Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा एक लाख बढी विद्यार्थीले अवलोकन गर्ने
    कनकाई नगरपालिका

    कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा एक लाख बढी विद्यार्थीले अवलोकन गर्ने

    कनकाई खबरBy कनकाई खबर२०८२ जेष्ठ २२, बिहीबार १३:२३ गते2 Mins Read

    बिर्तामोड \ झापाको विर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

    बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा आगामी जेठ २४ देखि २६ गतेसम्म संचालन हुने प्रदर्शनीमा कोशी प्रदेशका १२ वटा जिल्लाबाट एक लाखभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने बताइएको छ ।

    नेकपा (एमाले) विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेशको आयोजनामा हुने उक्त प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । प्रदर्शनी स्थलमा हाल स्टल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । प्रदर्शनीमा १२५ वटा स्टलहरू रहनेछन्, जसमध्ये २० वटा व्यवसायिक (सशुल्क) स्टल हुने आयोजकले जानकारी दिएको छ । झापा जिल्लाका ३९६ माध्यमिक विद्यालयका विद्यार्थीहरूसहित कोशीभरिका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति हुने अपेक्षा गरिएको छ ।

    कार्यक्रमका संयोजक गणेश पोखरेलका अनुसार प्रदर्शनीमा सहभागी विद्यालयहरूबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई नगद ४ लाख रुपैयाँ, दोस्रो हुनेलाई ३ लाख, तेस्रो हुनेलाई २ लाख र सान्त्वना पुरस्कारस्वरूप १ लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै, विशेष प्रतिभा देखाउने २५ वटा प्रदर्शनीलाई जनही २५ हजार रुपैयाँका दरले ‘प्रतिभा प्रोत्साहन पुरस्कार’ दिइने बताइएको छ ।

    विद्यार्थीहरूको मौलिक अनुसन्धान, आविष्कार तथा प्रविधिसम्बन्धी सिर्जनशीलता प्रदर्शन गर्ने मुख्य उद्देश्य रहेको संयोजक पोखरेलले बताए । कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय गरिएको छ । प्रदर्शनीको उद्घाटन जेठ २४ गते बिहान ११ बजे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ । प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको विभागीय प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

    प्रर्दशनी सम्पन्न गर्न अनुमानित ४४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ । जसमध्ये २० लाख रुपैयाँ कन्सल्टेन्सी तथा व्यवसायिक स्टलहरूबाट संकलन गरिनेछ भने बाँकी रकम झापाका १५ वटा स्थानीय तह र विभिन्न संघसंस्थासँगको सहकार्यबाट जुटाइनेछ । पुरस्कार राशिमात्र १६ लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।

    कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश इञ्चार्ज तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले प्रदर्शनी सबैको साझा अभियान भएकाले सबैलाई सहभागिता जनाउन र अवलोकन गर्न आग्रह गरे । एमाले प्रदेश इन्चार्ज राईले प्रविधिको उपयोग बिना समृद्धिको लक्ष्य पूरा नहुने भएकाले समृद्धिको एउटा खम्बा विज्ञान प्रविधि प्रदर्शनी गर्न लागिएको बताए । प्रदर्शनीबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न मद्धत पुग्ने विश्वास गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.