिसँगै आफूलाई उत्कृष्ट सावित गर्ने अवसर पनि भद्रपुर नगरपालिकाका प्रमुखको काँधमा रहेको पाइन्छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.