Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकामा विविध कार्यक्रम सहित मनाइयो १८औं गणतन्त्र दिवस
    कनकाई नगरपालिका

    कनकाई नगरपालिकामा विविध कार्यक्रम सहित मनाइयो १८औं गणतन्त्र दिवस

    कनकाई खबरBy कनकाई खबर२०८२ जेष्ठ १५, बिहीबार २२:४३ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा विविध कार्यक्रम सहित १८औं गणतन्त्र दिवस मनाइएको छ ।

    जेठ १५ गते अर्थात गणतन्त्र दिवस र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई उत्सवका रुपमा मनाइएको हो । निरङकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई उत्सवका रुपमा लिँदै विभिन्न कार्यक्रम गरेर मनाइएको हो ।

    यसै अवसरमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा नगरपालिका परिसरमा बिहान झण्डोतोलन साथै शुभकामना आदानप्रदान गरिएको थियो भने साँझ दीप प्रज्वलन सहित शहिदहरुप्रति सम्झना गरिएको छ ।

    कार्यक्रममा स्वागत सहित औचित्यमाथि प्रकाश पार्दै नगर उपप्रमुख आशा शिवाकोटीले भएका उपलव्धीको रक्षा गर्ने मुख्य पात्र जनप्रतिनिधि नै भएकाले गणतन्त्र प्राप्तीका क्रममा आफ्नो ज्यानको बलिदानी दिने शहिदहरुको सपना साकार पार्ने कार्यमा सधैं सचेत भएर अघि बढ्न नगर उपप्रमुख शिवाकोटीले सम्बन्धित सबैलाई सुझाव दिएकी छन् । गणतन्त्र दिवसकै अवसरमा शुक्रवार कनकाई नगर अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिने बताइएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले राणा शासन विरुद्धको आन्दोलन होस् या पंचायत विरुद्धको आन्दोलन होस् ,जुनसुकै भएपनि संघीयता प्राप्तीका लागि भएका आन्दोलनका उपलव्धीलाई संस्थागत गरेर जानु आजको आवश्यक्ता भएको बताए ।
    गणतन्त्र स्थापनासँगै विकासको गतिले तिव्रता पाएको भन्दै नगर प्रमुख पोखरेलले गणतन्त्र अघि र अहिलेको अवस्थामा भौतिक पुर्वाधारसँगै कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएको प्रगति उल्लेखनीय रहेको बताए ।

    स्थानीय स्तरका प्रत्येक वडा र टोलमा सडक संजालको विकास तिब्र रुपमा अघि बढेको भन्दै नगर प्रमुख पोखरेलले धेरै बाटाहरुको स्तर उन्नतीसँगै कालोपत्रे र ब्लक लगाउने काम सम्पन्न भएको बताए ।पूर्वाधार सहित सामाजिक विकासका विभिन्न क्षेत्रमा आम नागरिकहरुलाई पहिलेको भन्दा राम्रो सुबिधा दिन सकेको नगर प्रमुख पोखरेलको भनाई थियो । यति हुँदाहुँदै पनि गर्नु पर्ने काम अझै धेरै भएकाले नगरका जनप्रतिनिधि र कर्मचारीले समेत आर्थिक पारदर्शिता तर्फ उन्मुख हुन नगर प्रमुख पोखरेलले निर्देशन दिए । कनकाई नगर अस्पतालका लेखापाल लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेको औपचारिक कार्यक्रममा २०६२ \ ०६३ को जनआन्दोलनका घाइते कनकाई वडा नं.७ निवासी लक्ष्मीप्रसाद शिवाकोटीको समेत उपस्थिती रहेको बताइएको छ । गणतन्त्र दिवसकै अवसर पारेर कनकाई वडा नंं. ४, वडा नं. ७ लगायत अन्य वडाकार्यालयले समेत सरसफाई सहित विविध कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.