Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » युनिक बहुमुखी क्याम्पसमा एकैसाथ विदाइ र स्वागत
    कनकाई नगरपालिका

    युनिक बहुमुखी क्याम्पसमा एकैसाथ विदाइ र स्वागत

    कनकाई खबरBy कनकाई खबर२०८२ जेष्ठ २४, शनिबार १८:५४ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित युनिक बहुमुखी क्याम्पसमा एकैसाथ विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

    एक भव्य कार्यक्रमका बीच क्याम्पसबाट चौथो वर्ष पूरा गरेका विद्यार्थीलाई औपचारिक रूपमा विदाइ गरिएको थियोे भने पहिलो वर्षमा अध्ययनरत नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियोे ।

    २०७४ सालमा स्थापित व्यवस्थापन संकायमा अध्यापन हुने यस क्याम्पसमा हाल २ सय ४५ विद्यार्थी अध्ययनरत छन् भने १८ जना प्राध्यापक तथा कर्मचारी कार्यरत रहेको क्याम्पसका उपाध्यक्ष त्रिलोचन उप्रेतीले जानकारी दिए । दमक र विर्तामोड वीच रहेको कनकाई नगरपालिकामा निजी स्तरबाट स्थापित एक मात्र क्याम्पसमा बढी मात्रामा कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षा क्षेत्रमा आबद्ध ११ जना शिक्षाकर्मी सञ्चालक रहेको क्याम्पस हाल प्यारागन एकाडेमीको भवनमा बिहानी सत्रमा सञ्चालनमा रहेको सहायक क्याम्पस प्रमुख युवराज अधिकारीले बताए ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष तीर्थराज खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख दीपक भट्टराईले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईंले प्रमुख अतिथिको आसनबाट बोल्दै युवा जनशक्तिलाई आफ्नो मातृभूमिलाई माया गर्न सुझाव दिएका थिए ।

    उनले विद्यार्थीलाई आमाबाबुको अपेक्षा र समाजप्रतिको उत्तरदायित्व पूरा गर्न पढाइमा कडा मेहनत गर्दै सकारात्मक रूपमा सोचेर अघि बढ्न अनुरोध गरे । कार्यक्रममा क्याम्पसका सल्लाहकार ओमदेव शाही, प्यारागन एकाडेमीका संस्थापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चम्पा खनाल (सुवेदी), कन्काई मावि सुरुङ्गाका प्रधानाध्यापक कर्णबहादुर डाँगी, प्याब्सन कनकाई नगर अध्यक्ष विनोद उप्रेती, विदाइ हुने विद्यार्थी विवेक नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    गीत, नृत्य र गजलसमेतको प्रस्तुति रहेको कार्यक्रममा विभिन्न शैक्षिकसत्र र तहका बोर्ड परीक्षामा उत्कृष्ट अंकसहित सफल हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियोे । कार्यक्रममा प्यारागन एकाडेमीका विद्यार्थी संकेत पौडेलले स्वागत गीत प्रस्तुत गरेका थिए ।
    त्यसरी सम्मानित हुनेमा विवेक अधिकारी, विवेक नेपाली, सुष्मिता भट्टराई, राजु मण्डल, प्रियंका कुर्मी, मण्डप गुरागाईं, ताराकिरण बाराकोटी र युनिस सिटौला रहेका छन् ।

    औपचारिक कार्यक्रम सहायक प्राध्यापक गुरुप्रसाद पौडेल तथा सांगीतिक कार्यक्रम सुमन न्यौपाने, आनन्दी खतिवडा, एलिसा थापा र युनिस सिटौलाले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.