Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘मेरो गौरव, मेरो राष्ट्र’ विषयक कविता प्रतियोगिता सम्पन्न
    कनकाई नगरपालिका

    ‘मेरो गौरव, मेरो राष्ट्र’ विषयक कविता प्रतियोगिता सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८२ जेष्ठ १२, सोमबार १३:२९ गते2 Mins Read

    कनकाई खबर \ नारायणी मेमोरियल फाउन्डेसन, कन्काई नगरपालिका–४ र कन्काई प्रतिभा प्रतिष्ठान, कन्काईको संयुक्त आयोजनामा झापा जिल्ला स्तरीय ‘मेरो गौरव, मेरो राष्ट्र’ विषयक युवा कविहरूको कविता प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रतियोगितामा सहभागी प्रतियोगी युवा कविहरू मध्येबाट खेमनाथ गुरागाई प्रथम , पूर्णचन्द्र मैनाली द्वितीय र तेजेन्द्र घिमिरे तृतीय भएका छन् । उनीहरुलाई क्रमशः पन्ध्र हजार, दश हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

    कन्काई प्रतिभा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष डा. पुण्यप्रसाद सिग्देलको अध्यक्षतामा कविता प्रतियोगिता एवं नारायणी मेमोरियल फाउन्डेसनको शैक्षिक सत्र २०८२ को लागि झापा जिल्लाका २६ वटा विद्यालयका ४० जना छात्र छात्रालाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युग कवि सिद्धिचरण श्रेष्ठ एवं नारायणी मेमोरियल फाउन्डेसनको अनन्त स्मृतिमा अङ्कित पूर्वज एवं प्रियजनहरूको स्मृति र सम्मानमा एक मिनेट मौन धारणा गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।

    मेची बहुमुखी क्याम्पसका प्रा. डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्य एवं कन्काई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको सुरुमा विद्यार्थीहरूबाट नारायणी मेमोरियल फाउन्डेसनको स्वागत गीत प्रस्तुत गरिएको थियो । कन्काई प्रतिभा प्रतिष्ठानका तर्फबाट निर्मलकुमार खतिवडाले स्वागत गरेको कार्यक्रममा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, निर्णायक समितिका तर्फबाट प्रा.डा. ठाकुरप्रसाद पोखरेल, प्रधानाध्यापकका तर्फबाट आदर्श विद्या मन्दिर मा. वि. घैलाडुबाका प्र.अ. नरहरि न्यौपानेले शुभकामना मन्तव्यराखेका थिए ।

    कार्यक्रममा नारायणी मेमोरियल फाउन्डेसनका अध्यक्ष वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकले फाउन्डेसनका गतिविधिबारे प्रकाश पारेका थिए । कार्यक्रममा अक्षयकोषदाताहरूले विद्यार्थीहरूलाई छात्रवृत्ति रकम र शैक्षिक सामग्री वितरण गरेका थिए । कन्काई प्रतिभा प्रतिष्ठानका सचिव प्रेमप्रसाद न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा छात्रवृत्ति वितरण कार्यक्रमको सहजीकरण नारायणी मेमोरियल फाउन्डेसनका सचिव प्रदीप पाठक र छात्रवृत्ति समितिका सचिव रामकुमार पाठकले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.